नयाँ तृष्णा

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका विष्णुपादुकाका राई

Advertisement

रासस,

असार १८ ,

धरान। शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् ।

१७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाए ।

शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताए । ‘आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु नपर्ने र स्वतन्त्ररुपमा काम गर्न पाइने भएकाले आम्दानी र आत्मसन्तुष्टि दुवै मिल्दो रहेछ’, उनले भने, ‘शिक्षण पेसामा लामो समय काम गर्दा पनि सोचेजस्तो कमाइ भएन । आम्दानी नै नभए पनि आत्मसन्तुष्टि पनि हुने कुरै थिएन ।’

राईको बाख्रा फार्ममा अहिले एक सय २६ बाख्रा, बोका, खसी र पाठापाठी छन् । त्यसमध्ये बोयर, जमुनापारि जातका माउ बाख्रासमेत छन् । उनले यहाँ उत्पादन गरेका खसी, बोका, बाख्रा धरान १३ मा रहेको धरान कृषि बजारमा लेगेर बिक्री गरिरहेका छन् ।

राई शिक्षण पेसामा रहेका बेला उनको परिवारले बाख्रापालन गर्दै आएको थियो । त्यसबेला करिब २० वटा मात्रै बाख्रा थिए । पछि शिक्षण पेसा छाडेर राईले त्यसैलाई व्यावसायिक रुप दिए ।

धरान उपमहानगरपालिकाले कृषि अनुदानबाट एउटा बीउ बाख्रा उपलब्ध गराएपछि त्यहीँबाट बाँकी बाख्रा उत्पादन गरेको राईले जानकारी दिए । ‘पहिले मेरो परिवारमा फूर्सदको समयलाई सदुपयोग गर्दै बाख्रापालन गर्ने गरिएको थियो, त्यसैलाई मैले व्यवसायिक रुप दिएको हुँ । नजिकै जङ्गल भएकाले धेरै सहज भएको छ । यसका साथै आफ्नो जग्गामा अम्म्रिसो खेती पनि गरिरहेको छु’, उनले भने ।

राईले अम्म्रिसो बेचेर पनि राम्रै आम्दानी हुने गरेको सुनाए । शिक्षण पेसा छाडेर कुनैबेला राईलाई विदेश जाने सोचसमेत नआएको होइन तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मनसायसहित सुरु गरेको व्यवसायबाट हालसम्म पछुताउनु परेको छैन ।

राई भन्छन्, ‘परिवारका सदस्यले पनि सहयोग गरिरहेका छन् । विशेषगरी श्रीमतीबाट राम्रो सहयोग पाएको छु । कुनैबेला विदेश जाने सोचसमेत नआएको होइन तर विदेश गएर दुःख गर्नु भन्दा आफ्नो देशमा केही गर्ने भनेर व्यवसाय सुरु गरेको थिए, अहिलेसम्म पछुताउनु परेको छैन । बरु परिवारसँगै बसेर राम्रो आम्दानी र त्योभन्दा बढी आत्मसन्तुष्टि मिलिरहेको छ ।’

  • रातोपाटीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै

१३ बैशाख २०८३, आईतवार, काठमाडौँ । योवर्षको कक्षा १२ को परीक्षा भोली सोमबारबाट सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्...
स्वार्थी सहरको एउटा कथा, “खाते”

स्वार्थी सहरको एउटा कथा, “खाते”

  – होमराज राई, ब्यस्त सहरका गल्ली–गल्ली र सडकहरूमा मौन पीडाहरू भौतारिरहेका हुन्छन्। कतै बिरक्तिएका मनहरू छन्, कतै रित्ति...
विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय

विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय

११ बैशाख २०८३, शुक्रबार, काठमाडौँ। सरकारले इजरायलमा अध्ययनका लागि गएर ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने भएको...
सुकुम्बासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्छौँ: प्रधानमन्त्री शाह

सुकुम्बासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्छौँ: प्रधानमन्त्री शाह

११ बैशाख २०८३, शुक्रबार, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरूलाई मान...