काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। उम्मेदवारी दिने समयसम्म शर्माको एकल उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएका थिए। त्यसअघि २०७८ सालमा भएको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए।
काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफन्त नेपालले झापाको काँकरभिट्टामा ‘म एक जिम्मेवार पुरुष हुँ’ अभियानअन्तर्गत जिम्मेवार पुरुष समूह गठन गरेको छ। विभिन्न जिल्लामा गरी संस्थाले गठन गरेको यो १६ `म एक जिम्मेवार पुरुष समूह ´हो। आफन्त नेपालका जिल्ला प्रमुख मात्रिका गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा संस्थाको केन्द्रबाट केशर विश्वकर्माको उपस्थिति रहेको थियो। भेलाले स्थानीय स्तरमा राजु खड्काको अध्यक्षतामा जिम्मेवार पुरुष समूह गठन गरेको हो। समूहमा स्थानीयस्तरबाट मनोज गुरुङ, अमन विश्वकर्मा, शिवकुमार पाठक, होमराज राई र खड्गराज कार्कीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी छन्। समूहमा आबद्ध सदस्यहरूले मानव बेचबिखन, लैङ्गिक हिंसा…
काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहेको मठ–मन्दिर, अर्चक, पुरोहित विभागले आपत्ति जनाएको छ। विभागका राष्ट्रिय प्रमुख दीपक आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा मुस्लिम समुदायका केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको देखिएको उल्लेख गर्दै विभागले उक्त घटनालाई गम्भीर विषयका रूपमा लिएको जनाएको छ। धार्मिक आस्था र परम्परासँग जोडिएको संवेदनशील स्थलमा प्रचलित नियमलाई चुनौती दिने गरी प्रवेश गर्नु तथा त्यससम्बन्धी भिडियो सार्वजनिक गर्नु उचित नभएको विज्ञप्तिमा उल्लेख छ। विश्व हिन्दु…
साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूमध्ये एक हो। यो जीव वैज्ञानिक जगत्मा यति ढिलो पत्ता लाग्यो कि सन् १९९२ मा मात्रै भियतनामको भूभागमा पहिलोपटक यसको अस्तित्व फेला परेको थियो। पछिल्लो ५० वर्षमा पत्ता लागेको यो सबैभन्दा ठूलो र नयाँ स्तनधारी जीव हो। यस अनौठो प्राणीका मुख्य विशेषता र रोचक तथ्यहरू यस प्रकार छन्: १. शारीरिक बनावट र स्वरूप सिङ: साओलाको टाउकोमा सीधा, लामा र आपसमा समानान्तर परेका दुईवटा सिङहरू हुन्छन्, जुन झन्डै ५० सेन्टिमिटर (२० इन्च) सम्म लामा हुन सक्छन्。 यही सिङका कारण यसलाई 'युनिकोर्न' उपनाम दिइएको हो。 तौल…