नयाँ तृष्णा

प्रमुख समाचार

प्रतिनिधि सभा सचिवमा सुरेश अधिकारी भए नियुक्त

प्रतिनिधि सभा सचिवमा सुरेश अधिकारी भए नियुक्त

असार १८ , काठमाडौं । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन्  । राष्ट्रिपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका छन् । “राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा ९१० बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Read More
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका विष्णुपादुकाका राई

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका विष्णुपादुकाका राई

रासस, असार १८ , धरान। शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाए । शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताए । ‘आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु…
Read More
कांग्रेस–एमाले सत्ता गठबन्धन चरम अवसरवाद : एकीकृत समाजवादी

कांग्रेस–एमाले सत्ता गठबन्धन चरम अवसरवाद : एकीकृत समाजवादी

असार १८ , काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता सहयात्राको सहमतिलाई चरम अवसरवाद भनेर टिप्पणी गरेको छ । पार्टीको दशौँ महाधिवेशन गरिरहेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनका निम्ति गरिएको नयाँ गठबन्धनलाई चरम अवसरवादको संज्ञा दिएका हुन्। सोमबार मध्यराति दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सत्तागठबन्धनका निम्ति सहमति गरेका थिए। त्यसपछि एकीकृत समाजवादीको यस्तो धारणा आएको हो। एकीकृत समाजवादी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्तागठबन्धनमा सहभागी छ। महाधिवेशनस्थल कमलादीबाट प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो। बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रब्युहमा…
Read More
एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

असार १८, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् । पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि…
Read More
रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला

रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला

काठमाडौँ। अदालतले रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला सुनाएको छ। जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचारको कसुरमा सोमबार यस्तो फैसला सुनाएको हो। न्यायाधीश जीवन कुमार भण्डारीकाे इजलासले पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला गरेकाे अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेकाे थियाे । आजकाे इजलासले पूर्ण फैसला गरेकाे हाे । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बम्जन हाल महाेत्तरी कारागार जलेश्वरमा छन् । सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ…
Read More
भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने ?

भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने ?

असार १७, भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करिब ३३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । अधिकांश रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यो पुल परिक्रमा गर्न सकिन्छ । रुटमा सबैभन्दा बढी खेतहरु देख्न सकिन्छ । खोला तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिर चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउछ । खेत रहेको स्थानहरुमा भने किसानहरुसंग मौसम अनुसारको तरकारी किन्न सकिन्छ । साउन ५ गतेको साइकल यात्रा साउनको पहिलो सनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट सुरु गरी यात्रा अगाडि बढाउन सकिन्छ । खोला किनारमा फोहर…
Read More
वरिष्ठ साहित्यकार रेग्मीलाई मस्तिष्कघात

वरिष्ठ साहित्यकार रेग्मीलाई मस्तिष्कघात

झापा, १६ असार । बरिष्ठ साहित्यकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ । आज विहान मस्तिष्कघात भएपछि उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको परिवारले जनाएको छ । भद्रपुर निवासी बरिष्ठ साहित्यकार रेग्मी झर्रो नेपाली आन्दोलनको एक अग्रज एवम् भाषाविद् हुन् । अस्पतालमा वेहोशी अवस्थामा उपचारमा रहेका रेग्मीलाई भेट्न झापाली साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको छ ।  
Read More
सिटौलाको ‘अनुभव र अनुभूति’ पुस्तक लोकार्पण

सिटौलाको ‘अनुभव र अनुभूति’ पुस्तक लोकार्पण

मेचीनगर, १६ असार । लेखक एवम् साहित्यकार रामचन्द्र उप्रेतीले नरेन्द्रप्रकाश सिटौलाले लेखेको पुस्तक ‘अनभुव र अनुभूति’ सामाजिक, आर्थिक र राजनीतिक परिवेश सुहाउँदो रहेको बताएका छन् । आज काँकरभिट्टा स्थित एनएमसीको मुख्य कार्यालयको सभाहलमा आयोजित सिटौलाद्वारा लिखित ‘अनभुव र अनुभूति’ पुस्तकको लोकार्पण गर्दै प्रमुख अतिथि उप्रेतीले यस्तो कुरा बताएका हुन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाका संस्थापक अध्यक्ष समेत रहेका उप्रेतीले हाम्रो गन्थनहरु सुन्न र पढ्न नागरिकहरुले छाडेकाले अब पुस्तक निकाल्ने कि ननिकाल्ने समस्या भएको बताए । कार्यक्रममा सुसेली साहित्यक परिवार मेचीनगरका अध्यक्ष पुन्यप्रसाद खरेलले लेखक सिटौलाको ७८ वर्षको अनूभव समेटिएको पुस्तक सुन्दर रहेको बताए । ‘उहिले मान्छे मर्दा दुई…
Read More
बम विस्फोट हुँदा १८जनाको मृत्यु, ४८ घाइते

बम विस्फोट हुँदा १८जनाको मृत्यु, ४८ घाइते

असार १६, एजेन्सी। नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना  घाइते भएका छन् । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताए । उनले भने, “पहिलो विस्फोट शनिबार दिउँसो ३ बजे विवाह समारोहमा भएको थियो । त्यसपछि दोस्रो विस्फोट जनरल अस्पताल ग्वोजामा भएको थियो भने तेस्रो विस्फोट अन्त्येष्टि समारोहमा भएको थियो ।” बोर्नो राज्य प्रहरी प्रवक्ता नाहुम केनेथ दासोका अनुसार ग्वोजामा भएको तिनवटा विस्फोटमध्ये एउटा पिठ्युँमा बच्चा बोकेकी एक महिलाले विवाह समारोहमा घरेलु विस्फोटक उपकरण (आइईडी) विस्फोट गराएकी हुन् । आत्मघाती आक्रमणकारीले सोही सहरको…
Read More
पत्रकार महासंघ रुपन्देहीमा युनियनको तालाबन्दी

पत्रकार महासंघ रुपन्देहीमा युनियनको तालाबन्दी

असार १५, रुपन्देही। नेपाल पत्रकार महासंघले सदस्यताको विवाद टुंगो  नलगाईकन महासंघ केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको विरुद्ध नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार रुपन्देहीमा ताला बन्दी गरिएको छ । महासंघ रुपन्देही शाखाको बुटवलमा रहेको कार्यालयमा युनियनका केन्द्रीय सदस्य विजय पोखरेल,रेखा भुसाल, प्रदेश कोषाध्यक्ष सीपी खनाल र जिल्ला नेतृत्वको अगुवाइमा ताला बन्दी गरिएको जिल्ला सचिव कपिल ज्ञवालीले बताए।
Read More