Skip to main content

नयाँ तृष्णा

भारतीय कम्पनीको नाममा ठगी धन्दा, आफूलाई पढाउने शिक्षकद्वारा लाखौं ठगीए

Advertisement

झापा । भारतमा रहेको एक कम्पनीमा काम लगाइदिने भनी दार्चुलाका २० बर्षीय सिंहठगुन्ना आफूलाई पढाउने शिक्षकबाट २ लाख ठगीएको छ ।

भारतको सिलगुडी स्थित ग्लामाजोन लाइफस्टाईल नामक कम्पनीमा काम लगाइदिने बहनामा नेपालको बैतडी जिल्ला घर भएको शिक्षक भानसिहं धामीले काम लगाईदिने भनी ठगेको हो ।

बृद्धाअबश्थामा धेरै दुख गरेर आमाले जोह गरेको सुन बेचेको १ लाख र ऋण खोजेर १ लाखगरि जम्मा २ लाख छोराले राम्रो काम पाएछ भनी पठाइ दिनुभएको रकम स्वाहा भएको पीडित बताउँछन् ।

पीडितको अनुसार आफूले ४ जना युवालाई लगेर उनीहरुबाट दुइ–दुई लाख कम्पनीलाई बुझाएमात्र कमिसन बापद अठाइस हजार आठसय पाउने भएपछि आफूले मान्छे ल्याउन नसकेपछि कोठाभाडा र खान–बस्न समस्या पर्न गएपछि त्यहाँबाट भाग्न बाध्यभएको बताउँछन् ।

त्यस कम्पनीमा एक सय पचास जना भन्दाबढी नेपालबाट रोजगारका लागि युवाहरु गएर अलपत्र रहेको छ । यो कम्पनी लिगल पनि होइन, इलिगल भएकाले भारतीय युवाहरुभने लान नपाउने तर नेपाली युवाहरुले भने ठूलो संख्यामा लाखौं–लाख डुबाउन पुगेको छ ।

त्यहाँ भिआइपी मानिसहरु आएर तालिम दिएर बौलाहा जस्तो बनाउँछ र ठूलो–ठूलो सपना देखाउँछ ।

यो ग्लामाजोन लाइफस्टाईल कम्पनी पहिले इम्पोरियम मार्केटिङ भनेर चिनिन्थ्यो तर धेरै नेपाली यूवाहरु फसिसकेपछि नाम परिवर्तन गरेको पीडित बताउँछन् । यसरी नेपालमा ठगको गिरोह लागेर पूर्वदेखि पश्चिमसम्मका धेरै कम्पनीको शिकार भइसकेको छ ।

यसरी नेपालमा ठगको गिरोह लागेर पूर्वदेखि पश्चिमसम्मका धेरै कम्पनीको शिकार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...