असार १०, काठमाडौं । यस वर्ष गर्मी बढेसँगै लामखुट्टे वृद्धि भएको र डेंगुको संक्रमण पनि बढ्दै गइरहेको अवस्थामा मनसुन भित्रिएसँगै डेंगुको संक्रमणले बिकराल रूप लिने सम्भावना बढेर गएको छ। यसैलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेबाट जोगिन सबैलाई आह्वान गरेको छ। लामो समयसम्म वर्षा नभएको र एकैपटक विगतमा भन्दा बढी पानी पर्नसक्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेसँगै स्वास्थ्य मन्त्रालयले डेंगुले विकराल रूप लिनसक्ने जोखिम औंल्याएको हो । बढ्दो तापक्रम र मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्ने र सङ्क्रमितको संख्यासमेत बढ्नसक्ने मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । मन्त्रालयले सातै प्रदेश तथा सबै स्थानीय तहहरूमा वर्षात्को…
असार ९, काठमाडौँ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् । टेरामेक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामाको तयारी गरेका हुन् । शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्धा दायर गर्न अख्तियारको टोली विशेष अदालत पुगेको छ । आफूविरुद्ध मुद्धा दायर हुने भएपछि मुख्य सचिव अर्यालले राजीनामासहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले अर्याललाई आफ्नो स्वविवेकमा निर्णय गर्न भनेका थिए । अर्याल सञ्चार सचिव हुदा भएका यी…
असार ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई आइतबार यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन्। ‘आदिवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाज हो, पुर्ख्याैली जमिनलाई आस्थाको प्रतीक मान्दै आदिवासी जनजातिले प्राकृतिक स्रोतसाधनहरूको उपयोग मात्रै नभई आफ्नो मौलिक, परम्परागत ज्ञान र सीपको आधारमा प्रकृतिको संरक्षण, संवर्द्धन गरिरहेका छन्,’ उनले भने, ‘आदिवासी जनजातिको जनजीविकामा क्षति पुर्याउन हुन्न, उनीहरूको पुर्ख्याैली जमिन र प्राकृतिक स्रोतमा हुने हानिनोक्सानी, सामूहिक अधिकारको हनन हुनबाट जोगाउनुपर्छ ।’ संविधानले आदिवासी जनजातिलाई…
९ असार २०८१, आइबार , झापा । सिराहाका एक चर्चमा हिन्दू सम्राट सेनाका अराजक समुहले चर्चभित्र प्रवेशगरी तोडफोड गर्नुका साथै धर्मगुरु महेश्वर प्रसाद मुखियामाथि कुटपिटसमेत गरेका छन् । असार एक गते शनिबार आराधना संगति गरिरहेको अवस्थामा एकासी चर्चभित्र प्रवेशगरी धार्मिक हिंसात्मकपूर्ण आतंकित पार्दै आफ्ना आस्थामाथि साङघातिक आक्रमणको घोर निन्दा गर्दै नेपाली ख्रीष्टयन नागरिक संघले ध्यानाकर्षण गरेको छ। सिराहा नगरपालिका वार्ड नं १ मा रहेको सिराहा चर्चमा असार १ गतेका दिन सेवकाई गरिरहेको अवस्थामा चालिस पैतालिस जनाको समूहमा आएका हिन्दू सम्राट सेनाले पास्टर महेश्वर प्रसाद मुखियामाथि आक्रमण गरेको खबर आएपछि नेपाली ख्रीष्टियन नागरिक संघले स्थलगत निरीक्षणगरि पीडितहरुसंग भेटघाट गरेका छन् ।…
असार ७ , काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ। आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइकै क्रममा रहेको छ। यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो। इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो। महान्यायाधिवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोग पत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले…
असार ७, काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो । भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा अल आउट हुँदै १३४ रन मात्र बनाएपछि भारत ४७ रनले विजयी भएको हो। अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्वाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए। त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३…
असार ६, झापा । सिराहा चर्चभित्र प्रवेशगरी सेवा आराधनाकै क्रममा हिन्दू सम्राट सेनाद्धारा आक्रमण गरेको छ । सिराहा सदरमुकाममा रहेका सिराहा चर्चमा असार १ गतेका दिन सेवकाई गरिरहेको अवस्थामा चालिस पैतालिस जनाको समूहमा आएका हिन्दू सम्राट सेनाले पास्टर महेश्वर प्रसाद मुखियामाथि आक्रमण गरेका छन् । पास्टर मुखियाको अनुसार,–“चर्चमा संगती चलिरहेको अवस्थामा ११ बेजेर बीस मिनेट जाँदा अचानक ४० / ४५ जनाको समूहआएर बादबिवाद गर्न सुरुभयो । उनले भने, हामीलाई घेराबन्दिगरी अभद्र ब्यवहार गर्दै अरु बिश्वासीहरुलाई गालीगलौज गरे, मलाई पिटे र लात समेत हाने, मेरो बृद्धा आमाको दाँत भाँचि दिए र बहिनीहरुको मुख निचोडी दिए । चर्चका भौतिक सामाग्रीहरु तोडफोड गरे,…
असार ६ गते, सर्लाही । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको लु १ ख ८८४८ नम्बरको बस सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको लरी ट्रकसंग ठोक्किएर दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए |
असार ५, विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेपछि स्थगन भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५(४) बमोजिम आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयक माथि सभामा छलफल हुने बैठकको कार्यसूची थियो । निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको सभामा सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राप्रपाका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुख विष्टले आफ्ना कुरा राख्न आग्रह गरे । नेपाली कांग्रेसका गोपाल तामाङ र राप्रपाका सविना बजगाइँले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गरे। उनीहरुले रातो किताबमा उल्लेखित बजेट…
असार ५ , काठमाडौँ । थाइल्यान्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको छ । मंगलबार थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । कतिपय सांसदले भने त्यसबाट टाढै बसेका छन् । थाइल्यान्ड यस्तो गर्ने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ । अब यो विधेयक अनुमोदनका लागि राजा महा वजिरालोङकर्नलाई पठाइनेछ । उनीहरुको सहमति पाएपछि राजपत्रमा प्रकाशित गरी १२० दिनपछि लागू हुनेछ । रिपोर्टहरूका अनुसार, पहिलो कानुनी समलिङ्गी विवाह यस वर्षको अक्टोबरमा थाइल्यान्डमा हुनेछ । थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन…