नयाँ तृष्णा

काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’ फागुन २१ देखि

Advertisement

मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’ हुने भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी फागुन २१ गतेदेखि २८ गतेसम्म पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो ।

यसअघि चौँथो ‘मेचीनगर गोल्डकप’ २०७५ मा भएको थियो । त्यसपछि कोभिड–१९ र अन्य कारणले रोकिएको उक्त गोल्डकप ६ वर्षपछि हुने भएको आयोजकले जनाएको छ ।

गोल्डकप काँकरभिट्टा माविको खेल मैदानमा हुने छ । गोल्डकपको संरक्षकका रुपमा मेचीनगर नगरपालिका रहनेछ । उक्त प्रतियोगिता गर्न नगरपालिकाले २५ लाख सहयोग गर्ने भएको छ ।

आज काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझाले उक्त रकमको घोषणा गरेका हुन् । प्रतियोगिता सम्पन्न गर्नका अनुमानित रकम ७८ लाख ५८ हजार १०० लाग्ने आयोजकको भनाई छ ।

प्रतियोगितामा काठमाडौँको ए डिभिजन क्लबका ४ वटा टिम, आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, मोफसलका ए डिभिजन क्लब, विदेशी २ वटा गरी जम्मा ८ वटा टिमको सहभागिता रहने छ ।

प्रतियोगिताका विजेतालाई  १० लाख र उपविजेतालाई ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र रहेकाे छ ।

यसैबीच गोल्डकप सफल पार्न कोशी प्रदेश सभाका पूर्व सांसद श्रीप्रसाद मैनालीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, पूर्व सांसद मैनाली, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की, नेपाली कांग्रेस नगर सभापति सुदय पनेरु, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षद्वय शंकर थापा, चन्द्र प्रसाई, पत्रकार सचन सुब्बा, देबु बानियाँ लगायतले सुझाव दिएका थिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष असोककुमार राईले र सञ्चालन महासचिव लाक्पा लामाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

५ बैशाख, झापा । झापाकाे  मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सञ्चालन भएको तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुट...
नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअ...
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइ...