Skip to main content

नयाँ तृष्णा

पहिलो पटक मेचे भाषाको चलचित्र ‘बिक्रमदेवा’ प्रदर्शन हुँदै

[adsforwp id="2511"]

३ असोज,

मेचीनगर, । मेचे समुदायको संस्कृति र परम्परा समेटिएको नेपाली कथानक चलचित्र ‘बिक्रमदेवा’ चाँडै प्रदर्शनमा आउने भएको छ । आज बिर्तामोड स्थित होटल पपुलरमा आयोजित पत्रकार सम्मेलनमा केहि अंश मेचे समुदायको संस्कृतिमा आधारित ‘बिक्रमदेवा’ चलचित्रको च्यारिटी सो यही असोज १४ गते बिर्तामोडको पाथिभरा सिने प्लाजामा हुने जानकारी गराएको हो ।

चलचित्रका निर्देशक कुमार केसीले मेचे समुदायको संस्कृतिलाई प्रवर्धन गर्ने उदेश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागिएको बताए । उनका अनुसार उक्त भाषामा २० प्रतिशत र ८० प्रतिशत नेपाली भाषाको चलचित्र हुने छ ।

‘मेचे समुदायको कल्चर के हो, कस्तो हुन्छ, देखाउन खोजिएको हो’, चलचित्रका नायक समेत रहेका सुवास मेचेले भने–‘मेचे जाति भन्ने अझै मान्छेले बुझेका छैनन् । त्यही विषय समेटेर चलचित्र तयार गरिएको छ ।’

चलचित्रका निर्माताहरु अर्जुन मेचे, प्रताप मेचेले सानो जातिले ठुलो पर्दामा पहिलो पटक निर्माण गरेको ‘बिक्रमदेवा’ देश–विदेशमा रहने सिमान्तकृत तथा लोपोन्मुख समुदायलाई चिनाउने एउटा अवसर पनि रहेको बताएका छन् ।

करिव एक करोड २० लाख लगानी रहेको चलचित्र झापा र इलामका पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको छ ।

उक्त चलचित्रमा कलाकारहरु सुवास मेचे, प्रताप मेचे, उर्मिला कार्की, भावना मगर, पुकार भट्टराई, विपिन प्रसाई, रोहन सेन्चुरी, अमर मेचे, नायकको बुबाको रोलमा सुनिल थापा लगायत रहेका छन् ।

आगामी बैशाखमा मेचे समुदायको महान पर्व बैशाखु पर्वमा उक्त चलचित्र प्रदर्शन गरिने मेचे समाज शिवियारी आफतका मेचीनगर सचिव अमर मेचेले जानकारी दिए । उनका अनुसार अहिले भने देश–विदेशमा च्यारिटी सो मात्र गरिने छ ।

नेपालमा पाँच हजार १९३ जना मेचे समुदायको बसोबास छ । त्यसमध्ये धेरै झापामा बसोबास गर्छन् । मोरंग, सुनसरी र अन्य जिल्लामा थोरै मात्रमा मेचे समुदायको बसोबास छ । यी समुदाय नेपालमा सिमान्तकृत तथा लोपोन्मुख जातिमा सूचीकृत छन् ।

पत्रकार सम्मेलनको सहजीकरण मेचे समाज शिवियारी आफतका केन्द्रीय संस्कृति विभाग संयोजक पवनलाल मेचेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...