मेचीनगर, झापा । मेचीनगर प्रेस क्लबद्वारा आयोजना गरिएको इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप–२०८२ को उपाधि तराई प्रेस क्लब दार्जिलिङले जितेको छ । सोमबार सम्पन्न फाइनलमा दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० को अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ सुरु भएको दुई मिनेटमै दार्जिलिङका प्रवेश भुजेलले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ४४ औँ मिनेटमा दावा लामाले दोस्रो गोल थपेपछि विजय दार्जिलिङतर्फ उन्मुख बन्यो। विजेता दार्जिलिङले उपाधिसहित ५० हजार रुपैयाँ नगद र सिल्ड प्राप्त गर्यो भने उपविजेता भद्रपुरले २५ हजार रुपैयाँ र ट्रफि हात पारेको छ । अन्तिम गोलकर्ता दावा लामा फाइनल खेलको…
झापा, पुस २७। मेचीनगर नगरपालिकामा राजवंशी समुदायले पहिलोपटक ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ उत्साहपूर्वक मनाएको छ। मेचीनगर–७ इटाभट्टास्थित राजवंशी समाज विकास समितिद्वारा आयोजित उत्सवमा करिब पाँच सय केजी धानको पीठो प्रयोग गरी भाक्का तयार गरिएको थियो। रैथाने परम्परागत परिकार भाक्काको संरक्षण र प्रवर्धन उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा समुदायको भाषा, कला, संस्कार र संस्कृतिसँगै पहिचान प्रस्तुत गरिएको समितिका अध्यक्ष दिनेश राजवंशीले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि गोपाल चन्द्र बुढाथोकीले यस्तो सांस्कृतिक कार्यक्रमले नगरको पर्यटन प्रवद्र्धनमै टेवा पुग्ने धारणा राखे। उनका अनुसार मेचीनगरमा २५ भन्दा बढी जातजातिको बसोवास रहे पनि राजवंशी समुदायको उपस्थिति उल्लेखनीय छ। उत्सवमा नगरका १५ वटै वडाबाट आएका ३० जना…
पौष २२, अर्घाखाँची / सन्धिखर्क सु–समाचार चर्चले आफ्नो २५औँ वार्षिकोत्सव (रजत महोत्सव) विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता चर्चका पाष्टर प्रतिज्ञा सारुले गर्नुभएको थियो। कार्यक्रममा नेपाल सु–समाचार केन्द्रका निर्देशक अनुग्रहराज पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहँदै प्रमुख शुभकामना मन्तव्य प्रदान गर्नुभयो। त्यसैगरि नेपाल सु–समाचार चर्च परिषदका अध्यक्ष पा. दानिएल सिद्वेल, अतिथि पाष्टरहरू पा. खुमप्रसाद श्रेष्ठ, पा. भोला न्यौपाने, पा. डा. वी.पी. फिलिप, पा. लिल नेपाली लगायत देशका विभिन्न जिल्लाबाट आएका पाष्टरहरूको उल्लेखनीय उपस्थितिले समारोहलाई भव्य बनाएको थियो। अतिथि तथा पाहुनाहरूलाई स्वागत ए. मनिष सिंहले गर्नुभयो भने कार्यक्रम सञ्चालन ए. बिष्णु परियारले गर्नुभएको थियो।…
१५ पुष २०८२, मंगलवार, मेचीनगर । पुस २७ र २८ गते सञ्चालन हुने इन्डो–नेपाल मेचीनगर मिडिया कपको लोगो सार्वजनिक गरिएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुन लागेको मिडिया कपको लोगो आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । ट्रफीको आकारमा तयार गरिएको लोगोको माथिल्लो भागमा फुटबल समावेश गरिएको छ भने फुटबलभित्र मेचीनगरका प्रमुख पर्यटकीय स्थलहरू अंकित छन् । लोगोको बीच भागमा नेपाल र भारतका झण्डा समावेश गरिएका छन्, जसले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश प्रवाह गर्दछ । प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक…
१५ पुष २०८२, मंगलवार, काँकरभिट्टा । नेकपा एमालेका नेता रबिन कोइरालाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार नहुने घोषणा गरेका छन्। मंगलबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले यस पटकको चुनावमा आफू उम्मेद्वारको परिधिभन्दा बाहिर रहने निर्णय लिएको बताएका हुन्। खबरमञ्चबाट,
११ पुष २०८२, शुक्रबार, काठमाडौँ सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । उनका अनुसार बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ । उनले वैदेशिक रोजगारीको शिलशीलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेश गरेको खण्डमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको बताए । उनले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निदेशिका खारेज गर्ने निर्णय भएको…
आज यस विषयमा मेरो व्यक्तिगत अध्ययनद्वारा मैले पाएको जानकारी अर्थात् प्रकाशलाई हजुरहरूको बीचमा राख्न चाहन्छु । खीष्ट येशूको जन्म मिति २५ डिसेम्बर नै हो भन्ने तथ्य छैन तर यसको अर्थ येशू यो संसारमा अर्थात् धरतीमा जन्मेको होइन भन्ने पक्षमा म छैन । तर यो २५ डिसेम्बर ख्रीष्ट येशूको जन्म उत्सवको रुपमा मनाउन कसरी सुरु भयो यसबारे ऐतिहासिक साथै धर्मशास्त्रहरूले के भन्छ भन्नेबारे अध्ययन गर्न जरुरी छ । खी्रष्ट येशू जन्मनुभएको ३०० द्यऋ मा रोमन क्याथोलिक सम्प्रदायले २५ डिसेम्बरलाई क्रिसमसको आधार दिएको हो भन्ने ऐतिहासिक तथ्यहरु छ । तर क्रिसमस अघि रोमनहरूले २५ डिसेम्बरको दिन सूर्य देवताको नाउँमा रोममा वार्षिक उत्सव…
ईलाम । माई नगरपालिका ईसाई समाजको आयोजनामा ईलामको सुखानीस्थित सहिद स्मृति फनपार्क मा संयुक्त ख्रिष्टमस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला ईसाई समाज ईलामका अध्यक्ष टेक बहादुर राई को प्रमुख आतिथ्यतामा तथा माई नगरपालिका ईसाई समाजका अध्यक्ष धनकुमारी राई लिम्बू को अध्यक्षतामा आयोजित कार्यक्रममा माई नगरपालिका र अर्जुनधारा नगरपालिका अन्तर्गतका विभिन्न चर्चहरूको उल्लेखनीय तथा गरिमामय उपस्थिति रहेको थियो। ख्रिष्टमस कार्यक्रमको अवसरमा शुभकामना आदान–प्रदान गर्दै प्रमुख अतिथि पास्टर टेक बहादुर राई ले ख्रिष्ट येशु संसारका मुक्ति दाता हुनुहुन्छ भन्ने सन्देश दिनुभएको थियो। उहाँले ख्रिष्टमसले प्रेम, शान्ति, क्षमा र आपसी सद्भावको सन्देश फैलाउने उल्लेख गर्नुभयो। कार्यक्रमलाई थप उत्साहपूर्ण बनाउन विभिन्न खालका…
४ पुष २०८२, शुक्रबार, काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उदेश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम प्रचारप्रसार गर्ने मुख्य उदेश्य राखेर प्रतियोगिता आयोजना गर्ने तय भएको प्रेस क्लब मेचीनगर अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । प्रतियोगिताको विजेतालाई आकर्षण पुरस्कार राशी समेत राखिएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र पाउनेछ । यस्तै,…