नयाँ तृष्णा

झापाको मेचीनगरबाट एक करोड बराबरको अवैध सामान बरामद

Advertisement

१२ चैत,

मेचीनगर । झापाको मेचीनगर –६ बाट आज दिउँसो सशस्त्र प्रहरीले करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरेको छ । मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

विषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वारबाट प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्डमा खटिएको टोली र राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उनीहरुको घरबाट उक्त सामान बरामद गरेको हो ।

पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा गरी सामान बरामद गरिएको उहाँले बताउनुभयो । बरामद सामान आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय इटहरी लैजाने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...