नयाँ तृष्णा

सिटौलाको ‘अनुभव र अनुभूति’ पुस्तक लोकार्पण

Advertisement

मेचीनगर, १६ असार । लेखक एवम् साहित्यकार रामचन्द्र उप्रेतीले नरेन्द्रप्रकाश सिटौलाले लेखेको पुस्तक ‘अनभुव र अनुभूति’ सामाजिक, आर्थिक र राजनीतिक परिवेश सुहाउँदो रहेको बताएका छन् ।

आज काँकरभिट्टा स्थित एनएमसीको मुख्य कार्यालयको सभाहलमा आयोजित सिटौलाद्वारा लिखित ‘अनभुव र अनुभूति’ पुस्तकको लोकार्पण गर्दै प्रमुख अतिथि उप्रेतीले यस्तो कुरा बताएका हुन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाका संस्थापक अध्यक्ष समेत रहेका उप्रेतीले हाम्रो गन्थनहरु सुन्न र पढ्न नागरिकहरुले छाडेकाले अब पुस्तक निकाल्ने कि ननिकाल्ने समस्या भएको बताए ।

कार्यक्रममा सुसेली साहित्यक परिवार मेचीनगरका अध्यक्ष पुन्यप्रसाद खरेलले लेखक सिटौलाको ७८ वर्षको अनूभव समेटिएको पुस्तक सुन्दर रहेको बताए ।

‘उहिले मान्छे मर्दा दुई महिना लगाएर धागोले बोनेको चिठ्ठी पठाउने स्थिति थियो’ खरेलले भने–‘प्रविधिले निक्कै फड्को मारेको छ । अब राँगा–गोरुले खेत जोत्दैनन् । परिवर्तन अनुसार चल्न सक्नु पर्छ । अहिलेको माग पनि त्यहि हो ।’

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, साहित्यकार भीम खवास, मेचीनगर–६ का वडा सदस्य ध्रुबकुमार राई, काफ्ले समाजका झापा अध्यक्ष प्रेमप्रकाश सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोहि अवसरमा ‘अनुभव र अनुभूति’ पुस्तकको समीक्षा पत्रकार मोहना काजी र पुस्तकको चर्चा पत्रकार सन्तोष आचार्यले गरेका थिए ।
साहित्यकार एवम् लेखक सिटौलाले पुस्तकमा मैले समाजमा जे देखे त्यस्को नढाटिकन चित्रण गर्ने जमर्को गरेको बताए ।

१२० पृष्ठको उक्त पुस्तकमा समाजका जल्दाबल्दा समस्या, विकृति विसंगती र समाधानका विषयमा लेखक सिटौलाले वेजोड ढंगले उठान गरेका छन् । सिटौलाले यसअघि मेरो कथाका पानाहरु भन्ने आत्मसंस्करण पुस्तक लेखेका थिए ।

पुस्तकका प्रकाशक लक्ष्मीमा सिटौला उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रको स्वागत ऋद्विप्रसाद सिटौलाले र सञ्चालन पत्रकार गोपाल काफ्लेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संगीतकार रञ्जित गजमेरलाई ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’

संगीतकार रञ्जित गजमेरलाई ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’

झापा . वरिष्ठ संगीतकार रञ्जित गजमेर यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । गोर्खा फाउन्डेसनद्व...
काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

२९ जेठ, काँकरभिट्टामा , सरकारले सुनमा कर बृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । आज काँकरभिट्टामा सुनचाँदी व्यवसा...
कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

  झापा । अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाले विद्यालय २ दिन विदा दिइएको छ । गाउँपालिका प्रमुख हुकुमसि...
नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

झापा । झापाली महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँ ...