Skip to main content

नयाँ तृष्णा

थाइल्यान्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता, राजाको स्वीकृतिपछि लागू हुने

Advertisement

असार ५ , काठमाडौँ । थाइल्यान्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको छ । मंगलबार थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो ।

यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । कतिपय सांसदले भने त्यसबाट टाढै बसेका छन् । थाइल्यान्ड यस्तो गर्ने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ ।

अब यो विधेयक अनुमोदनका लागि राजा महा वजिरालोङकर्नलाई पठाइनेछ । उनीहरुको सहमति पाएपछि राजपत्रमा प्रकाशित गरी १२० दिनपछि लागू हुनेछ । रिपोर्टहरूका अनुसार, पहिलो कानुनी समलिङ्गी विवाह यस वर्षको अक्टोबरमा थाइल्यान्डमा हुनेछ ।

थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् ।

यसअघि फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर, सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।

थाइल्यान्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ ।

एलजीबीटीक्यू समुदायले जुनको अन्त्यमा राजधानी बैंककमा ठूलो र्‍याली आयोजना गर्नेछ, जसमा थाई प्रधानमन्त्री श्रेष्था थाभिसिन पनि सहभागी हुनेछन् ।

थाइल्यान्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ । यसअघि ताइवान र नेपालले पनि यसलाई वैधानिकता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...