नयाँ तृष्णा

भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने ?

Advertisement

असार १७,

भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करिब ३३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । अधिकांश रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यो पुल परिक्रमा गर्न सकिन्छ ।

रुटमा सबैभन्दा बढी खेतहरु देख्न सकिन्छ । खोला तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिर चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउछ । खेत रहेको स्थानहरुमा भने किसानहरुसंग मौसम अनुसारको तरकारी किन्न सकिन्छ ।

साउन ५ गतेको साइकल यात्रा

साउनको पहिलो सनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट सुरु गरी यात्रा अगाडि बढाउन सकिन्छ । खोला किनारमा फोहर बस्तु फाल्ने गतिबिधि कम गर्न को लागि पनि त्यहाँ चहलपहल हुन आवश्यक छ ।

साइकल यात्राको रुटहरु

पाँचाख्य
नेवार भाषको पाँचा को अर्थ बालुवा र ख्यको अर्थ चौर हुन्छ । बालुवा जम्मा भएर बनेको चौरलाई पाँचाख्य भनिन्छ । यस्तै ख्य भक्तपुरको जगाती र च्यांम्हासिहको बीचमा चाँगु नगर र सुर्यबिनायक नगरबाट बग्दै आएको खोलाहरु संगम हनुमानघाट पनि छ ।

यो चौरलाई हाल पाँच वटा पुलले घेरिएको छ । यहाँ नगरपालिकाको फोहर उठाउने गाडी राख्ने ग्यारेज पनि रहेको छ । यो ग्यारेजलाई अपग्रेड गरी सवारी पार्किङ स्थल बनाउन पर्ने स्थानीयको माग रहेको छ ।

यहीबाट सहरका बिभिन्न स्थाल पुग्न कम समय लाग्छ । भक्तपुरबाट काठमाण्डौ र ललितपुर जाने गाडी यतैबाट जाने गरेको छ । यही चौरबाट साइकल यात्रा सुरु हुन्छ ।

पाँचाख्य देखि थिमी पुल सम्म

पाँचाख्यबाट साइकल यात्रा सुरु गरेपछि हनुमन्ते खोलामा भक्तपुर सहर र सुर्यबिनायक क्षेबाट खोल्सीहरु मिसिन आउँछ । यी खोल्सा तर्न बनेका र हनुमन्ते तर्न बनेका पुलहरु हुदै यात्रा थिमि स्थित पुलम पुग्न सकिन्छ ।

यस क्रममा झटकिला बाट बग्ने खोल्सा, जगातीबाट बग्दै आएको खोल्सा, डागाचा खोल्सा, काल्हाचा खोल्सा, साते, घलाते लगायतका स्थानबाट खोल्साहरु हनुमन्तेमा मिसिन्छ ।

थिमी देखि सल्लाघारी

थिमीको पुल पुगेपछि भने हनुमन्ते पुल तरी थिमी नगर क्षेत्रमा पर्ने बाटो हुदै निकोसेरा हुदै सल्लघारी पुगिन्छ । यो स्थानमा फोहर पानी प्रशोधन गर्ने केन्द्र छ । तर हाल यो सञ्चालमा छैन ।

सल्लाघारी देखि टाउन प्लालिङ

सल्लाघारीबाट भने तीन वटा टाउन प्लानिङ हुदै यात्रा डेकाचा सम्म पुग्छ । यहाँ टाउन प्लानिङको बेला बनेको फराकिलो बाटोमा साइकल सरर गुडाउन सकिन्छ । यो रुटमा सहरमा रहेका केही नाम चलेका स्कूलहरु देख्न सकिन्छ ।

डेकोचा देखि वन्ती सम्म

यहाँबाट अगाडी जाने ४ वटा विकल्पहरु छन् । पहिलो विकल्प दक्षिण तर्फको पीच रोड हुदै वन्ती पुग्ने हो । दोस्रो र तेस्रो विकल्प खोलाको दायाँ र बाँया रहेका गोरेटो बाटोमा साइकल डोर्‍याउदै खोलको मज्जा लिनु हो । चौथो विकल्प उत्तर मोडी इट्टा भट्टाको बाटो हुदै वन्ती पुग्ने हो ।

वन्ती देखि छालिङ पुल सम्म

वन्ती पुगेपछि पनि दुइ वटा विकल्प छन् । एउटा विकल्पको खोलको किनारा हुदै बाटोमा काडा हटाएर छालिङ पुग्ने हो । अर्को भने साइकलमा कच्ची बाटो हुदै छालिङ पुल पूग्न सकिन्छ ।

छालिङदेखि महादेवखोला पुल

छालिङको पुलले चाँगु र भक्तपुर नगरको सिमाको काम गर्छ । यहाँबाट आर्मी ब्यारेक हुदै, यातु महादेव हुदै महादेव खोला पुल पूग्न सकिन्छ ।

अर्को चाही खोलाको तिर भन्दा अलि पर बनेको कच्ची बाटो हुदै चाँगु नगरपालिकको कार्यलय परिसर पुग्न सकिन्छ । यहाँबाट खरीपाटी बिद्युत तालिम केन्द्र भएर महादेव खोला पुल पुगिन्छ ।

महादेवखोला पुल देखि ब्रम्हायणी पुल

महादेव खोलको किनारै किनार गोसले पुल, चोकिचिला पुल भएर ब्रम्हायणी पुगिन्छ । यहाँबाट कमलबिनायक टाउन प्लालिङ लगायतका स्थानहरु देखिन्छ । यहाँ १२ महिना तरकारी खेती भैरहेको हुन्छ ।

ब्रम्हायणी देखि मलकारखाना

ब्रम्हायणी देखि माहेश्वरी किनारा सहर विकास गरिएकोले बाटो ब्यबस्थित छ । यसै क्षेत्रमा कर्भड हल, इन्जिरियरीङ कलेज र मल कारखाना देखिन्छ ।

नयाँ बनेको सहरमा पुरानो सहरको परम्पगरात उद्योग सारिएका छन् । धौ, काष्ठकला, धातुकला, मुर्तिकला, माटोको भाडा बनाउनेृ शिल्पीहरुको बसोबास यहाँ रहेको छ ।

मलकारखाना देखि पाँचाख्य सम्म

मल कारखाना अगाडी बन्दै गरेको पुल हुदै थुसाचाको दुवै पुल तरे पछि खोला किनारैबाट जेलाँ पुल र माहेश्वरी पुगिन्छ । यहाँबाट सय मिटर दक्षिण लागेपछि यात्रा सुरु गरेको पाचाख्यको पुल पुगे पछि यात्राको एक फन्को पुरा हुन्छ ।

थप गन्तब्य

यात्राको एक फन्को पछि अरु गन्तब्यहरुमा पनि जान सकिन्छ । आवश्यक परेमा अर्को फन्को पनि मार्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

  नयाँदिल्ली । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्ब...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

  काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डि...
एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

झापा । नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्न...
अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा  युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

  कीभ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० ...