Skip to main content

नयाँ तृष्णा

कला

लमजुङका डाक्टरसँग भोलि लगनगाँठो कस्दै मेलिना राई

लमजुङका डाक्टरसँग भोलि लगनगाँठो कस्दै मेलिना राई

काठमाडौं । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो । केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।  
Read More
झापामा मनाइयो आठौं राष्ट्रिय भाक्का दिवस (तस्विर सहित)

झापामा मनाइयो आठौं राष्ट्रिय भाक्का दिवस (तस्विर सहित)

Share झापा । झापामा आठौं राष्ट्रिय भाक्का (भाका) दिवस सोमबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो। झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भब्यताको साथ भाक्का दिवस मनाइएको छ । राजवंशी समाज झापाको आयोजनामा विभिन्न नगरपालिकाहरु मिलेर एकसाथ भाक्का दिवस मनाएको हो । कार्याक्रममा विभिन्न पालिका ब्यवसायकर्मीहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रमको उद्देश्य भनेको भाक्कालाई ब्यबसाय र सांकृतिक पहिचानकोरुपमा खाजालाई प्रयोगमा जोड दिएको छ । कार्यक्रममा विभिन्न नेता समाजसेवीले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता राजवंशी बिकास समाजका अभय राजवंशीले गरेका थिए । प्रमुख अतिथि खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रि…
Read More
संयुक्त अरव ईमारथमा  चासोक थिसोक तङ्नाम  सभ्य भब्य रुपमा सम्पन्न ।

संयुक्त अरव ईमारथमा चासोक थिसोक तङ्नाम सभ्य भब्य रुपमा सम्पन्न ।

युमा साम्यो महासभा युएईले याक्थुङ / लिम्बुहरुको मौलिक चाड़ चासोक थिसोक युएईको बरदुबाई स्थित एभरेस्ट क्लब याक एण्ड यतिको हलमा भब्य तरिकाले सम्पन्न भएको छ । परदेशको भूमिमा रहेर पनि आफ्नो मौलिक परम्परालाई जगेर्ना गर्दै सावारा साँवा श्री भवानी अन्छङ्बो द्वारा नयाँ अन्न बालीहरु युमालाई चढाई मौलिक अनुष्ठान सहित चासोक थिसोक पुजा गर्दै दिप प्रचलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । औपचारिक कार्यक्रम युमा साम्यो महासभा युएईका महासचिव दिपेन चेम्जङले कार्यक्रम सन्चालन गर्नु भएको थियो र उक्त कार्यक्रम युमा साम्यो महासभा युएईका कार्य बाहक अध्यक्ष राम योङ्हाङ् (बैदारे ठुले )ले सभापतित्व गर्नु भएको थियो भने आमन्त्रित अतिथिहरुमा प्रमुख अतिथि नेपाल…
Read More
मन्टेश्वरीका शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम

मन्टेश्वरीका शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम

बिर्तामोड, २४ कात्तिक । कनकाई र बिर्तामोड नगरका पाँच वटा मन्टेश्वरीका शिक्षकहरुलाई दुई दिवसिय क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । बिर्तामोड स्थित लिंकन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबार र शनिबार मन्टेश्वरीका शिक्षकहरुलाई दुई दिने सो तालिम दिइएको हो । तालिममा बिर्तामोडको लिंकन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरपालिकाको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागिता रहेको थियो । मन्टेश्वरीका शिक्षिक–शिक्षिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले बताए । तालिममा सहभागी शिक्षिकाहरुलाई प्रशिक्षक जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण दिएका थिए । पाटन शिक्षण तालिम केन्द्र ललितपुर, नेपाल सरकार शिक्षा मन्त्रालय सिटीईभिटी रोष्टर, बाल…
Read More
वरिष्ठ गीतकार शिवशंकर थापा र संगीतकार भरत लामालाई सम्मान

वरिष्ठ गीतकार शिवशंकर थापा र संगीतकार भरत लामालाई सम्मान

२२ कार्तिक, मेचीनगर । झापाकाे मेचीनगर-९ मा वरिष्ठ गीतकार शिवशंकर थापा र संगीतकार भरत लामालाई सम्मान गरिएकाे छ ।ख्याति कमाएका र उदयमान कला, साहित्य र संगीतका पारखीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले सातपाखे ब्याण्डद्वारा आयोजित सांगीतिक साँझमा थापा र लामालाई सम्मान गरेको हो । कार्यक्रमको प्रमुख अतिथि एबम् मेची नगरपालिकाको उपप्रमुख मिना उप्रेती पोख्रेलले खादा तथा सम्मान पत्रद्वारा सम्मान गरेकी थिइन् । सम्मानित कलाकारद्वय झापाली हुन् । सम्मानपछि गीतकार थापा, संगीतकार लामा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । त्यसैगरी सांगीतिक ब्याण्डले दर्जनौं लोक तथा आधुनिक गीत, गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय गायक कमल रसाइली त्यस्तै आर्ट विधाका ख्यातीप्राप्त कलाकार…
Read More
संस्कृति संरक्षणमा क्रियाशील दुई युवाको सम्मान

