काठमाडौं, साउन १८ । महिला कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले कोलम्बियालाई सडनडेथ पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लगातार पाँचौं पटक उपाधि जितेको छ। आइतबार राति इक्वेडरको रोड्रिगो पाज डेल्गाडो रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म ४–४ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यससँगै ब्राजिलले प्रतियोगिताको इतिहासमा कुल नौ पटक उपाधि जित्न सफल भएको छ। कोलम्बियाका लागि भने यो चौथो पटक फाइनलमा ब्राजिलसँगै पराजित हुने लज्जास्पद इतिहास दोहोरिएको छ। यसअघि २०१०, २०१४ र २०२२ को संस्करणमा पनि कोलम्बिया ब्राजिलसँगै फाइनलमा हार्दै उपविजेतामा सीमित रहनुपरेको थियो। तेस्रो स्थानमा अर्जेन्टिना तेस्रो स्थानका लागि शनिबार बिहान…
झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा साउन २४ गते भव्य लाखे गाईजात्रा आयोजना गरिने भएको छ। आज बिर्तामोडको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमका संयोजक तथा नेवा देय दबु कोशी प्रदेशका पूर्वअध्यक्ष इन्द्रकुमार श्रेष्ठले उक्त जानकारी दिनुभयो। श्रेष्ठका अनुसार लाखे गाईजात्रा कार्यक्रम नेवा देय दबु जिल्ला समिति झापा र सह-आयोजक नेवा मिसा दबु झापाको संयुक्त आयोजनामा सम्पन्न हुनेछ। सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न विभिन्न ऐतिहासिक नृत्य, गजल तथा मुक्तक प्रतियोगितासमेत राखिने भएको छ। कार्यक्रममा सहभागी विजयीहरूलाई पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा झापाका साथै…
साउन १५, झापा । गर्मीमा सुन्तलाको जुस पिउनुले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने चिकित्सकहरू बताउँछन्। अत्यधिक गर्मीका कारण हुने डिहाइड्रेसन, थकान र रोग प्रतिरोधात्मक क्षमतामा गिरावटलाई ध्यानमा राख्दै पोषणविद्हरूले नियमित रूपमा ताजा फलफूलको सेवन गर्न सुझाव दिँदै आएका छन्। त्यसमा, सुन्तलाको जुस एक प्रभावकारी र सुलभ उपायका रूपमा अगाडि आएको हो। स्वास्थ्य विज्ञहरूका अनुसार, सुन्तलामा प्रचुर मात्रामा पाइने भिटामिन C, पोटासियम र एन्टिअक्सिडेन्ट ले शरीरलाई ऊर्जावान बनाउनुका साथै पाचन सुधार, रक्तचाप नियन्त्रण र छाला संरक्षण मा समेत सहयोग पुर्याउँछ। "गर्मीमा धेरै पसिना आउँछ, जसले शरीरमा पानी र इलेक्ट्रोलाइटको कमी गराउँछ। सुन्तलाको जुसले यी तत्वहरू पूर्ति गरी शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ,"…
लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ । समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् । नाइट मोडले कसरी काम गर्छ ? WABetaInfo का अनुसार WhatsApp Beta for Android v2.25.22.2 मा यो नयाँ फिचर देखिएको छ । यसको क्यामेरा इन्टरफेसको दायाँ माथिपट्टि कर्नरमा फ्लास आइकनकै छेउमा चन्द्रमा आकारको आइकन थपिएको छ । उक्त आइकनलाई ट्याप गरेपछि नाइट मोडलाई अन/अफ गर्न सकिन्छ…
२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार बिर्तामोडमा आयोजना गरेको सरोकारवालाबीचको बैठकमा सहभागीले मानव बेचबिखन विभिन्न स्वरूपमा फैलिँदै गएको र राज्य गम्भीर नदेखिएको बताएका हुन्। बैठकमा मानव बेचबिखन र ओसारपसारलाई मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गर्दै सहभागीहरूले यसको नियन्त्रणका लागि राज्य, स्थानीय सरकार तथा सरोकारवाला निकायहरूको साझा प्रयास अपरिहार्य रहेको धारणा राखे। स्थानीय तहहरूले समेत नीति निर्माण गरी, मानव बेचबिखनविरुद्ध क्रियाशील समितिहरूलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिइएको थियो। बैठकमा प्रलोभनमा पारेर मानिस ठगिने, बेचिने, यौन तथा श्रम शोषणमा पारिने…
३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढ्ने र विभिन्न मन्त्रालयका मन्त्रीहरूले मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ू माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने छन्।
झापा । प्रधानमन्त्री केपी ओलीले ईलामको माई नगरपालिका–२ मा आयोजना गरिएको विशेष समारोहमा खानेपानी आयोजना शिलान्यास, माई नगर अस्पतालको उद्घाटन तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेका छन्। १५ शैयाको क्षमता भएको माई नगर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए। साथै, शुद्ध र सुरक्षित खानेपानी पहुँचका लागि निर्माण हुन लागेको आयोजनाले हजारौं स्थानीयलाई लाभ पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य सुहाङ नेम्बाङ, कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राईलगायतको उपस्थिति रहेको थियो। सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकतामा भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्नु…
झापाको बिर्तामोड–३ स्थित बिराटपोखरी क्षेत्रमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। सिद्दार्थ बैंकको सहयोगमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख पवित्रा महत, वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकी, स्थानीय टोल समिति, बुद्धिजीवी, समाजसेवी तथा बिर्ताबजार प्रहरी चौकीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा साना बालकदेखि जेष्ठ नागरिकसम्मको सक्रिय सहभागिता देखिएको थियो। सहभागीहरूले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा वृक्षरोपणको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्ने आवश्यकता औंल्याएका थिए। वृक्षरोपणमा धूपी, सुपारी, सितारा, बेलीलगायत ३०० भन्दा बढी बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सिद्दार्थ बैंकका कोशी प्रदेश प्रमुख सुवास श्रेष्ठ पनि सहभागी थिए। सस्थागत तथा सामुदायिक सहकार्यमा सम्पन्न भएको यो…
किशोर कुमार सार्की, मेचीनगर । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकामा खेलकुद विकासले नयाँ आयाम थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, विद्यालय, युवा र समुदायमा आधारित पहलले खेल प्रतिभालाई उजागर गराउँदै खेलकुदलाई सांस्कृतिक तथा आर्थिक विकासको बलियो आधार बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिका संरक्षक रही पाँचौं मेचीनगर गोल्डकप सफल पार्ने काम भएको छ । २०८१ फागुन २१ देखि फागुन २८ सम्म काँकरभिट्टामा सञ्चालन भएको पाँचौँ “मेचीनगर गोल्डकप” ले मेचीनगरलाई राष्ट्रियस्तरमा फुटबलबाट परिचित गराउन सफल भयो । ए–डिभिजन क्लबहरू (चर्च ब्वाइज, मच्छिन्द्र, एपीएफ) र भारत–उज्बेकिस्तानका विदेशी क्लब जर्जियन एफसी, ब्ल्याक बुल्स एफसी सहभागी थिए । चर्च ब्वाइज युनाइटेडले…
काठमाडौँ। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा छ महिनाको जेल सजाय सुनाएको छ। गत वर्ष जुलाईमा बंगलादेशमा तत्कालीन सरकारविरुद्धको विरोध प्रदर्शनपछि शेख हसिनाले सत्ता छोड्नु परेको थियो। त्यसबेलादेखि कुनै पनि मुद्दामा शेख हसिनालाई सजाय सुनाइएको यो पहिलो पटक हो। मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई दुई महिनाको जेल सजाय सुनाइएको छ। मुख्य अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा भने, “यो सजाय उनले (शेख हसिना) आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उनलाई पक्राउ गरेको दिनदेखि लागू हुनेछ।” यसअघि, मुख्य अभियोजक ताजुल इस्लामले शेख हसिनाविरुद्ध अदालतको अवहेलनाको उजुरी दायर गरेका थिए। सामाजिक सञ्जालमा एउटा अडियो भाइरल भएको थियो जसमा…