नयाँ तृष्णा

झापामा नेपाल प्रहरीका सई मृत भेटिए

झापामा नेपाल प्रहरीका सई मृत भेटिए

झापामा नेपाल प्रहरीका सई मृत भेटिए

४ फाल्गुन. झापा । नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) झापामा मृत भेटिएका छन‍्। आइतबार बिहान भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाको अनुसार तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्‍याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका बताइएको छ । मृतक खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका-४ घर भई मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका थिए । उनको मृत्यु कतिबेला भएको भन्ने नखुलेकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाइ घटनाको थप अनुसन्धान गरिरहेकाे छ ।
Read More
अन्तर बिद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिसलाई

अन्तर बिद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिसलाई

मेचीनगर । अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिस इङ्लिस सेकेण्डरी स्कुलले जितेको छ । आज मेचीनगर ३ बडाखाल विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगिताको उपाधि थेसिस इङ्लिस स्कुलले जितेको हो । पुर्वाञ्चल इङ्लिस स्कुल मेचीनगर २ भृकुटीलाई ४–० गोल गर्दै थेसिसले उपाधि जितेको हो । एक दिवसिय प्रतियोगितामा दुर्गा आवसिय मावि धाईजन, बालबाटिका ईङलिस सेकण्डरी स्कुल चारआली, झापा नेशनल स्कुल ईटाभट्टा, दोकानडाँडा ईङलिस सेकण्डरी स्कुल, आयोजक विद्यालय थेसिस ईङलिस सेकण्डरी स्कुल , पुर्वाञ्चल ईङलिस स्कुल भृकुटी र ओसियानिक निवार्णा ईङलिस सेकण्डरी स्कुलका बिच प्रतियोगिता सम्पन्न भएको थियो । थेसिस इङ्लिस सेकेण्डरी स्कुल मेचीनगर ३ ले आयोजना गरेको प्रतियोगिताको म्यान अफ द…
Read More
कोशी प्रदेशसभा सचिव पराजुलीलाई ६ वर्ष कैद

कोशी प्रदेशसभा सचिव पराजुलीलाई ६ वर्ष कैद

१ फागुन, विराटनगर  । कोशी प्रदेस सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई ६ वर्ष कैदको फैसला भएको छ। सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेशसभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ। बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै सबैलाई कसुरदार ठहर गरेको हो। पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ। उनले काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ। यसैगरी एमाले नेता निर्मल कुइँकेललाई पनि ६ वर्ष कैद तथा…
Read More
मेचीनगरमा जरा अभियान : राष्ट्रिय अपाङ्गकाे प्रथम अधिवेशन

मेचीनगरमा जरा अभियान : राष्ट्रिय अपाङ्गकाे प्रथम अधिवेशन

२७ माघ, मेचीनगर । मेचीनगरमा तीन महिने जरा अभियान अन्तरगत नेकपा एमालेकाे जनवर्गीय संगठन राष्ट्रिय अपाङ्ग संगठन नेपालकाे प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार काँकरभिट्टा स्थित एमाले नगर तथा क्षेत्रीय  पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले लक्ष्मीप्रसाद कडरियाकाे नेतृत्वमा ११ सदस्यीय राष्ट्रिय अपाङ्गकाे प्रथम नगर कमिटी गठन भएको हाे । कमिटीकाे उपाध्यक्षमा हरि पाेखरेल, सचिवमा करूणा पाेखरेल, सहसचिवमा डिल्लीप्रसाद पाैडेल र काेषाध्यक्षमा शुशिला गाैतम सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा पवित्रा दर्लामी, पाेरेन धिमाल, ईन्दिरा गाैतम, मञ्जिला तामाङ, सेवक तामाङ र चन्द्रकुमार ढुंगेल रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अपाङ्ग संगठन नेपालका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज …
Read More
काँकरभिट्टामा  ‘मेचीनगर गोल्डकप’ फागुन २१ देखि

काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’ फागुन २१ देखि

२६ माघ, मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’ हुने भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी फागुन २१ गतेदेखि २८ गतेसम्म पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो । यसअघि चौँथो ‘मेचीनगर गोल्डकप’ २०७५ मा भएको थियो । त्यसपछि कोभिड–१९ र अन्य कारणले रोकिएको उक्त गोल्डकप ६ वर्षपछि हुने भएको आयोजकले जनाएको छ । गोल्डकप काँकरभिट्टा माविको खेल मैदानमा हुने छ । गोल्डकपको संरक्षकका रुपमा मेचीनगर नगरपालिका रहनेछ । उक्त प्रतियोगिता गर्न नगरपालिकाले २५ लाख सहयोग गर्ने भएको छ । आज काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर खेलकुद विकास समितिका उपाध्यक्ष…
Read More
अमेरिकाको अलास्कामा १० जना बोकेको विमान बेपत्ता

अमेरिकाको अलास्कामा १० जना बोकेको विमान बेपत्ता

२५ माघ २०८१, शुक्रबार, एजेन्सी। अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा १० यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ। विमान दुर्घटना भएको आशंका गरिएको छ। अलास्का राज्य प्रहरीका अनुसार, नौ यात्रु र एक पाइलट सवार बेरिङ एयर क्याराभान स्थानीय समयानुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो। यी दुई सहर नोर्टन साउन्डमा एकार्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर)को दूरीमा अवस्थित छन्। खोजी तथा उद्धारकर्ताले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन्। हराएको उक्त विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो। गएको जनवरी ३० मा राजधानी वासिङटनमा अमेरिकी सेनाको…
Read More
रविलाई हिरासतमा राख्न चितवन अदालतको आदेश

रविलाई हिरासतमा राख्न चितवन अदालतको आदेश

२३ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ। साहारा बचत सहकारीको थुनछेक बहस नसकिएको भन्दै उनलाई हिरासतमा पठाइएको हो। चितवन जिल्ला अदालतमा बहस नसकिएपछि भोलि पुनः बहस हुनेछ। यसका लागि लामिछानेले भोलि बिहान अदालत उपस्थित हुनुपर्नेछ। चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणका प्रतिवादी लामिछाने आज बिहान अदालत उपस्थित भएका थिए। आजै उनको बयान सकिएलगत्तै थुनछेक बहस सुरू भएको हो। लामिछानेको करिब ४ घण्टा लामो बयान लिइएको थियो। लामिछानेविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बहस भइरहेको हो। आज सरकारी वकिलहरूले बहस गरेका थिए। थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने…
Read More
अमेरिकामा एक करोड एक लाख अवैध आप्रवासी, २०५ भारतीयलाई पठायो फिर्ता

अमेरिकामा एक करोड एक लाख अवैध आप्रवासी, २०५ भारतीयलाई पठायो फिर्ता

२२ माघ २०८१, मंगलवार, नयाँ दिल्ली । अमेरिका आएका २०५ अवैध आप्रवासीलाई भारत फिर्ता पठाइने भएको छ । सबै २०५ भारतीयहरु अमेरिकाको सैन्य विमान सि–१७ विमान मार्फत भारत फर्कदैछन् । यी सबै २०५ जनालाई पहिचान गरेपछि मात्रै देश निकाला गरिएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । जानकारी अनुसार, विमान अमृतसरमा अवतरण गर्न गइरहेको छ। अमेरिकी दूतावासका प्रवक्ताले यस घटनाले अमेरिकाले गैरकानुनी आप्रवासनमा कुनै जोखिम नलिने स्पष्ट सन्देश दिएको बताए । उनले भने, ‘भारतमा निर्वासन उडानको रिपोर्टमा मैले धेरै सोधपुछ प्राप्त गरेको छु। म तिनीहरूको सोधपुछको कुनै विवरण साझा गर्न सक्दिन, तर म रेकर्डमा साझा गर्न सक्छु कि अमेरिकाले आफ्नो सीमाको…
Read More
विपिनको रिहाइमा पहल गर्न राष्ट्रिय सभा अध्यक्षको आग्रह

विपिनको रिहाइमा पहल गर्न राष्ट्रिय सभा अध्यक्षको आग्रह

२१ माघ २०८१, सोमबार, काठमाडौं । इजरायलसँग युद्धविराम सम्झौता भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्दै गएको छ । सम्झौताको पहिलो चरणमा मुक्त गरिने भनिएका ३३ बन्दीको सूचीमा नेपाली युवा विपिन जोशीको नाम छैन । तर, उनलाई मुक्त गर्न सबै पक्षले पहल गरिरहेका छन् । यसबीच, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् । सोमबार शिष्टाचार भेटका लागि आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् । भेटमा उनले इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन पनि आग्रह…
Read More
भारतमा नेपाली चढेको स्कार्पियो दुर्घटना :  पाँच जनाको मृत्यु, ४  गम्भीर घाइते

भारतमा नेपाली चढेको स्कार्पियो दुर्घटना : पाँच जनाको मृत्यु, ४ गम्भीर घाइते

१९ माघ २०८१, शनिबार, काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुररहेको बताइएको छ। घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।  
Read More