संस्कृति संरक्षणमा क्रियाशील दुई युवाको सम्मान

१८ कार्तिक, ललितपुर। संस्कृति संरक्षण र प्रवर्द्धनमा क्रियाशील ललितपुरका दुई युवालाई राेट्रयाक्ट क्लब अफ ललितपुरले सम्मान गरेको छ । नेपाल संवत् ११४५ काे अवसर पारेर पाटन दरबार क्षेत्रमा आयोजित  एक समाराेहका बीच साम्राज्यदेव श्रेष्ठ र सुप्रिन्स शाक्यलाई सम्मान गरिएकाे हाे  । संस्कृति संरक्षण र प्रवर्द्धनका लागि युवा नारा राखेर उनीहरूलाई सम्मान गरिएकाे क्लबका अध्यक्ष शाेभना शाक्यले जानकारी दिईन् । साे अवसरमा ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर मञ्जरी शाक्यले दाेसल्ला अाेढाई सम्मानपत्र प्रदान गरिन् । श्रेष्ठ लिच्छविकाल राजा मानदेवले स्थापना गरेको सांस्कृतिक धराेहरका रूपमा रहेकाे मानमानेश्वरी भवानीकाे खड्गजात्रासंग सम्बन्धित मूछें अागंछेका मुख्य गुठीयार हुन्। याे जात्रा दशै समयमा हुने गर्दछ।२४ वर्षदेखि राेकिएकाे याे परम्परा…
Read More
किड्स, व्वाईज र टिन्सलाई उपाधि

किड्स, व्वाईज र टिन्सलाई उपाधि

८ आश्विन , काठमाडौं । नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले राजधधानीमा सम्पन्न भएको छ। प्रतियोगितामा किड्सबाट अनुष्का चौधरी, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिन्सबाट सिमरन थापा मगरले उपाधि जितेका छन् भने किड्सबाट सयोना लामा, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिन्सबाट सिमरन थापा मगर मस्ट पपुलर भएका छन्। प्रतियोगितामा किड्सबाट अन्सुमा थापा मगर, ब्वाइजबाट नयन कारन्जित र टिन्सबाट दिया रानामगरले पब्लिक च्वाइसको टाइटल जितेका छन्। ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रालिद्धारा सम्पन्न प्रतियोगितामा कक्षा तीनदेखि नौसम्मका प्रतियोगी सहभागी थिए। सुमी बानियाँको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम संयोजन नृत्य निर्देशक सन्दीप भुजेलले गरेका थिए।
Read More
पहिलो पटक मेचे भाषाको चलचित्र ‘बिक्रमदेवा’ प्रदर्शन हुँदै

पहिलो पटक मेचे भाषाको चलचित्र ‘बिक्रमदेवा’ प्रदर्शन हुँदै

३ असोज, मेचीनगर, । मेचे समुदायको संस्कृति र परम्परा समेटिएको नेपाली कथानक चलचित्र ‘बिक्रमदेवा’ चाँडै प्रदर्शनमा आउने भएको छ । आज बिर्तामोड स्थित होटल पपुलरमा आयोजित पत्रकार सम्मेलनमा केहि अंश मेचे समुदायको संस्कृतिमा आधारित ‘बिक्रमदेवा’ चलचित्रको च्यारिटी सो यही असोज १४ गते बिर्तामोडको पाथिभरा सिने प्लाजामा हुने जानकारी गराएको हो । चलचित्रका निर्देशक कुमार केसीले मेचे समुदायको संस्कृतिलाई प्रवर्धन गर्ने उदेश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागिएको बताए । उनका अनुसार उक्त भाषामा २० प्रतिशत र ८० प्रतिशत नेपाली भाषाको चलचित्र हुने छ । ‘मेचे समुदायको कल्चर के हो, कस्तो हुन्छ, देखाउन खोजिएको हो’, चलचित्रका नायक समेत रहेका सुवास मेचेले भने–‘मेचे…
Read More
जैतुन छाँया कन्सर्ट `सिजन-३ एपिसाेड-२´ धुलाबारीमा भब्यताका साथ भाेलि हुदै

जैतुन छाँया कन्सर्ट `सिजन-३ एपिसाेड-२´ धुलाबारीमा भब्यताका साथ भाेलि हुदै

२ असाेज, झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा हुने भएको छ । भाेलि बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख व्यक्तित्व नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोड आइपुगेका छन् । ब्याण्डका प्रमुख व्यक्तित्व एड्रिन देवानले आराधना र सुसमाचारिय आत्मिक कन्सर्ट भएको बताएका छन् । र याे कार्यक्रम फलदायी र आशिषमय हुने उनको भनाइ छ । जैतुन छाँयाले ख्रीष्टिय आत्मिक ज्ञान, अनन्तकाे सत्यताहरुकाे शब्द संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा आजको बिकृतिले जगडिएकाे संसारीक सन्जालहरुबाट ख्रीष्टकाे प्रेमको उत्कृष्ट साैगातहरु जवानहरुमा पस्कनु हाम्रो उद्देश्य रहेको छ…
Read More
मेचीनगरमा बहुसाँस्कृतिक एकता समाजको बाल उत्सव

मेचीनगरमा बहुसाँस्कृतिक एकता समाजको बाल उत्सव

२९ भाद्र, काँकरभिट्टा । बहुसाँस्कृतिक एकता समाजले काँकरभिट्टामा बाल उत्सव समारोह सम्पन्न गरेको छ । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा समाजले मेचीनगरका विभिन्न क्षेत्रका बालबालिकाको उपस्थितिमा शनिबार विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । मेचीनगर-६, काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले चित्रकला, नाटक, गायन र नृत्यमा सहभागी भएका थिए । कार्यक्रममा बलभद्र जनता मावि र जोड साँस्कृतिक एकता समाजका कलाकारहरुले पछिल्लो समय नेपालमा शिक्षा क्षेत्रको अवस्था र देखिएका समस्या केन्द्रित विषयवस्तुमाथी नाटक प्रस्तुत गरेका थिए । आदर्श मावि इटाभट्टा, बलभद्र जनता मावि धाइजन, सरस्वती बाल कल्याण मावि सहरेडाँगी, बालबाटिका मन्टेश्वरी चारआली, नबिनतारा अंग्रेजी माविका विद्यार्थीहरु ले विविध साँस्कृतिक तथा…
Read More