Skip to main content

नयाँ तृष्णा

कोशी प्रदेशसभा सचिव पराजुलीलाई ६ वर्ष कैद

Advertisement

१ फागुन,

विराटनगर  । कोशी प्रदेस सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई ६ वर्ष कैदको फैसला भएको छ।

सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेशसभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ।

बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै सबैलाई कसुरदार ठहर गरेको हो।

पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ। उनले काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ।

यसैगरी एमाले नेता निर्मल कुइँकेललाई पनि ६ वर्ष कैद तथा ८३ लाख ४१ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव सुशील नाहाटालाई समेत ६ वर्ष कैद र ९१ लाख ६३ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

२०७१ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो। तर अख्तियारको पुनरावेदनपछि सर्वोच्चले सो फैसला उल्ट्याएको हो। अदालतको फैसलासँगै हालै दोस्रो कार्यकालका लागि नियुक्त भएका पराजुली स्वतः पदमुक्त भएका छन्। थाहाखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...