Skip to main content

नयाँ तृष्णा

मनोरञ्जन

गायक रुद्रसेनले ल्याए भोजपुरी धमाकेदार गीत

गायक रुद्रसेनले ल्याए भोजपुरी धमाकेदार गीत

महोत्तरी । नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेका हुन् । गीतको निर्माण निर कुमारी विश्वकर्मा 'सविना'ले गरेकी हुन् । एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद…
Read More
लमजुङका डाक्टरसँग भोलि लगनगाँठो कस्दै मेलिना राई

लमजुङका डाक्टरसँग भोलि लगनगाँठो कस्दै मेलिना राई

काठमाडौं । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो । केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।  
Read More
झापामा मनाइयो आठौं राष्ट्रिय भाक्का दिवस (तस्विर सहित)

झापामा मनाइयो आठौं राष्ट्रिय भाक्का दिवस (तस्विर सहित)

Share झापा । झापामा आठौं राष्ट्रिय भाक्का (भाका) दिवस सोमबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो। झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भब्यताको साथ भाक्का दिवस मनाइएको छ । राजवंशी समाज झापाको आयोजनामा विभिन्न नगरपालिकाहरु मिलेर एकसाथ भाक्का दिवस मनाएको हो । कार्याक्रममा विभिन्न पालिका ब्यवसायकर्मीहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रमको उद्देश्य भनेको भाक्कालाई ब्यबसाय र सांकृतिक पहिचानकोरुपमा खाजालाई प्रयोगमा जोड दिएको छ । कार्यक्रममा विभिन्न नेता समाजसेवीले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता राजवंशी बिकास समाजका अभय राजवंशीले गरेका थिए । प्रमुख अतिथि खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रि…
Read More
आज ‘ख्रीष्टमस’ मनाइँदै, देशभर सार्वजनिक बिदा

आज ‘ख्रीष्टमस’ मनाइँदै, देशभर सार्वजनिक बिदा

१० पुष, झापा । आज डिसेम्बर २५ का दिन बिश्वब्यापीरुपमा प्रभू येशू ख्रीष्टको जन्मोत्सव अर्थात ‘ख्रीष्टमस डे’ मनाउँदैछन्। प्रभू येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै ख्रीष्टियनहरुले ‘ख्रीष्टमस डे’ मनाउँने गरेको हो । आजभन्दा दुई हजार २५ वर्षअघि येशू ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कन्य कुमारी मरियमबाट जन्मिएका येशू ख्रीष्टले मानवजातिको निम्ति मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा ख्रीष्टियनले समुदायले आजको दिनलाई बिशेष दिनको रुपमा ‘ख्रीष्टमस’ मनाउने गर्दछन् । नेपालको परिप्रेक्ष्यमा मण्डलीको आरम्भसंगै हर्सोलासका साथ अन्य देशहरुमा झै यस देशमा पनि भब्यताका साथ ख्रीष्टमस मनाउन आरम्भ भएको हो । हाल नेपालमा ३५ लाख ख्रीष्टियनले…
Read More
चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ र रोमान्स पढाइने

चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ र रोमान्स पढाइने

२१ मंसिर, बेइजिङ । अहिले चीनको सबैभन्दा ठूलो समस्या देशको घट्दो जन्मदर हो, जसलाई लिएर सरकार निकै चिन्तित छ । चिनियाँ सरकारले यसको समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ । यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ । यो पहल चीनले लगातार दोस्रो वर्ष जनसङ्ख्यामा आएको गिरावटको सामना गरिरहेको बेला गरिएको हो। जसका कारण सरकारी श्रोत र अर्थतन्त्रमा वृद्धवृद्धाको प्रभावको चिन्ता बढ्दै गएको छ । तपाईलाई भनौं कि करिब १.४ अर्ब अर्थात् १४० करोड जनसंख्या भएको चीन विश्वको दोस्रो ठूलो…
Read More
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।   नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका गुरुङ र ढकाललाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ सङ्कल्पित रहन निर्देशन दिए । समाजमा कानुनी शासनको प्रयात्याभूति दिलाउनु प्रहरीको…
Read More
सडक फोहोर गरेको भन्दै एमालेलाई काठमाडौं महानगरले गरे १ लाख जरिवाना

सडक फोहोर गरेको भन्दै एमालेलाई काठमाडौं महानगरले गरे १ लाख जरिवाना

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ । नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ ।
Read More
बलात्कार आरोपित प्रहरी जवान थुनामा

बलात्कार आरोपित प्रहरी जवान थुनामा

७ मंसिर, धादिङ । १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी जवान थुनामा पुगेका छन् । चितवन जिल्ला माडी नगरपालिका–३ का २८ वर्षीय हरी नारायण महतोलाई जिल्ला अदालत धादिङको शुक्रबारको आदेशले पुर्पक्षका  लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश  मनकुमारी विक जिएमको इजलासले बालिका बलात्कार गरेको आरोपमा हिरासतमा राखिएका महतोलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए । आरोपित महतोले बालिकालाई नीलकण्ठ नगरपालिका –३ मा ०८१ असोज ५ गते बलात्कार गरेको भन्दै कात्तिक  १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि सोही दिन हिरासतमा लिइएको थियो । पीडितको कात्तिक १५ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो।
Read More
काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

७ मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।
Read More
संस्कृति संरक्षणमा क्रियाशील दुई युवाको सम्मान

संस्कृति संरक्षणमा क्रियाशील दुई युवाको सम्मान

१८ कार्तिक, ललितपुर। संस्कृति संरक्षण र प्रवर्द्धनमा क्रियाशील ललितपुरका दुई युवालाई राेट्रयाक्ट क्लब अफ ललितपुरले सम्मान गरेको छ । नेपाल संवत् ११४५ काे अवसर पारेर पाटन दरबार क्षेत्रमा आयोजित  एक समाराेहका बीच साम्राज्यदेव श्रेष्ठ र सुप्रिन्स शाक्यलाई सम्मान गरिएकाे हाे  । संस्कृति संरक्षण र प्रवर्द्धनका लागि युवा नारा राखेर उनीहरूलाई सम्मान गरिएकाे क्लबका अध्यक्ष शाेभना शाक्यले जानकारी दिईन् । साे अवसरमा ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर मञ्जरी शाक्यले दाेसल्ला अाेढाई सम्मानपत्र प्रदान गरिन् । श्रेष्ठ लिच्छविकाल राजा मानदेवले स्थापना गरेको सांस्कृतिक धराेहरका रूपमा रहेकाे मानमानेश्वरी भवानीकाे खड्गजात्रासंग सम्बन्धित मूछें अागंछेका मुख्य गुठीयार हुन्। याे जात्रा दशै समयमा हुने गर्दछ।२४ वर्षदेखि राेकिएकाे याे परम्परा…
Read More