नयाँ तृष्णा

Day: २०८१ असार ५, मंगलवार

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

असार ४,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनको कार्यविवरण सार्वजनिक गर्दै शिक्षकलाई राजनीतिक दलको आबद्धता छाड्न लगाउनुलाई उपलब्धि बताएकी छन् । मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनको गर्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेयता ८ सय २५ जना शिक्षकहरूले राजनीतिक दलसँगको आबद्धता त्याग गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा राजनीतिकरण आफ्नै कार्यकालमा अन्त्य गर्ने दाबी गरिन् । शिक्षक सरुवाको मापदण्ड बनिसकेको उल्लेख गर्दै उनले त्यसका लागि निवमावलीका काम गरिरहेको बताइन् । उनले भनिन्, ‘विशेष परिस्थितिका शिक्षकहरुको सरुवाका लागि २०८० सालमा एउटा निर्देशिका बनेको थियो ।  शिक्षक वास्तविक सरुवा कसरी गर्ने भनेर मापदण्ड बनाउने भनिएको थियो ।…
Read More
‘मायाका रंगहरु’मा पलसँग भिड्दै मनिष

‘मायाका रंगहरु’मा पलसँग भिड्दै मनिष

असार ४ , काठमाडौं । केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्ममा सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरु भित्रिसकेका छन् । यसैक्रममा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउतको पनि फिल्ममा प्रवेश भएको छ । यसमा उनी भिलेनको भूमिकामा देखिने जनाइएको छ । ‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा देखिएका थिए । यो उनको डेब्यु फिल्म थियो । अस्कर कलेजमा अभिनय सिकेका उनले डेब्यु अगावै दर्जनौं सर्ट फिल्ममा अभिनय गरिसकेका थिए । उनले केही म्यूजिक भिडियोमा पनि काम गरेका छन् । उनको केमियो भूमिका रहेको फिल्म…
Read More
‘मानिसको मासु खाने ब्याक्टेरिया’, जसले ४८ घन्टा भित्र लिन सक्छ ज्यान

‘मानिसको मासु खाने ब्याक्टेरिया’, जसले ४८ घन्टा भित्र लिन सक्छ ज्यान

एजेन्सी  असार ४,काठमाडौँ  । जापानमा एक यस्तो ब्याक्टेरिया फेला परेको छ, जसले ४८ घन्टा भित्र मानिसको ज्यान लिन सक्ने चेतावनी दिइएको छ।मानिसको मासु खाने ब्याक्टेरियाले हुने रोग पछिल्लो समय जापानमा बढ्न थालेको हो। उक्त ब्याक्टेरियाले आक्रमण गरेको ४८ घन्टा भित्र मानिसको मृत्यु गराउन सक्ने तथ्य फेला परेको छ।यसलाई निकै दुर्लभ प्रकारको ब्याक्टेरिया मानिन्छ।जापानको नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार स्ट्रेप्टोकोकस टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) एक आक्रामक रोग हो। जुन सङ्क्रमण भएको ४८ घन्टा भित्र घातक हुन सक्छ।नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजले दिएको जानकारी अनुसार यसवर्षको जुन २ सम्म जापानमा एसटीएसएसका ९७७ केस फेला परिसकेका छन्। जुन गत वर्ष दर्ता गरिएको…
Read More
दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

असार ४, काठमाडौं । झापाको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय चिकित्सा शिक्षा आयोगले गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले अदालतको परमादेश अनुसार नै बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो । बीएन्डसीका विषयमा अदालतले परमादेश नै दिइसकेकाले सोही अनुसार निर्णय गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले अनलाइखबरलाई जानकारी दिए । ‘सम्मानित अदालतबाट नै परमादेश आइसकेकाले उक्त निर्णय सम्मान गर्दै अगाडि बढ्नुपर्ने तर्क प्रधानमन्त्रीले राख्नुभयो,‘ प्रधानमन्त्रीको भनाई उद्दृत गर्दै ती सदस्यले भने, ‘अब यो विषयलाई सर्वोच्चकै निर्णय अनुसार नै अगाडि बढाऔं।’ प्रधानमन्त्रीले बिएन्डसीलाई सम्बन्धन दिनुपर्ने तर्क राखेपछि…
Read More
राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

असार ४, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट संसदमा च्यातेका छन् ।प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै भौतिक योजनामन्त्री रघुवीर महासेठले आफ्नोसहित ३/४ नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका हुन् । उनले जिल्लाको नाम तोक्दा आलोचना हुन्छ भनेर कार्यक्रम मात्र लेखेर समेत बजेट छुट्याइएको आरोप लगाए । उनले कुन विधि र तरिकाबाट आफ्नो र केहि नेताको जिल्लामा मात्र बजेट छुट्याएको हो भन्दै प्रश्न गरेका छन् । अध्यक्ष लिङदेनले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै मन्त्रीलाई यस्तो काम गरेकोमा धन्यवाद दिएका छन् । उनले भनेका छन्  । म त तपाईलाई धन्यवाद नै दिन्छु,…
Read More
टी–२० विश्वकप : यस्तो छ ‘सुपर–८’ चरणको खेल तालिका

टी–२० विश्वकप : यस्तो छ ‘सुपर–८’ चरणको खेल तालिका

असार  ४ , काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा ‘सुपर–८’ चरणका खेलहरू नेपाली समय अनुसार, बुधबार रातिदेखि सुरु हुनेछ । ‘सुपर–८ चारण’ मा पुगेका आठवटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ‘सुपर–८ चारण’ को ‘समूह–१’ मा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश र भारत रहेका छन् । ‘समूह–२’ मा भने इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । अमेरिका पहिलो सहभागितामै टी–२० विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेको हो । ‘सुपर–८ चारण’ खेल तालिका जुन १९ (२०८१ असार ०५) : अमेरिका विरुद्ध दक्षिण अफ्रिका : २०ः१५ जुन २० (२०८१ असार ०६) : इङ्गल्यान्ड विरुद्ध वेस्ट इन्डिज : ०६ः१५ जुन…
Read More