नयाँ तृष्णा

झापामा नेपाल प्रहरीका सई मृत भेटिए

Advertisement

झापा ।

नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) झापामा मृत भेटिएका छन‍्। आइतबार बिहान भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाको अनुसार तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्‍याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका बताइएको छ ।

मृतक खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका-४ घर भई मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका थिए । उनको मृत्यु कतिबेला भएको भन्ने नखुलेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाइ घटनाको थप अनुसन्धान गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

  अभिनेता राजेश हमाल ले नेपालको सीमा विवादसम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ ...
शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

काठमाडौँ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नह...
कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

  झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । हराएक...
सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

  काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका ल...