Skip to main content

नयाँ तृष्णा

झापाका ५३२ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री

[adsforwp id="2511"]

२५ भदौ,

मेचीनगर । नेपाल मानव धर्म सेवा समिति मेचीले विश्व साक्षरता दिवसको अवसरमा  मेचीनगर, दमक र गौरादह नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

नेपाल मानव धर्म सेवा समिति मेचीले मेचीनगर, दमक र गौरादह नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा ५३२ जना विपन्न वर्गका विद्याार्थीहरुलाई शैक्षिक सामाग्री सोमबार वितरण गरेको हो ।

मेचीनगर–८ को विद्योदय प्राविका अध्ययनरत ६० जना विद्यार्थीलाई वडाध्यक्ष गिरीराज धमलाले वितरण गरिएको थियो ।

मेचीनगर–१५ को कालिका आधारभुत विद्यालयका १९१ जना विद्यार्थीहरुलाई मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीले वितरण गरिएको थियो ।

वडा नम्बर १५ कै मेची पारीको गाउँमा रहेको मेची प्राविका २१ जना विद्यार्थीलाई विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकाप्रसाद राजवंशीले वितरण गरिएको थियो ।

त्यस्तै उक्त वडाकै डिगेन जनज्योति विद्यालयका ४८ जना विद्यार्थीहरुलाई वडाध्यक्ष गुणराज भट्टराई (राजन) ले वितरण गरिएको थियो ।

यता दमक नगरपालिका–१० को सगरमाथा प्राविका ८० जना विद्यार्थीहरुलाई वडाध्यक्ष राजेन्द्र खतिवडाले उक्त सामाग्री वितरण गरिएको थियो ।

यसैगरी गौरादह नगरपालिका–४ को कञ्चनजंघा प्राविका १३२ जना विद्यार्थीहरुलाई मेयर छत्रपति सुवेदीले वितरण गरिएको थियो ।

संस्थागत विद्यालयका विद्यार्थी तथा अन्य दाताहरुबाट संकलित शैक्षिक सामाग्रीहरु सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई उपलब्ध गराइएको थियो ।

राष्ट्रव्यापी रुपमाा सञ्चालन गरिएको शैक्षिक सामाग्री वितरण कार्यक्रमको व्यवस्थापन नेपाल मानव धर्मको युवा संगठन विभागद्धारा गरिएको थियो ।

उक्त कार्यक्रम मेची क्षेत्र प्रमुख सन्त माश्री सुवर्ण बाईजीको अगुवाईमा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक ...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...