१६ चैत्र २०८२, सोमबार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहले नागरिकले भोग्नुपरेका समस्या, सुशासन र सेवा प्रवाहको विषयमा कोशी प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् । प्रदेशमा रहेका तत्कालीन र दीर्घकालीन रुपमा समाधान गर्न सक्ने समस्याको बारेमा बुझ्न प्रधानमन्त्री शाहले सोमवार सिंहदरबारमा सबै दलका सांसदहरुसँग छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणी न्यौपानेले कोशी प्रदेशका सांसदहरुले प्रदेशको समग्र तथा निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको बताए । उनका अनुसार प्रधानमन्त्री शाहले तत्काल समाधान गर्न सकिने तथा प्राथमिकतामा राख्नुपर्ने समस्याबारे सांसदहरूसँग जिज्ञासा राखेका थिए । छलफलमा सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या र समाधानका सम्भावित उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको सांसद…
११ चैत्र २०८२, बुधबार, झापा, काँकरभिट्टा । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले स्थानीय निकायहरूसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रम आफन्त नेपाल, शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको सभाअध्यक्षता जिल्ला संयोजक मात्रिका गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मेचीनगर नगरपालिका वडा नं. ६ का प्रतिनिधि भविन्द्र सुव्बाको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसमा माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरे, सशस्त्र प्रहरी बलका गंगा कटुवाल, नेपाल प्रहरी काकरभिट्टाका नायक निरीक्षक मिलन कुमारी राई, नेपाल प्रहरीका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अम्बिका तामाङ, नव अभियान नेपालकी अनिता खनाल गुरागाईं,…
झापा । मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै जाँदापनि सम्बन्धित निकायको ढिलासुस्ती र लापरवाहीका कारण जोखिम झन् बढ्दै गएको देखिएको स्थानीयले गुनासो गरेका छन् । बर्ड फ्लु नियन्त्रण नियमावली–२०७८ अनुसार संक्रमण पुष्टि भएलगत्तै प्रभावित क्षेत्र चार किल्ला तोकेर आवतजावत तथा पंक्षीजन्य पदार्थको ओसारपोसारमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने व्यवस्था भए पनि मोरङमा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फर्ममा गत बुधबारदेखि कुखुरा मर्न सुरु भएको थियो । फर्म सञ्चालक बोधराज दाहालले कारण पत्ता लगाउन मृत कुखुरा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बुझाएका थिए । शनिबारसम्ममा करिब ३ हजार कुखुरा मरिसकेका थिए भने आइतबार बिहान मात्र बर्ड फ्लु…
झापा, मेचीनगर । नेपाल ख्रीष्टियन रिभाइभल चर्च काउन्सिल (एनसीआरसी) का पूर्व अध्यक्ष रेभ. पास्टर एबी क्षेत्रीको ६८ वर्षको उमेरमा निधन भएको छ। उहाँको फागुन २६ गते बेलुका करिब १० बजे मेचीनगर–१२ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको पार्थिव शरीरमा आज निवासमै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी झापाको धुलाबारीस्थित आफ्नै मिसनको जग्गामा दफन गरिएको छ। अन्त्येष्टि कार्यक्रममा एनसीआरसीका अध्यक्ष, सचिव, हिमालय मिसनका पास्टर ख्रेसा खोले, काउन्सिलका रेभ. पास्टर एनोस गजमेर, रेभ. लेवी रियू, केभी क्षेत्री, डिकन डेबिड लिम्बूलगायत एनसीआरसी अन्तर्गतका विभिन्न मण्डलीका पास्टर, अगुवा तथा मण्डली परिवारको उल्लेख्य उपस्थिति रहेको थियो। साथै झापामा रहेका विभिन्न समाजका अध्यक्ष तथा प्रतिनिधिहरूको…
