१४ चैत्र, काठमाडौं। ‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौंको तीनकुनेमा ‘नागरिक जनविद्रोह’ घोषणा गर्ने तयारी गरिएको छ। महाअभियानमा नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लाबाट मानिसहरू काठमाडौं आएको दाबी गरिएको छ। ती जिल्लाबाट प्रतिनिधिमुलक रूपमा मानिसहरू काठमाडौं आएको र उनीहरू उक्त कार्यक्रममा सहभागी हुने महाअभियानका प्रवक्ता माधव कल्पितले बताए। प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग झन्डै दुई घण्टा लामो छलफल गरेको दाबी कल्पितले गरे। उक्त भेटपछि प्रसाईंले पत्रकार सम्मेलन आयोजना गर्दै आगामी रणनीतिबारे जानकारी गराएको दाबी कल्पितको छ। उक्त पत्रकार सम्मेलनमा राजसंस्था पुन:स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीसहित अन्य राजावादी नेताहरू पनि सहभागी…
१४ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको घिसिङले दावी गरेको छ । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् । कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् । सर्वोच्च अदालत…
१२ चैत, मेचीनगर । झापाको मेचीनगर –६ बाट आज दिउँसो सशस्त्र प्रहरीले करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरेको छ । मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो । विषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वारबाट प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्डमा खटिएको टोली र राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उनीहरुको घरबाट उक्त सामान बरामद गरेको हो । पोखरेलको घरबाट…
मेचीनगर । काँकरभिट्टा नाकामा कार्यरत नव अभियान नेपालले भारतको कलकताबाट २ महिनादेखि अभिभावकसँग सम्पर्कविहीन रहेका भारतबाट एक जना बालकको उद्धार गरेको छ । बिराटनगर हाटखोला कटहरी ३ मामा मोहम्मद जिब्राइलको घरमा बस्दै आएका १४ बर्षीय समिम साफीलाई भारतको कलकता स्थित फेला पारेका थिए । उनलाई भारतमा भेटेपछि राजदूताबास र नव अभियान नेपाल शाखा काँकरभिट्टाको पहलमा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहजीकरणमा उद्धारगरी आज मंगलबार नेपाल ल्याएर अभिभावकसंग पुनर्मिलन गराउन सफल भएको नव अभियानका क्षेत्रिय संयोजक इन्द्रबहादुर बस्नेतले नयाँ तृष्णा अनलाइनलाई जानकारी दिएका थिए । महिला बालबालिका तथा जेष्ठ नागरिक कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक मिलन राई, भरतीय दूताबास सतिस थापाको…
झापा । नेपाल राष्ट्रिय शिक्षक संगठन झापा अध्यक्षमा लम्बोदर पौडेल सर्वसम्मत चयन भएका छन् । गत फागुन २४ गते बिर्तामोडमा सम्पन्न १४ औं अधिवेशनमार्फत नयाँ कार्यसमिति चयनका लागि प्रक्रिया सुरु भएको थियो । अधिवेशनका दिन अध्यक्षलगायत कोषाध्यक्षबाहेकका पदमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । जसमा अध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष पुण्य सुवेदी तथा निवर्तमान सचिव पौडेलको उम्मेदवार परेको थियो । एकभन्दा बढीको उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयनका लागि संगठन नेतृत्वले पहल गरेको थियो । जसका लागि राष्ट्रिय समिति सदस्य बुद्धिमान कार्कीको संयोजकत्वमा ५ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरिएको थियो । मण्डलमा पूर्व राष्ट्रिय समिति सदस्य नारायणप्रसाद गौतम, प्रदेश उपाध्यक्ष…
तरुण राई, मेचीनगर । `हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज सरसफाइ कार्यक्रम गरी पानी दिवस मनाएकाे छ । धुलाबारी। एक्का नेपाल र वार्ड कार्यालयको सहयोगमा 'परिवर्तनका लागी यूवा' समुहद्धारा मेचीनगर नगरपालिका -१०, धुलाबारी अवस्थित बुद्ध विकास टोलमा रहेको हट बजार क्षेत्र र टिमाई नदीको सरसफाइ सहित ‘हिमनदी संरक्षण’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेर 'विश्व पानी दिवस २०२५' सम्पन्न भएको छ। 'परिवर्तनका लागी यूवा'का काउन्सेलर सरिता घिमिरेले पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको जानकारी गराउनको…
बिर्तामोड । झापाको बिर्तामोड ३ स्थित रहेको बिराटपोखरी सरोवर बहुद्देश्यीय बिकास समितिको आठौ बार्षिक साधारण सभा सम्पन्न भएकोछ । आज विश्व हिन्दू महासंघ को भवनमा भएको बार्षिक साधारण सभाका प्रमुख अतिथि बिर्तामोड ३ का अध्यक्ष मदन बुढाथोकीले ब्यानर बाचन गरेर उद्घाटन गरेका थिए । संस्थाका अध्य्क्ष ईन्द्र प्रसाईंले आर्थिक बर्ष ०८०/ ०८१ को प्रगति बिबरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत मन्तब्या अर्जुन उप्रेतीले गरेका थिए । प्रमुख अतिथि बुढाथोकीले संस्थालाई उन्नती र प्रगति तर्फ लान सबैको उत्तिकै भुमिका रहन्छ भन्दै संस्थाका लागि आफू निरन्तर लागीपरेको र आर्थिक पाटो का स्रोतहरु खोजिरहेको बताउनु भयो । आठौ बार्षिक साधारण…
झापा । भारतमा रहेको एक कम्पनीमा काम लगाइदिने भनी दार्चुलाका २० बर्षीय सिंहठगुन्ना आफूलाई पढाउने शिक्षकबाट २ लाख ठगीएको छ । भारतको सिलगुडी स्थित ग्लामाजोन लाइफस्टाईल नामक कम्पनीमा काम लगाइदिने बहनामा नेपालको बैतडी जिल्ला घर भएको शिक्षक भानसिहं धामीले काम लगाईदिने भनी ठगेको हो । बृद्धाअबश्थामा धेरै दुख गरेर आमाले जोह गरेको सुन बेचेको १ लाख र ऋण खोजेर १ लाखगरि जम्मा २ लाख छोराले राम्रो काम पाएछ भनी पठाइ दिनुभएको रकम स्वाहा भएको पीडित बताउँछन् । पीडितको अनुसार आफूले ४ जना युवालाई लगेर उनीहरुबाट दुइ–दुई लाख कम्पनीलाई बुझाएमात्र कमिसन बापद अठाइस हजार आठसय पाउने भएपछि आफूले मान्छे ल्याउन नसकेपछि…
७ चैत्र , काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरू हुँदै छ । आजबाट १९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा ११ हजार २ सय १६ विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् । गत वर्ष ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थी सहभागी भएकोमा यस वर्ष परीक्षार्थीको संख्यामा ४९ हजार २ सय ८६ ले वृद्धि भएको हो । त्यसमा प्राविधिक धारतर्फका १६ हजार ९ सय ४७ विद्यार्थी छन् । सबैभन्दा बढी काठमाडौंमा ३९ हजार ६ सय र कम मनाङमा ४३ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । तथ्याङ्कअनुसार परीक्षामा २ लाख ५७ हजार ७ सय ३०…
काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसँगै चर्च व्वाइजले झापा कप पछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा…