Skip to main content

नयाँ तृष्णा

मनोरञ्जन

(जैतुन छाँया सिजन–३ एपिसोड–२) आयोजित कार्यक्रमको जानकार गर्दै पत्रकार सम्मेलन

(जैतुन छाँया सिजन–३ एपिसोड–२) आयोजित कार्यक्रमको जानकार गर्दै पत्रकार सम्मेलन

२४ असार, झापा । बिर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा (जैतुन छाँया कन्सर्ट सिजन–३ एपिसोड–२) हुन लागेको कार्यक्रम जानकारी गराउदै पत्रकार सम्मेलन गरेका छन् । आज बिर्तामोडको पपुलर होटलको सभाहलमा भएको भेटघाट तथा पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका हुन् । असोज ३ गते विर्तामोडमा रहेको वानस्टप महलको पछाडी रहेको कृष्ण हलमा (जैतुन छाँया कन्सर्ट सिजन–३ एपिसोड–२) बृहतरुपमा हुने छन् । सो कन्सर्टका लागि नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित एडिटिएस ब्याण्ड आउने छन। जसमा गायन, जीवन गवाही र बाइबलिय शिक्षा पनि दिइने कार्यक्रम रहेको छ। बिर्तामोड ईसाई समाजका अध्यक्ष पास्टर नरेन राईले मन्तव्यको…
Read More
एमाले मेचीनगरले मनायो राष्ट्रिय धान दिवस

एमाले मेचीनगरले मनायो राष्ट्रिय धान दिवस

  असार १५, मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले किसानको खेतमा गई सामुहिक धान रोपाइँ गरेर असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाएको छ । आज असार १५ मा एमाले नगर कमिटीले मेचीनगर–९ शिवराज चोक स्थित रति किसानको १ बिगाहा खेतमा धान रोपेको हो । शनिबार विहान किसानको खेतमा धान रोपाइँमा एमालेका केन्द्रदेखि वडासम्मका करिव १५० जना बढीको सहभागता रहेको थियो । नौमती बाजासहित आयोजना गरिएको सामुहिक धान रोपाइँ कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पूर्व बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, केन्द्रीय सल्लाहकार परिषद् सदस्य भिम खवास,…
Read More
आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

 असार १५ , काठमाडौँ। 'मानो रोपेर मुरी उब्जाउने' महिनाको आज मध्य दिन अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज (शनिबार) २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसान वर्षभरका लागि अन्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर…
Read More
अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइए राजेश पायल राई

अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइए राजेश पायल राई

असार १३ ,काठमाडौँ । दुबई जान लागेका गायक राजेश पायल राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि राईलाई विमानस्थलबाटै फर्काइएको हो । गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए । उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो । राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए । मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ ।
Read More
‘खुस्मा’को पोस्टरमा रोमान्टिक धीरज र उपासना

‘खुस्मा’को पोस्टरमा रोमान्टिक धीरज र उपासना

असार १२, काठमाडौं । असोज ३ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘खुस्मा’ले २ नयाँ पोस्टर सार्वजनिक गरेको छ । अशोक थापा निर्देशित फिल्मको दुईमध्ये एक पोस्टरमा धीरज मगर र उपासनासिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ । अर्को पोस्टरमा उनलाई चिन्तित मुद्रामा देख्न सकिन्छ । मगर समुदायको पृष्ठभूमिमा फिल्मले प्रेमकथा पेश गर्ने निर्देशक थापाको भनाइ छ । यसअघि वृत्तचित्र निर्देशन गरेका थापाको यो पहिलो कथानक फिल्म हो । यो फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो । फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय संयोग सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर,…
Read More
सुरेन्द्र र सुसनले कालापत्थरको उचाइमा नृत्य गरेर राखे विश्व कीर्तिमान

सुरेन्द्र र सुसनले कालापत्थरको उचाइमा नृत्य गरेर राखे विश्व कीर्तिमान

असार ९, काठमाडौं । नृत्य कलाकारद्वय सुरेन्द्र राई र सुसन तामाङले सबैभन्दा उचाइमा नाचेर विश्व कीर्तिमान रचेका छन् । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का उनीहरुले सोलुखुम्बुको कालापत्थरको ५ हजार ६४१ मिटर उचाइमा नृत्य गर्दै गिनिज वर्ल्ड रेकर्ड राखेका हुन् । सुसन र सुरेन्द्रले १९ मे २०२४ अर्थात् गत जेठ ६ मा आफ्नो कला प्रस्तुत गरेका थिए । कालापत्थरको उचाइ ५६४४.५ मिटर छ । उनीहरुले कालापत्थरमा गायक दीपक बज्राचार्यको ‘मन मगन’ गीतमा नृत्य तथा कोरियोग्राफी गरेका थिए । उनीहरुको यो पेश गरेको निवेदनलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ले अनुमोदन गर्दै आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड प्रमाणपत्र प्रदान गरेको…
Read More
नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

असार ९,काठमाडौँ – गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि करण परियारले प्राप्त गरेका छन् । बर्दियाका परियारले शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले २५ लाख नगद र ट्रफी प्राप्त गरे। नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । गुरुङले १० लाख र विश्वकर्माले ५ लाख नगदसहित ट्रफी प्राप्त गरे । एपीवान टेलिभिजनमा नेपाल आइडलको शृङ्खला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्दिरा जोशी र गायक कालीप्रसाद बास्कोटा निर्णायकको रूपमा थिए । 1
Read More
‘मायाका रंगहरु’मा पलसँग भिड्दै मनिष

‘मायाका रंगहरु’मा पलसँग भिड्दै मनिष

असार ४ , काठमाडौं । केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्ममा सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरु भित्रिसकेका छन् । यसैक्रममा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउतको पनि फिल्ममा प्रवेश भएको छ । यसमा उनी भिलेनको भूमिकामा देखिने जनाइएको छ । ‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा देखिएका थिए । यो उनको डेब्यु फिल्म थियो । अस्कर कलेजमा अभिनय सिकेका उनले डेब्यु अगावै दर्जनौं सर्ट फिल्ममा अभिनय गरिसकेका थिए । उनले केही म्यूजिक भिडियोमा पनि काम गरेका छन् । उनको केमियो भूमिका रहेको फिल्म…
Read More
‘बोक्सीको घर’को ५१ दिनको ‘सेलिब्रेसन’ अस्ट्रेलियामा

‘बोक्सीको घर’को ५१ दिनको ‘सेलिब्रेसन’ अस्ट्रेलियामा

काठमाडौं ।  केकी अधिकारीको निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ले आइतबार रञ्जना सिनेप्लेक्समा ५१ दिन मनायो । यसअवधिमा फिल्मले घरेलु बजारमा १० करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । फिल्ममा मुख्य कलाकारसमेत रहेकी केकीले ५१ दिनको खुसीयाली अस्ट्रेलियामा मनाएकी छन् । फिल्म प्रदर्शनको क्रममा विदेशमा रहेकी केकीले उतै नेपाली दर्शकसँग खुसी साटेकी हुन् । एडिलेडको एक हलमा आइतबार आयोजित कार्यक्रममा उनले केक काटेकी थिइन् । उनको यो फिल्म अहिले अस्ट्रेलियामा प्रदर्शनरत छ । यो फिल्म गत वैशाख १४ गते प्रदर्शनमा आएको थियो । यसको मुख्य भूमिकामा केकीसहित स्वेच्छा राउत र बालकलाकार सुपला भट्टराई छन् । 
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More