२४ आश्विन , काठमाडौं, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह हुँदैछ । बडादसैँको सातौं दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ । समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट व्यक्ति सहभागी हुनेछन् । बडादसैंका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली…
८ आश्विन , काठमाडौं । नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले राजधधानीमा सम्पन्न भएको छ। प्रतियोगितामा किड्सबाट अनुष्का चौधरी, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिन्सबाट सिमरन थापा मगरले उपाधि जितेका छन् भने किड्सबाट सयोना लामा, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिन्सबाट सिमरन थापा मगर मस्ट पपुलर भएका छन्। प्रतियोगितामा किड्सबाट अन्सुमा थापा मगर, ब्वाइजबाट नयन कारन्जित र टिन्सबाट दिया रानामगरले पब्लिक च्वाइसको टाइटल जितेका छन्। ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रालिद्धारा सम्पन्न प्रतियोगितामा कक्षा तीनदेखि नौसम्मका प्रतियोगी सहभागी थिए। सुमी बानियाँको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम संयोजन नृत्य निर्देशक सन्दीप भुजेलले गरेका थिए।
५ आश्विन , झापा । बुद्धशान्ति प्रेस क्लबले झापा मिडिया कप २०८१ को आयोजना गर्ने भएको छ । प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए । उनका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् । प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार रहेको खेल संयोजक नारायण…
२ असाेज, झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा हुने भएको छ । भाेलि बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख व्यक्तित्व नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोड आइपुगेका छन् । ब्याण्डका प्रमुख व्यक्तित्व एड्रिन देवानले आराधना र सुसमाचारिय आत्मिक कन्सर्ट भएको बताएका छन् । र याे कार्यक्रम फलदायी र आशिषमय हुने उनको भनाइ छ । जैतुन छाँयाले ख्रीष्टिय आत्मिक ज्ञान, अनन्तकाे सत्यताहरुकाे शब्द संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा आजको बिकृतिले जगडिएकाे संसारीक सन्जालहरुबाट ख्रीष्टकाे प्रेमको उत्कृष्ट साैगातहरु जवानहरुमा पस्कनु हाम्रो उद्देश्य रहेको छ…
२९ भाद्र, काँकरभिट्टा । बहुसाँस्कृतिक एकता समाजले काँकरभिट्टामा बाल उत्सव समारोह सम्पन्न गरेको छ । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा समाजले मेचीनगरका विभिन्न क्षेत्रका बालबालिकाको उपस्थितिमा शनिबार विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । मेचीनगर-६, काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले चित्रकला, नाटक, गायन र नृत्यमा सहभागी भएका थिए । कार्यक्रममा बलभद्र जनता मावि र जोड साँस्कृतिक एकता समाजका कलाकारहरुले पछिल्लो समय नेपालमा शिक्षा क्षेत्रको अवस्था र देखिएका समस्या केन्द्रित विषयवस्तुमाथी नाटक प्रस्तुत गरेका थिए । आदर्श मावि इटाभट्टा, बलभद्र जनता मावि धाइजन, सरस्वती बाल कल्याण मावि सहरेडाँगी, बालबाटिका मन्टेश्वरी चारआली, नबिनतारा अंग्रेजी माविका विद्यार्थीहरु ले विविध साँस्कृतिक तथा…
१६ भाद्र, झापा । युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत चर्चामा आएका प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको छ। भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई नागरिकता हस्तान्तरण गरेका हुन्। प्रकाशलाई नागरिकता दिने बेलामा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं समेत उपस्थित थिए। प्रकाशले हेर्ने कथामा प्रसारण भएको ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए। उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो। ‘हेर्ने कथा’ मार्फत् वर्षअघि परिवार भेटेका प्रकाशको कथाले धेरैलाई भावुक बनाएको छ । त्यसपछि दशैँ तिहारको अवसरमा भोजपुर गएका प्रकाश फेरि गोरखाको चुमभ्याली…
१४ भाद्र, काठमाडौं । विश्वचर्चित फेसन विक न्यूयोर्क कटोअर फेसन विक–२०२४ मा नेपाली फेसन डिजाइनर स्मिता राई पनि छनोट भएकी छन्। स्मिता अमेरिकाको फेसन सिटीको रूपमा चिनिएको न्यूयोर्क सहरमा आगामी सेप्टेम्बर १४ देखि हुने न्यूयोर्क कुटोअर फेसन विकका लागि छनोट भएकी हुन्। यससँगै अब फेसन डिजाइनर स्मिताले तयार पारेका क्रियटिभ परिहनमा हलिउडका चर्चित मोडलहरूले क्याटवाक गर्नेछन्। विख्यात फेसन डिजाइनर तथा मोडलहरूको प्रस्तुति रहने उक्त फेसन सप्ताहको ४०औँ संस्करण न्यूयोर्कस्थित एन्जल ओरेन्सान्ज फाउन्डेशन हलमा आयोजना हुँदैछ। हलिउडकै चर्चित फेसन शोमध्ये पर्ने उक्त फेसन सप्ताहमा छनोट हुने स्मिता एकमात्र नेपाली फेसन डिजाइनर हुन्। इटहरीकी स्मिताले नेपालको चर्चित फेसन इस्न्टिच्युट आईआईएफटी स्कुल अफ…
४ भाद्र, काठमाडौँ। अल्पसंख्यक महिला तथा पुरुषहरु विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका छन्। ब्लु डायमण्ड सोसाइटीद्वारा काठमाडौँमा मंगलबार आयोजित गाईजात्रा कार्यक्रममा अल्पसंख्यक महिला तथा पुरुषहरू विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका हुन्। उनीहरुले आफ्नो समूहका दिवंगतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन पनि गरेका छन् । न्युज अफ नेपाल
साउन १, झापा। झापाका दुई जना पत्रकार झुलन रेग्मी र डिकेश लामालाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार यस वर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददाता लामालाई संयुत्तः रुपमा प्रदान गर्ने निर्णय भएको प्रेस सेन्टर झापाले जनाएको छ । असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको छ । यस अघि २१ हजार रहेको पुरस्कार राशीलाई यो बर्षदेखि ४२ हजार पुर्याउने निर्णय भएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले बताउनु भयो ।…
असार ३०, काँकरभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा।डा। एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ । त्यस्तै अन्यविधामा हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कारबाट संगीत साधना प्रतिष्ठान नेपाल, सुनसरीलाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कारबाट सुसेली साहित्यिक प्रतिष्ठानलाई २१ हजार, हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कारबाट पत्रकार तथा साहित्यकार पिनाकीप्रसाद कोइरालालाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कारबाट…