नयाँ तृष्णा

२५ डिसेम्बर नै क्रिसमस हो ? हामी सही अर्थमा क्रिसमस मनाउँदै छौं ?

Advertisement

आज यस विषयमा मेरो व्यक्तिगत अध्ययनद्वारा मैले पाएको जानकारी अर्थात् प्रकाशलाई हजुरहरूको बीचमा राख्न चाहन्छु ।
खीष्ट येशूको जन्म मिति २५ डिसेम्बर नै हो भन्ने तथ्य छैन तर यसको अर्थ येशू यो संसारमा अर्थात्
धरतीमा जन्मेको होइन भन्ने पक्षमा म छैन । तर यो २५ डिसेम्बर ख्रीष्ट येशूको जन्म उत्सवको रुपमा
मनाउन कसरी सुरु भयो यसबारे ऐतिहासिक साथै धर्मशास्त्रहरूले के भन्छ भन्नेबारे अध्ययन गर्न जरुरी छ ।
खी्रष्ट येशू जन्मनुभएको ३०० द्यऋ मा रोमन क्याथोलिक सम्प्रदायले २५ डिसेम्बरलाई क्रिसमसको आधार दिएको हो भन्ने ऐतिहासिक तथ्यहरु छ ।

तर क्रिसमस अघि रोमनहरूले २५ डिसेम्बरको दिन सूर्य देवताको नाउँमा रोममा वार्षिक उत्सव मनाउने एउटा परम्परा थियो, त्यसैको साथमा सँगै मिल्ने २५ डिसेम्बर क्रिसमसमा पछिबाट परिणत भएको तथ्यहरू छन् ।
त्यसताक रोमनहरूले आफ्नो ईश्वरको नाउँमा हप्ताको एकदिन पनि अर्पण गरेको थियो त्यो दिन चाहिँ सन्डे (क्गलमबथ) अर्थात् आइतबारको दिन थियो ।

रोमको छैटौ राजा किङ कन्स्टेन्टिन त्यो समयमा इसाई भयो तर वास्तवमै उनी हृदयको विश्वासबाट इसाई भएको थिएन तर राजनैतिक स्वार्थको निम्ति मात्र उनी इसाई भयो र पोप अनि राजा कन्स्टेन्टिन मिलेर धेरै आफ्ना राज्यहरूमा नियमहरू निर्माण गरेको थियो जो आजसम्म पनि चलिराखेको छ ।
२५ डिसेम्बर र मौसम अनि ऋतु नियाल्दा खीष्ट येशु जन्मेको समय अर्थात् मौसम त्यो होइन यो विषयमा बाइबल पूर्ण रुपमा मौन छ । हामीलाई येशू ख्रिष्ट जन्मेको बारेमा बुझ्न बाइबल क्यालेन्डरलाई अर्थात् हिब्रु क्यालेन्डरलाई बुझ्न जरुरी छ तर अहिले हामीले प्रयोग गर्दै गरेको क्यालेन्डरलाई अंग्रेजी क्यालेन्डर भन्छन् । जसलाई रोमन क्यालेन्डर पनि भनिन्छ ।
केही समय लगाएर हिब्रु क्यालेण्डरको विषयमा हामी बुझ्नेछौं । हिब्रु क्यालेन्डरको महिनाहरुलाई अङ्ग्रेजी रोमन क्यालेन्डर जसलाई ग्रेगोरियन क्यालेन्डर पनि भनिन्छ त्यसलाई हिब्रुमा बताएको महिना अंग्रेजीमा के भन्दो रहेछ भन्ने बारेमा छोटो अध्ययन गर्नेछौं ।

पहिलो महिना निशान– अबिव मार्च, अप्रिल दोस्रो महिना आइयार– जिफ अप्रिल, माइ तेस्रो महिना सिवान माइ, जुन चौथो महिना थाम्मुज जुन, जुलाई पाँचौँ महिना अब जुलाई, अगस्ट छैटौ महिना एलुल अगस्ट, सितम्बर सातौं महिना तिस्री वा इथामिम सितम्बर, अक्टोबर आठौं महिना मार्चेसवन वा बुल अक्टोबर, नोभेम्बर नवौं महिना किसलु नभेम्बर, डिसेम्बर
दशौ महिना देवेत डिसेम्बर, जनवरी एघारौ महिना सेवेत जनवरी, फरवरी बाह्रौं महिना आदार फरवरी मार्च यो बिप्लिकल यहुदी क्यालेन्डर हो, जसलाई सेक्रेट एयर ( क्बअचभम थभबच )भनिन्छ ।
अब यो क्यालेन्डर अनुसार ख्रीष्ट येशूको जन्मको समयको बारे थाहा गरौ ।
लुका १ः३८ अनुसार मरियम र स्वर्गदूतको बातचीत छ ।

लुका १ः३९ देखि ५६ सम्म एलिसिबासँग मरियमको भेट विषयमा उल्लेख गरिएको छ ।
जुन बेला एलिशिवा छैठौँ महिनाको गर्भवती थियो किनकि मरियम एलिसिबाको ठाउँमा तीन महिना बसे, त्यसपछि यूहन्नाको जन्म भयो ।
अब हामी येशू ख्रीष्ट जन्मनु भएको मौसम अनि ऋतुबारे अध्ययन गर्नेछौं ।
मरियम र एलिसिबा छैटौँ महिना गर्भवती हुँदा भेटेको थियो । यानिकि एलुल महिनामा भेटेको हो त्यो समय
मरियमको गर्भमा येशू गर्भधारण गरेको थियो ।
अब मरियमले गर्भधारण गरेको सातौं महिनामा यहुदी क्यालेन्डर अनुसार के हुँदो रहेछ हेर्नेछौं ।
प्रस्थान १२ अध्याय यो यहुदीहरूको वर्षको सुरु हो । यहुदी क्यालेन्डर अनुसार निशान महिना अंग्रेजी महिना अनुसार मार्च अप्रिल पर्दछ ।

त्यही महिनाको १४वा दिन प्रस्थान १२ को ६ देखि ११ निशान चाड त्यसपछि ३ दिनपछि अखमिरी रोटी खाने गरिन्छ जसलाई अखमिरी रोटीको चाड भनिन्छ । सिवान महिनामा ईस्राएलमा गहुँको खेतको कटनी हुन्छ रोमन क्यालेन्डर अनुसार यो मौसम माई, जुन पर्छ ।
पहिलो कटनी त्यसपछि ४९ औं दिन फेरि जौको कटनी गर्छ र पचासौं दिनमा जौको बिटा मन्दिरमा चढाउने दिनलाई पेन्तिकोसको दिन भनिन्छ ।
बाइबलको क्यालेन्डर अनुसार निशान महिनादेखि उता गर्मी मौसम सुरु हुँदछ निशान मार्च र अप्रिल रोमन क्यालेन्डर अनुसार पर्दछ ।
यही मौसममा गोठालाहरूले भेडाहरू गोठबाट चरणको निम्ति खेत अनि चौरतिर चराउनलाई लैजाने गथ्र्यो । लुका २ अध्यायमा यो घोषणा सारा देशवासीको निम्ति सही समय थियो, किनकि सबैले आ–आफ्नो काम सकिएर फुर्सदमा बसेको थियो र दिन पनि त्यो समयमा लामो थियो ।
त्यसैले भेडी गोठ मात्र खाली थियो किनकि नासरतबाट बेद्लेहेम करिब १५६.४ किलोमिटर थियो र गर्भवती महिलाई लिएर आउनु कठिन थियो र बेतलेहेममा आईपुग्दा सबै पौवा पाटीहरु अरु मानिसहरुले भरिसकेको थियो त्यसैले भेडी गोठमा बस्नु पर्ने भयो त्यो गोठको भेडाहरु चरणमा लगिएको थियो ।
लुका २ः८ देखि १२ पहिलो क्यारोल स्वर्गदूतहरूले गोठालाहरुलाई सुसमाचार सुनाएको थियो तर वर्तमानमा क्यारोल रमाइलो गर्ने एउटा चलन मात्रै भएको छ ।
ख्रिष्टको जन्मको समय पत्तो लगाउनुलाई त्यो देशको जलवायु पनि जान्नु आवश्यकता छ । तर यो डिसेम्बर त्यो ठाउँमा हिउँ र पानी झरी हुने महिना हो ।

एज्रा १०ः९ अनुसार दाउदको सहरको मौसमबारे वर्णन गरिएको छ र यस्तो जाडोको मौसम र पानीझरीमा गोठालाहरु गोठमै हुनुपर्ने हो तर उनीहरु चौरमा भेडा चराउँदै छ त्यो समय गर्मीको मौसम थियो ।
त्यसैले हामीले मान्ने क्रिसमस चाड अथवा पर्व होइन तर अवश्य यो मौकामा विधवा टुहुरो गरिब रोगी
एक्लोहरुलाई खुवाउन पहिरन दिउँ र ख्रिष्टमा नभएकाहरुलाई सुसन्देश सुनाउ यो कार्य सही बाइबलको
अर्थमा राम्रो हुनेछ र अर्थपूर्ण हुनेछ ।

त्यसैले हजुरहरुको ख्रिष्टमस तैयारी कस्तो हुदैछ किनकि यो श्रुतु एउटा सुन्दर अवसर हो उहाँको जन्मको बिषयमा मानिसहरुलाई सुसन्देश प्रचार गर्ने साथै निर्धाहरुको एक साहारा वन्ने मौका यहि हो । अन्त्यमा येशू ख्रीष्ट २५ डिसेम्बर मानै जन्मेको हो या हैन भन्ने बिवादमा उहाँको अनमोल प्रेमको सन्देश ओझेलमा नपारौं र यो श्रतुमा हर्ष र उल्लाससाथ धन्यवाद दिदै मुक्तिदाताको प्रेम संसारमा फैलाओ भनी शुभकामना वक्त गर्न चाहान्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअ...
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइ...
गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्...