Skip to main content

नयाँ तृष्णा

काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’ फागुन २१ देखि

[adsforwp id="2511"]

मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’ हुने भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी फागुन २१ गतेदेखि २८ गतेसम्म पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो ।

यसअघि चौँथो ‘मेचीनगर गोल्डकप’ २०७५ मा भएको थियो । त्यसपछि कोभिड–१९ र अन्य कारणले रोकिएको उक्त गोल्डकप ६ वर्षपछि हुने भएको आयोजकले जनाएको छ ।

गोल्डकप काँकरभिट्टा माविको खेल मैदानमा हुने छ । गोल्डकपको संरक्षकका रुपमा मेचीनगर नगरपालिका रहनेछ । उक्त प्रतियोगिता गर्न नगरपालिकाले २५ लाख सहयोग गर्ने भएको छ ।

आज काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझाले उक्त रकमको घोषणा गरेका हुन् । प्रतियोगिता सम्पन्न गर्नका अनुमानित रकम ७८ लाख ५८ हजार १०० लाग्ने आयोजकको भनाई छ ।

प्रतियोगितामा काठमाडौँको ए डिभिजन क्लबका ४ वटा टिम, आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, मोफसलका ए डिभिजन क्लब, विदेशी २ वटा गरी जम्मा ८ वटा टिमको सहभागिता रहने छ ।

प्रतियोगिताका विजेतालाई  १० लाख र उपविजेतालाई ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र रहेकाे छ ।

यसैबीच गोल्डकप सफल पार्न कोशी प्रदेश सभाका पूर्व सांसद श्रीप्रसाद मैनालीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, पूर्व सांसद मैनाली, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की, नेपाली कांग्रेस नगर सभापति सुदय पनेरु, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षद्वय शंकर थापा, चन्द्र प्रसाई, पत्रकार सचन सुब्बा, देबु बानियाँ लगायतले सुझाव दिएका थिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष असोककुमार राईले र सञ्चालन महासचिव लाक्पा लामाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...