Skip to main content

नयाँ तृष्णा

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

Advertisement

मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनको गर्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेयता ८ सय २५ जना शिक्षकहरूले राजनीतिक दलसँगको आबद्धता त्याग गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा राजनीतिकरण आफ्नै कार्यकालमा अन्त्य गर्ने दाबी गरिन् ।

शिक्षक सरुवाको मापदण्ड बनिसकेको उल्लेख गर्दै उनले त्यसका लागि निवमावलीका काम गरिरहेको बताइन् ।

उनले भनिन्, ‘विशेष परिस्थितिका शिक्षकहरुको सरुवाका लागि २०८० सालमा एउटा निर्देशिका बनेको थियो ।  शिक्षक वास्तविक सरुवा कसरी गर्ने भनेर मापदण्ड बनाउने भनिएको थियो । तर, त्यो मापदण्ड नबनेको केसमा हामीले निर्देशिका बनाएका छौँ।

अब हामी शिक्षक पोर्टल बनाएर त्यसमा समाहित गर्नेछौँ । निर्देशिका स्वीकृत भएको छ र नियमावली बनाउने काम भइरहेको छ ।’

शिक्षक विधेयक कहिले आउने भनेर आफूलाई निरन्तर प्रश्न आइरहेको बताउँदै उनले आफ्नो नियन्त्रणमा नरहेका कारण यकिनसाथ भन्न नसकिने बताइन् । सरकारले मौखिक र लिखित रूपमा चाँडै ल्याउन आग्रह गरिसकेको उनको भनाइ छ ।

त्यस्तै, उच्च शिक्षामा उच्च पदाधिकारी नियुक्तिको लागि कार्यविधि तथा मापदण्ड बनाएर काम काम गर्न थालिएको उनले बताइन् । शिक्षाका उच्च अधिकारी नियुक्ति गर्दा राजनीतिक भागबन्डाभन्दा पनि योग्यता, उपयुक्तता हेरेर गर्ने नजिर बसाउन थालेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...