काठमाडौं । केकी अधिकारीको निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ले आइतबार रञ्जना सिनेप्लेक्समा ५१ दिन मनायो । यसअवधिमा फिल्मले घरेलु बजारमा १० करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । फिल्ममा मुख्य कलाकारसमेत रहेकी केकीले ५१ दिनको खुसीयाली अस्ट्रेलियामा मनाएकी छन् । फिल्म प्रदर्शनको क्रममा विदेशमा रहेकी केकीले उतै नेपाली दर्शकसँग खुसी साटेकी हुन् । एडिलेडको एक हलमा आइतबार आयोजित कार्यक्रममा उनले केक काटेकी थिइन् । उनको यो फिल्म अहिले अस्ट्रेलियामा प्रदर्शनरत छ । यो फिल्म गत वैशाख १४ गते प्रदर्शनमा आएको थियो । यसको मुख्य भूमिकामा केकीसहित स्वेच्छा राउत र बालकलाकार सुपला भट्टराई छन् ।
झापा । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ । अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो । रेलवे बोर्डले उद्धार अभियान पूर्ण रूपमा सकिएको र अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ । हाल घाइते ६० जना अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री…
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस अवसरमा काठमाण्डौको दरबारमार्ग स्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको…
काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनका कारण राजधानीमा पेट्रोलको अभाव देखिएको छ । आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण रोकेर पेट्रोल पम्प बन्द गरेपछि सरकारी पम्पमा पेट्रोल भर्नेको भीड देखिएको छ । नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो । चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पसम्म पुग्न सकेको छैन । ट्यांकर चालकको संघले विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टी बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो…
३ असार २०८१, सोमबार, काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए । उनले भने, “काठमाडौँबाट छ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ ।
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…