Skip to main content

नयाँ तृष्णा

अन्तर बिद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिसलाई

Advertisement

मेचीनगर । अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिस इङ्लिस सेकेण्डरी स्कुलले जितेको छ । आज मेचीनगर ३ बडाखाल विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगिताको उपाधि थेसिस इङ्लिस स्कुलले जितेको हो । पुर्वाञ्चल इङ्लिस स्कुल मेचीनगर २ भृकुटीलाई ४–० गोल गर्दै थेसिसले उपाधि जितेको हो ।

एक दिवसिय प्रतियोगितामा दुर्गा आवसिय मावि धाईजन, बालबाटिका ईङलिस सेकण्डरी स्कुल चारआली, झापा नेशनल स्कुल ईटाभट्टा, दोकानडाँडा ईङलिस सेकण्डरी स्कुल, आयोजक विद्यालय थेसिस ईङलिस सेकण्डरी स्कुल , पुर्वाञ्चल ईङलिस स्कुल भृकुटी र ओसियानिक निवार्णा ईङलिस सेकण्डरी स्कुलका बिच प्रतियोगिता सम्पन्न भएको थियो ।

थेसिस इङ्लिस सेकेण्डरी स्कुल मेचीनगर ३ ले आयोजना गरेको प्रतियोगिताको म्यान अफ द म्याच सुधा राईले हासिल गर्न सफल भइन् । आयोजक टिमकै मनिका मेचेले ‘मोस्ट भ्यालुएवल प्लेयर’को उपाधी हाँसिल गर्न सफल भईन भने वेस्ट गोल किपरको उपाधी पुर्वाञ्चलको छात्रा विनिसा कार्कीले प्राप्त गरिन् ।

छात्रा खेलाडी सशक्तिकरण, पहिचान र उत्पादन गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको खेलमा प्रत्येक पटकको खेलमा म्यान अफ द म्याच, बेस्ट मिड फिल्डर, बेस्ट स्ट्राईकर , बेस्ट डिफेन्डर , रेईजिङ प्लेयर, फेयर प्लेयर र वेस्ट गोल किपर पहिचान गरि व्राउन्ज मेडलको उपाधीले पुरस्कृत गरिएको थियो ।

गत बर्ष प्याव्सन मेचीनगरले प्रारम्भ गरेको छात्रा फुटबल प्रतियोगिताकै निरन्तरताको रूपमा आयोजना गरिएको खेलमा बिद्यार्थीहरू खुसि भएका थिए । थेसिस ईङलिस सेकण्डरी स्कुलका संस्थापक प्रिन्सिपल डम्बर रूचालको अध्यक्षता र प्याव्सन झापा जिल्ला कार्यसमिति सदस्य भोजवहादुर कार्कीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बालबाटिका स्कुलका संस्थापक प्रिन्सिपल बिजय भट्टराई, झापा नेशनल स्कुलका संस्थापक प्रिन्सिपल कमल भेट्वाल, ओसियानिक स्कुलका संस्थापक प्रिन्सिपल पदम रूचाल, दोकानडाँडा स्कुलका संस्थापक प्रिन्सिपल नेत्र प्रसाद खतिवडा र पुर्वाञ्चल स्कुलका प्रिन्सिपल लिलामणी राईको उपस्थिति थियो ।

कार्यक्रमको संयोजन शिक्षक तथा खेलाडी बर्देश मेचेले गरेका थिए भने, कार्यक्रमको सञ्चालन कोच एक्सिस रूचालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...