नयाँ तृष्णा

मेचीनगरमा जरा अभियान : राष्ट्रिय अपाङ्गकाे प्रथम अधिवेशन

Advertisement

२७ माघ,

मेचीनगर । मेचीनगरमा तीन महिने जरा अभियान अन्तरगत नेकपा एमालेकाे जनवर्गीय संगठन राष्ट्रिय अपाङ्ग संगठन नेपालकाे प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार काँकरभिट्टा स्थित एमाले नगर तथा क्षेत्रीय  पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले लक्ष्मीप्रसाद कडरियाकाे नेतृत्वमा ११ सदस्यीय राष्ट्रिय अपाङ्गकाे प्रथम नगर कमिटी गठन भएको हाे ।

कमिटीकाे उपाध्यक्षमा हरि पाेखरेल, सचिवमा करूणा पाेखरेल, सहसचिवमा डिल्लीप्रसाद पाैडेल र काेषाध्यक्षमा शुशिला गाैतम सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा पवित्रा दर्लामी, पाेरेन धिमाल, ईन्दिरा गाैतम, मञ्जिला तामाङ, सेवक तामाङ र चन्द्रकुमार ढुंगेल रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अपाङ्ग संगठन नेपालका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज  सजना बराल, एमाले मेचीनगर अध्यक्ष राजु कार्की, सचिव सागर ओली लगायतले जरा अभियानलाई सशक्त बनाएर लैजान सबैलाई आग्रह गरेका थिए ।

पार्टीले सञ्चालन गरेकाे तीन महिने जरा अभियान अन्तरगत मेचीनगरमा जनवर्गीय संगठनहरूकाे भेला, वैठक, अधिवेशन लगायतका कामहरू धमाधम भइरहेकाे छ । राष्ट्रिय अपाङ्ग संगठन नेपालका अध्यक्ष राम बुढाथोकीकाे अध्यक्षतामा सम्पन्न अधिवेशनकाे स्वागत सानो कुमार लिम्वुले र सञ्चालन करुणा पोखरेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

  अभिनेता राजेश हमाल ले नेपालको सीमा विवादसम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ ...
शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

काठमाडौँ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नह...
कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

  झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । हराएक...
सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

  काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका ल...