Skip to main content

नयाँ तृष्णा

‘मानिसको मासु खाने ब्याक्टेरिया’, जसले ४८ घन्टा भित्र लिन सक्छ ज्यान

Advertisement

एजेन्सी

 असार ४,काठमाडौँ  । जापानमा एक यस्तो ब्याक्टेरिया फेला परेको छ, जसले ४८ घन्टा भित्र मानिसको ज्यान लिन सक्ने चेतावनी दिइएको छ।मानिसको मासु खाने ब्याक्टेरियाले हुने रोग पछिल्लो समय जापानमा बढ्न थालेको हो। उक्त ब्याक्टेरियाले आक्रमण गरेको ४८ घन्टा भित्र मानिसको मृत्यु गराउन सक्ने तथ्य फेला परेको छ।
यसलाई निकै दुर्लभ प्रकारको ब्याक्टेरिया मानिन्छ।जापानको नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार स्ट्रेप्टोकोकस टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) एक आक्रामक रोग हो। जुन सङ्क्रमण भएको ४८ घन्टा भित्र घातक हुन सक्छ।
नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजले दिएको जानकारी अनुसार यसवर्षको जुन २ सम्म जापानमा एसटीएसएसका ९७७ केस फेला परिसकेका छन्। जुन गत वर्ष दर्ता गरिएको भन्दा बढी हो। गत वर्ष जापानमा एसटीएसएसका ९४१ केस फेला परेका थिए।

नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार ग्रुप ए स्ट्रेप्टोकोकस (जीएसएस) ले सामान्यतया बालबालिकाको घाँटीमा सङ्क्रमण गर्ने र घाँटी खसखस गराउने समस्या उत्पन्न गराउँछ। जसलाई स्ट्रेप थ्रोटको रुपमा बुझिन्छ।

ब्लूमबर्गका अनुसार केही प्रकारका ब्याक्टेरियाका कारण लक्षण तीव्र गतिमा विकसित हुन सक्छन्। जसमा शरीरमा दुखाई हुने र सुन्निने, ज्वरो आउने, कम रक्तचाप पनि हुने गर्छ। साथै नेक्रोसिस, स्वासप्रश्वासमा समस्या, अर्गेन फेल्योर र मृत्युसम्म हुन सक्छ।

टोकियो महिला चिकित्सा विश्वविद्यालयमा सङ्क्रामक रोगका प्राध्यापक केन किकुचीका अनुसार एसटीएसएसको सङ्क्रमण पछि ४८ घन्टा भित्र मानिसको मृत्यु हुने जोखिम रहन्छ। बिहान बिरामीको खट्टा सुन्निएको देखिने र दिउँसोसम्म घुँडासम्म सङ्क्रमण फैलिन सक्छ र ४८ घन्टा भित्र मृत्यु हुन सक्छ।’

५० वर्षभन्दा माथिका उमेर समूहमा यस रोगको जोखिम उच्च रहेको पाइएको छ। किकुचीका अनुसार यस रोगका कारण सङ्क्रमित हुनेको सङ्ख्या यसवर्ष २ हजारदेखि २५ सयसम्म पुग्न सक्छ र मृत्युदर ३० प्रतिशतसम्म हुन सक्छ।

किकुचीले सर्वसाधारणलाई यसको जोखिमबाट बच्नका लागि हाथको सरसफाईमा ध्यान दिन आग्रह गरेकी छिन् भने कुनैपनि घाउको उपचार तत्काल गराउन पनि भनेकी छिन्।

उनले बिरामीको आन्द्रामा ग्रुप ए स्ट्रेप्टोकोकस हुन सक्छ। जुन दिशाको माध्यमबाट हातलाई दूषित गर्न सक्छ।

ब्लूमबर्गका अनुसार जापान बाहेक अन्य मुलुकमा पनि यो ब्याक्टेरिया फेला परेको छ। सन् २०२२ को अन्त्यसम्म युरोपको ५ मुलुकमा एसटीएसएस देखिएको थियो। त्यसबारे विश्व स्वास्थ्य सङ्गठनलाई इनभेसिभ ग्रुप स्ट्रेप्टोकोकस (आईजिएएस) को केस फेला परेकोबारे जानकारी दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...