Skip to main content

नयाँ तृष्णा

नव अभियान नेपालद्धारा एक बालक अभिभावकसंग पुनर्मिलन

Advertisement

मेचीनगर । काँकरभिट्टा नाकामा कार्यरत नव अभियान नेपालले भारतको कलकताबाट २ महिनादेखि अभिभावकसँग सम्पर्कविहीन रहेका भारतबाट एक जना बालकको उद्धार गरेको छ ।

बिराटनगर हाटखोला कटहरी ३ मामा मोहम्मद जिब्राइलको घरमा बस्दै आएका १४ बर्षीय समिम साफीलाई भारतको कलकता स्थित फेला पारेका थिए ।

उनलाई भारतमा भेटेपछि राजदूताबास र नव अभियान नेपाल शाखा काँकरभिट्टाको पहलमा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहजीकरणमा उद्धारगरी आज मंगलबार नेपाल ल्याएर अभिभावकसंग पुनर्मिलन गराउन सफल भएको नव अभियानका क्षेत्रिय संयोजक इन्द्रबहादुर बस्नेतले नयाँ तृष्णा अनलाइनलाई जानकारी दिएका थिए ।

महिला बालबालिका तथा जेष्ठ नागरिक कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक मिलन राई, भरतीय दूताबास सतिस थापाको उपस्थितिमा बालकको बुवा डोमा साफी र मामा मोहम्मद जिब्राइललाई पुनर्मिलन गराउन सफल भएको नव अभियानका सिनियर कर्मचारी अनिता गुरागाइले बताइन् ।

अभिभावक डोमा साफीले आफ्नो छोरा माघ १६ गते बेलुका ७ बजेबाट बेपत्ता भएपछि चौधवटा नाकामा फोटोटाँसी मखोजतलास गरिदिन सरोकारवालालाई जानकारी गराएतापनि आज काँकरभिट्टा नाकाबाट २ महिनापछि पुनर्मिलन गराउनुभएकोमा नव अभियन नेपाल, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र भारतीय दूताबासलाई मानव सेवाको लागि धन्यबाद दिएका थिए ।

दूताबासको अनुसार कलकतामा पुलमाथि अलपत्र परेको अवस्थामा भारतीय प्रहरीले भेटी सुभियम होम कलकतामा राखेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...
कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

  काठमाडौं । कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती ...
बालबालिकामाथि यौन हिंसाविरुद्ध  सरोकारवालासँग अन्तरक्रिया

बालबालिकामाथि यौन हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया

  काँकरभिट्टा। बालबालिकामाथि हुने यौनजन्य हिंसाको रोकथाम, बाल संरक्षण तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्...
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

  १४ साउन, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष क...