Skip to main content

नयाँ तृष्णा

समाज

शैक्षिक सामग्री वितरण कार्यक्रम  सम्पन्न

शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

तरुण राई, २८ भदौ, मेचीनगर । एक्का नेपालको सहयोगमा मेचीनगर इसाई समाजको सहकार्यमा विपन्न वर्गका विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । मेचीनगर नगरपालिका-१५, ज्यामिरगढी र घोडामारामा अवस्थित अनुग्रह शान्ति चर्चका ४० विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । मेचीनगर इसाई समाजको अध्यक्ष पास्टर राजु खड्काले एक्का नेपालले इसाई समाजसँग मिलेर गर्नुभएको कामको उच्च सर्हाना गर्नुको साथै एक्का नेपाललाई धन्यवाद दिनु भयो । अनुग्रह शान्ति चर्चका अगुवा तथा समाज सेवक वोगदा टुढुले यसरी कुनै पनि गैर सरकारी संस्थाद्धारा अनुग्रह शान्ति चर्चका विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको पहिलो पटक रहेको र आउने दिनमा यस्ता प्रकारको कार्यक्रमलाई निरन्तरण गरिदिनुहुन…
Read More
झापाका ५३२ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री

झापाका ५३२ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री

२५ भदौ, मेचीनगर । नेपाल मानव धर्म सेवा समिति मेचीले विश्व साक्षरता दिवसको अवसरमा  मेचीनगर, दमक र गौरादह नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरेको छ । नेपाल मानव धर्म सेवा समिति मेचीले मेचीनगर, दमक र गौरादह नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा ५३२ जना विपन्न वर्गका विद्याार्थीहरुलाई शैक्षिक सामाग्री सोमबार वितरण गरेको हो । मेचीनगर–८ को विद्योदय प्राविका अध्ययनरत ६० जना विद्यार्थीलाई वडाध्यक्ष गिरीराज धमलाले वितरण गरिएको थियो । मेचीनगर–१५ को कालिका आधारभुत विद्यालयका १९१ जना विद्यार्थीहरुलाई मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीले वितरण गरिएको थियो । वडा नम्बर १५ कै मेची पारीको गाउँमा रहेको मेची प्राविका २१ जना विद्यार्थीलाई…
Read More
गाई काटेर मारेको आरोपमा तीन भुटानी शरणार्थी र एक महिला पक्राउ

गाई काटेर मारेको आरोपमा तीन भुटानी शरणार्थी र एक महिला पक्राउ

२३ भाद्र, झापा । एक हप्ताअघि दमकमा गाई काटेर मारेको आरोपमा प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले चार जनालाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दमक–२ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ मा बस्ने वर्ष ४४ को प्रेमबहादुर विष्ट, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए३–२०८ बस्ने बस्ने वर्ष ३८ का खगेन्द्र दुलाल, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए२–१२० बस्ने वर्ष ३२…
Read More
झापा जिल्लामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस सम्पन्न

झापा जिल्लामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस सम्पन्न

२० भदौ, मेचीनगर । हरेक वर्षको २० गते नेपालमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईन्छ । झापा जिल्लाले आज विहिबार १८ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रमकासाथ मेचीनगरमा “तीनै तहका सरकारको प्रतिवद्धता ः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ जिल्ला प्रशासन कार्यालय झापाले कारितास नेपालको संयोजन र मेची सामुदायिक सेवा केन्द्र,माइती नेपाल,साहसी महिला नेपाल, आफन्त नेपाल, साना हातहरु नेपाल,नव अभियान नेपाल,शक्ति समूह नेपाल,एबिसी नेपाल,एकल महिला जिल्ला समिति झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टागरी दश सरोकारवाला संघ–संस्थाको सहकार्यमा आयोजनामा बिभिन्न कार्यक्रम भएको थियो । अन्तरक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले…
Read More
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन गरिने

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन गरिने

२० भाद्र, काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन्। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफलमा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने बताएका हुन्। उनले विसं २०८१ मा ऐन संशोधन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि एक हप्ता भित्र मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी दिए। “कानुन बनाएर वा संशोधन गरेर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ। कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक…
Read More
मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क हो : प्रधानमन्त्री

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क हो : प्रधानमन्त्री

२० भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गरेका हुन्। ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले सबैमा शुभकामना व्यक्त गरेका हुन्। “मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराघ हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ”, सन्देशमा भनिएको छ, “नेपालबाट…
Read More
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने

चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने

१७ भाद्र , झापा ।  आमूल परिवर्तन नागरिक पार्टीले धार्मिक स्थलमाथिको अतिक्रमण, जातीय तथा महिला बालबालिका माथि भएका हिंसाको विरूद्धमा राजधानी काठमाण्डौको माइतीघर मण्डलामा खबरदारी तथा विरोध प्रदर्शन कार्यक्रम आयोजना गर्नेभएको छ । पार्टीको मुद्दा पहिचान तथा कार्यक्रम/आन्दोलन परिचालन विभागका प्रमुख तथा पार्टीका उपमहासचिव विदुर अधिकारीले अब यो पार्टीले कुनै पनि प्रकारका अन्याय, अत्याचार, दमन शोषण, हिंसा र विभेदबारे मुकदर्शक भएर नबस्ने तर जनचेतना र परिचालनका प्रभावकारी कार्यक्रम लिएर आउने अनि जनसामान्यमा भयरहितता सुरक्षा तथा न्यायको वातावरण महसुस गराउने बताउनुभयो । कार्यक्रमको जानकारी : धार्मिक स्थलमाथि आक्रमण, जातीय भेदभाव, महिला बालबालिकामाथि हिंसा विरूद्धमा खबरदारी कोणसभा तथा विरोध प्रदर्शन कार्यक्रममा सहभागिता…
Read More
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस मनाइँदै

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस मनाइँदै

  - होमराज राई, १८ भाद्र , मेचीनगर । मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘तीनै तहको सरकारको प्रतिवद्वता : मानव बेचविखन बिरुद्ध सबैको एक्यवद्वता´ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भाद्र २० गते बिहिबारका दिन हुने भएको छ । “मानव बेचबिखन तथ ओसारपसार बिरुद्धको १८ औं राष्ट्रिय दिवस २०८१ को सन्दर्भमा आयोजित अन्तरक्रियामा हामी,” नामक बिषयमा कार्यक्रम हुने भएको हाे । यसै अवसरमा झापामा मेचीनगर स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भब्य र सभ्यताकासाथ हुने यो कार्यक्रम अति रोचक र बैज्ञानिकपरिप्रेक्ष्यढङ्गबाट हुने भएकाले समाज रुपान्तरणको…
Read More
परिवार भेटेका प्रकाश मोक्तानलाई घरमै लगेर दिइयो नागरिकता

परिवार भेटेका प्रकाश मोक्तानलाई घरमै लगेर दिइयो नागरिकता

  १६ भाद्र, झापा  । युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत चर्चामा आएका प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको छ। भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई नागरिकता हस्तान्तरण गरेका हुन्। प्रकाशलाई नागरिकता दिने बेलामा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं समेत उपस्थित थिए। प्रकाशले हेर्ने कथामा प्रसारण भएको ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए। उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो। ‘हेर्ने कथा’ मार्फत् वर्षअघि परिवार भेटेका प्रकाशको कथाले धेरैलाई भावुक बनाएको छ । त्यसपछि दशैँ तिहारको अवसरमा भोजपुर गएका प्रकाश फेरि गोरखाको चुमभ्याली…
Read More
पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक

पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक

१५ भाद्र, काठमाडौँ । नेपालकी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्। पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जित्दै इतिहास रचेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन्। सेमिफाइनलमा भने पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलकी सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। त्यसअघि शुक्रबार नै उनले क्वार्टरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरले पराजित…
Read More