नयाँ तृष्णा

आजदेखि एसइई शुरू, असार ७ मा परीक्षाफल

Advertisement

काठमाडौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरू हुँदै छ । आजबाट १९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा ११ हजार २ सय १६ विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् ।

गत वर्ष ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थी सहभागी भएकोमा यस वर्ष परीक्षार्थीको संख्यामा ४९ हजार २ सय ८६ ले वृद्धि भएको हो । त्यसमा प्राविधिक धारतर्फका १६ हजार ९ सय ४७ विद्यार्थी छन् ।

सबैभन्दा बढी काठमाडौंमा ३९ हजार ६ सय र कम मनाङमा ४३ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । तथ्याङ्कअनुसार परीक्षामा २ लाख ५७ हजार ७ सय ३० छात्रा र २ लाख ५६ हजार ७ सय ११ छात्र सहभागी हुनेछन् । परीक्षामा देशभर २ हजार ७९ र जापानमा १ गरी ८० परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

त्यसै गरी बालसुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरिएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले काठमाडौं र दैलेखका दुई कारागार र भक्तपुरको बाल सुधारगृहबाट परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । जापानको एभरेस्ट स्कुलमा पनि एउटा केन्द्र कायम गरेको छ । सो केन्द्रमा २९ जना परीक्षार्थी छन् । यो वर्ष कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनका ४ जनाले परीक्षा दिनेछन् ।

परीक्षामा १ सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको छ भने २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक र कार्यालय सहयोगी र सुरक्षाकर्मीसहित ७७ हजार ८ सय १६ कर्मचारी खटिनेछन् भने ३० हजार सुरक्षाकर्मी परिचालित छन् ।

परीक्षा नियन्त्रण कार्यालयले असार ७ मा परीक्षाफल प्रकाशित गर्ने गरी कार्यतालिका बनाएको जनाएको छ ।
परीक्षा नियन्त्रक पौडेलले परीक्षालाई मर्यादित र व्यवस्थित गर्न सुरक्षा निकाय, प्रदेश सरकार, प्रदेश शिक्षा निर्देशनालय र स्थानीय निकायसँग समन्वय गरिसकेको जानकारी दिनुभयो ।

उहाँले परीक्षामा जिल्ला शिक्षा समन्वय इकाइ र प्रदेश परीक्षा समितिले तोकेका सीमित कर्मचारीबाहेक अन्यलाई परीक्षा हलमा प्रवेशमा रोक लगाएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘दुई निकायले तोकेका बाहेक बाँकी सबैजना पर्यवेक्षक रहनेछन् ।’

परीक्षामा मोबाइल, डिजिटल घडी, किताब, गाईड, गेसपेपर बर्जित गरिएको छ । बोर्डले ७७ वटै जिल्ला शिक्षा समन्वय इकाइलाई पत्राचार गरी आचार संहितालाई कडाइका साथ पालना गराउन निर्देशन दिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

भोलि ८ गते अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुनेछ । १० गते अनिवार्य गणित र १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुनेछ ।

यस वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन र प्रमाणीकरण हुनेछ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । २०८० सालको एसईईमा ४८ प्रतिशतमात्रै उत्तीर्ण भएका थिए ।

साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ । परीक्षामा साधारणतर्फ ६ र प्राविधिक धारतर्फ ६ अनिवार्य विषय छन् । बोर्डले प्रायः सबै विषयमा दुई सेट प्रश्नपत्र छापेर ढुवानी गरिसकेको छ । शान्ति सुरक्षाका लागि गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिने निर्णय भएको छ ।

दुई घेराको सुरक्षा व्यवस्थामा परीक्षाको बाहिरी घेरामा सशस्त्र र भित्री घेरामा सशस्त्र प्रहरी बल खटिनेछ । परीक्षामा कुनै समस्या आए राष्ट्रिय परीक्षा बोर्डले समन्वय गर्ने उल्लेख छ ।

उता, राष्ट्रिय परीक्षा बोर्डले हिजो बुधबार विज्ञप्ति जारी गरी विद्यार्थीलाई भयरहित वातावरणमा परीक्षा दिन पाउने व्यवस्या गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरको छ । उहाँले सबै विद्यार्थीलाई भयरहित उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

५ बैशाख, झापा । झापाकाे  मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सञ्चालन भएको तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुट...
नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअ...
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइ...