Skip to main content

नयाँ तृष्णा

सरसफाइ कार्यक्रम गरी पानी दिवस मनायाे

Advertisement

 

तरुण राई,

मेचीनगर । `हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज सरसफाइ कार्यक्रम गरी पानी दिवस मनाएकाे छ ।

धुलाबारी। एक्का नेपाल र वार्ड कार्यालयको सहयोगमा ‘परिवर्तनका लागी यूवा’ समुहद्धारा मेचीनगर नगरपालिका -१०, धुलाबारी अवस्थित बुद्ध विकास टोलमा रहेको हट बजार क्षेत्र र टिमाई नदीको सरसफाइ सहित ‘हिमनदी संरक्षण’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेर ‘विश्व पानी दिवस २०२५’ सम्पन्न भएको छ।

‘परिवर्तनका लागी यूवा’का काउन्सेलर सरिता घिमिरेले पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको जानकारी गराउनको साथै बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको अवस्था रहेको जानकारी दिनुभयो।

परिवर्तनका लागि युवा समुह र बुद्ध विकास टोलको अगुवाइमा टोलमा अवस्थित हट बजार क्षेत्र र टमाई नदीको सरसफाइ गरी काउन्सेलर प्रियंका दनुवारद्धारा ‘हात धुने बिधि’द्धारा हात धुन प्रयोगत्मक रुपले सिकाउनु भयो।

बुद्ध विकास टोलका सचिव हिरा आचार्य ज्यूले पानी दिवसले हामीलाई पानीको महत्व र यसको संरक्षणबारे सम्झाउँने गर्ने गरेको र हिमनदीहरु प्रकृतिको अमूल्य उपहार हुनुको साथै हाम्राे नदी, नाला र खोलाहरुका मुख्य स्रोत भएको जसले खेती, पेयजल, उर्जा उत्पादन र जीवनको हरेक पक्षलाई सञ्चालन गर्ने गरेको बताउनु भयो तर आज जलवायु परिवर्तनको प्रकोपले गर्दा यी हिमनखण्डहरु पग्लँदै गरेको जसले गर्दा नदीहरुको प्रवाहमा असर पारेको छ, पानीको अभाव बढेको छ, र प्राकृतिक प्रकोपहरू जस्तै बाढी र खडेरीको खतरा बढेको बारे जानकारी गराउनु साथै यस बारे चेतना हुनुपर्नेमा जोड दिनुभयो ।

टियर फण्डका प्रतिनिधि शाउल सुनुवारले पानी जीवनको आधार हो र यो प्रकृतिद्वारा दिइएको अमूल्य उपहार हो जसले सम्पूर्ण जीवनलाई पोषण गर्दछ तर आज विश्वभर शुद्ध र सुरक्षित पानीको अभावले धेरै समस्याहरू उत्पन्न भएको र खोला, नदी, नाला र ताल जस्तो पानीको मुख्य स्रोतनै प्रदुषण भईरहेकोले शुद्ध पानीको महत्व र अशुद्ध पानीको खतराको बारेमा चेतना फैलाउनुको साथै पानीमा लगानी गर्न आग्रह गर्नुभयो।

परिवर्तनका लागि युवा समुहद्धारा सरसफाइ अभियानलाई सहयोग गर्न ४ थान झाडु र तीन थान ठूलो ‘डसविन’ बुद्ध विकास टोललाई प्रदान गरियो। काउन्सेलर चाँदनी अन्सारीले संचालन गर्नु भएको सो कार्यक्रम सयोजक काउन्सेलर प्रियंका दनुवारको सभापतिमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...
कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

  काठमाडौं । कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती ...
बालबालिकामाथि यौन हिंसाविरुद्ध  सरोकारवालासँग अन्तरक्रिया

बालबालिकामाथि यौन हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया

  काँकरभिट्टा। बालबालिकामाथि हुने यौनजन्य हिंसाको रोकथाम, बाल संरक्षण तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्...
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

  १४ साउन, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष क...