Skip to main content

नयाँ तृष्णा

कोशी प्रदेशसभा सचिव पराजुलीलाई ६ वर्ष कैद

[adsforwp id="2511"]

१ फागुन,

विराटनगर  । कोशी प्रदेस सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई ६ वर्ष कैदको फैसला भएको छ।

सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेशसभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ।

बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै सबैलाई कसुरदार ठहर गरेको हो।

पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ। उनले काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ।

यसैगरी एमाले नेता निर्मल कुइँकेललाई पनि ६ वर्ष कैद तथा ८३ लाख ४१ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव सुशील नाहाटालाई समेत ६ वर्ष कैद र ९१ लाख ६३ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

२०७१ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो। तर अख्तियारको पुनरावेदनपछि सर्वोच्चले सो फैसला उल्ट्याएको हो। अदालतको फैसलासँगै हालै दोस्रो कार्यकालका लागि नियुक्त भएका पराजुली स्वतः पदमुक्त भएका छन्। थाहाखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न, राधाकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न, राधाकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

मेचनिगर । जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले राधाकृष्ण अधिकारीको अध्यक्षतामा नौ ...

पत्रकारमाथि धरपकड गर्नेमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्युज रुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीमाथि छानबिन गरी दो...
काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...