नयाँ तृष्णा

हिन्दू सम्राट सेनाद्धारा सिराहा चर्चका पास्टरमाथि आक्रमण, ज्यान मार्ने धम्कि (भिडियो सहित)

Advertisement

असार ६, झापा । सिराहा चर्चभित्र प्रवेशगरी सेवा आराधनाकै क्रममा हिन्दू सम्राट सेनाद्धारा आक्रमण गरेको छ । सिराहा सदरमुकाममा रहेका सिराहा चर्चमा असार १ गतेका दिन सेवकाई गरिरहेको अवस्थामा चालिस पैतालिस जनाको समूहमा आएका हिन्दू सम्राट सेनाले पास्टर महेश्वर प्रसाद मुखियामाथि आक्रमण गरेका छन् ।

पास्टर मुखियाको अनुसार,–“चर्चमा संगती चलिरहेको अवस्थामा ११ बेजेर बीस मिनेट जाँदा अचानक ४० / ४५ जनाको समूहआएर बादबिवाद गर्न सुरुभयो । उनले भने, हामीलाई घेराबन्दिगरी अभद्र ब्यवहार गर्दै अरु बिश्वासीहरुलाई गालीगलौज गरे, मलाई पिटे र लात समेत हाने, मेरो बृद्धा आमाको दाँत भाँचि दिए र बहिनीहरुको मुख निचोडी दिए ।

चर्चका भौतिक सामाग्रीहरु तोडफोड गरे, पुलपीट लात्तीले हाने, टेबलहरु पछारे, गितार फुटाई दिए र अबदेखि यहाँ तिमीहरु संगती गर्न नआउनु भन्दै धम्कि दिए ।

हिन्दू सम्राट सेनाहरु सिराहा, सर्लाही, रौतहटबाट आएको मुखियाको भनाइ थियो । मलाई कुटुनेको दाईले बर्षदिन अगाडिनै अब तीनबर्षसम्म मोजमस्ती गर, आफन्तलाई भेटघाट गर म आएपछि तेरो घाँटी रेटेर मार्नेछु तेरो येशूले कसरी बचाउने रहेछ म हेर्छु भन्दै नाम बिनाको नम्बरबाट फोन आएको थियो उनले भने ।

प्रहरीले दुबैतर्फलाई प्रहरी कार्यालयमा लगेर प्रहरीले उनीहरुलाई चर्चमा गएर आक्रमण गर्नुको कारण के हो ? भनेर सोध्दा मेरो भतिजोलाई ललाइफकाई ख्रीष्टियन बनाएको कारण बताए । तर आफूहरुले उनको भतिजोलाई ख्रीष्टियन नबनाएको यो
झुठो आरोप मात्र लगाएको पास्टर मुखियाको भनाई थियो ।

प्रहरी प्रशासनबाट खासै पीडितको पक्षमा नबोलेको र दुबैतर्फ मिल्नुपर्छ भनी साधारण तरिकाले मिलियो तर पनि संगति नगर्न उनीहरुको जिद्धि नै थियो । चर्चमा भेला भएर संगति गरेमा नराम्रो हुने चेतावती दिए ।
तसर्थ परमप्रभुको आराधना गर्दा ज्यानको धम्कि र चेतावनी आएकाले आफ्नो सुरक्षाको अपिल समेत सरकारसंग गरेका छन् ।

https://www.youtube.com/watch?v=JA1D7krWwGI

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

२ साउन, झापा । प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार...
मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्...
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

२ श्रावण, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारि...
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपर...