Skip to main content

नयाँ तृष्णा

पत्रकारद्वय रेग्मी र लामालाई डि कौडिन्य पुरस्कार पाउने

[adsforwp id="2511"]

साउन १, झापा। झापाका दुई जना पत्रकार झुलन रेग्मी र डिकेश लामालाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार यस वर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददाता लामालाई संयुत्तः रुपमा प्रदान गर्ने निर्णय भएको प्रेस सेन्टर झापाले जनाएको छ ।

असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको छ ।

यस अघि २१ हजार रहेको पुरस्कार राशीलाई यो बर्षदेखि ४२ हजार पुर्याउने निर्णय भएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले बताउनु भयो ।

मेचीनगर निवासी पत्रकार रेग्मी प्रेस सेन्टर नेपालका प्रदेश कमिटि सदस्य हुनुहुन्छ भने दमक निवासी पत्रकार लामा पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर नेपालका प्रदेश कमिटि सदस्य हुनुहुन्छ ।

पुरस्कार डी कौडिन्यको स्मृति दिवसको अवसरमा साउन ७ गते वितरण गरिने अध्यक्ष पाठकले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...