२४ फाल्गुन २०८२, आईतवार, मेचीनगर । फागुन २१ गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं. १ मा १२ जना उम्मेद्वारको जमानत जफत भएको छ । निर्वाचन कानून अनुसार कुल सदर मतको दश प्रतिशत भन्दा कम मत ल्याउने उम्मद्वारको जमानत जफत हुन्छ । झापा १ मा १५ जना उम्मेद्वार चुनावी मैदानमा थिए । त्यस मध्ये तीन दलका उम्मेद्वारले मात्रै दश प्रतिशत भन्दा बढी मत ल्याएका छन । बाँकी १२ जना उम्मेद्वारले दश प्रतिशत भन्दा कम मत ल्याएका कारण उनीहरुको जमानत जफत भएको हो । उम्मेद्वारी दर्ता गर्दा पुरुष र अन्य समुदायका उम्मेद्वार १० हजार तथा महिला र विभिन्न संरक्षित क्लष्टरमा…
फागुन २३ गते , मेचीनगर । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा झापा क्षेत्र नं. १ मा ५३ हजार मत गणना भइसकेको छ । आज विहान १२ बजेसम्ममा ५३००३ मत गणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार निशा डाँगीको मतान्तर २० हजार ६ सय १३ पुगेको छ । डाँगीले २७७६७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका केवलराम राईले ७१५४ मत प्राप्त गर्नु भएको छ । त्यस्तै नेपाली काँग्रेसका केशवराज पाण्डेले ६८१८ मत पाउनु भएको हो । नेकपा एमालेका रामचन्द्र उप्रेतीले ५३८७ र राप्रपाका हेमराज कार्कीले १०४२ मत पाउनु भएको छ । मंगोल नेशनल अर्गनाजेशनका सन्तोस तामाङले ८१० मत…
२१ फाल्गुन २०८२, बिहीबार, झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन्। झापा जिल्ला क्षेत्र नं. १ की स्थानीय तुलसा कोइरालाले उक्त मतदान केन्द्रमा मतदान गरेकी हुन्। उनी छोरा र नातिको सहयोगमा मतदान केन्द्र पुगेर मतदान गरेकी थिइन्। उच्च उमेर हुँदाहुँदै पनि मतदानमा सहभागी भएकी कोइरालाको उत्साहले अन्य मतदातालाई पनि प्रेरणा दिएको स्थानीयले बताएका छन्।
धुलाबारी । झापा–१ का मतदातालाई उम्मेद्वारसँग सिधा प्रश्न–उत्तर गर्ने अवसर प्रदान गर्ने उद्देश्यले नेपाल जेसीज अन्तर्गत मेचीनगर क्षेत्रका जेसीज शाखाहरूले संयुक्त रूपमा ककस (प्रत्यक्ष संवाद) कार्यक्रम आयोजना गर्ने भएका छन्। धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, बाहुनडाँगी जेसीज र चारआली जेसीजको सहकार्यमा फागुन १२ गते धुलाबारीमा कार्यक्रम हुने जानकारी दिइएको छ। आयोजकका अनुसार झापा–१ का सबै उम्मेद्वारलाई औपचारिक निम्तो पठाइसकिएको छ र अधिकांश उम्मेद्वारले सहभागिताको प्रतिबद्धता जनाइसकेका छन्। कार्यक्रममा मतदाताले आफ्ना जिज्ञासा र चासोका विषय प्रत्यक्ष रूपमा उम्मेद्वारसमक्ष राख्न पाउनेछन् भने उम्मेद्वारहरूले आफ्ना धारणा र योजनाबारे स्पष्ट पार्ने अवसर पाउनेछन्। यसले मतदाता र उम्मेद्वारबीच खुला संवादको वातावरण सिर्जना गर्ने अपेक्षा…
८ फाल्गुन २०८२, शुक्रबार, मेचीनगर। कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा मिति २०८२ साल फागुन ६ र ७ गते दुई दिने मेची इलाका ईसाई समाज दिदीबहिनी सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। “बुढापाकाका सम्मानमा उठ, र वृद्ध मानिसको आदर गर, तिमीहरूले परमेश्वरको भय मान; म परमप्रभु हुँ।” (लेवी १९:३२) भन्ने मूल सन्देशका साथ आयोजना गरिएको सम्मेलनमा ज्येष्ठ आमाहरूलाई विशेष सम्मान गरिएको थियो। १ तिमोथी ५:९ को सन्दर्भअनुसार आठ जना ज्येष्ठ एकल आमाहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मानित हुनेहरूमा: प्रेसविटेरियन चर्च इटाभट्टा की ७० वर्षीया नाओमी खड्का, कर्नर स्टोन चर्च बर्मेली टोल की ७२ वर्षीया नन्दकुमारी मगर, कृपा फ्रि मेथोडिष्ट…
नेपालको समकालीन राजनीतिमा जब सादगी, स्पष्टता र कर्ममुखी नेतृत्वको कुरा उठ्छ, तब हर्क साम्पाङ्गको नाम स्वतः अगाडि आउँछ। उनी केवल एउटा पदमा निर्वाचित व्यक्ति मात्र होइनन्, बरु एउटा सोच, एउटा आन्दोलन र एउटा जनभावनाको प्रतिनिधि पात्र हुन्। देशले चाहेको इमान्दार, निडर र देशप्रेमी नेताको प्रतिरूपका रूपमा उनी स्थापित भएका छन्। सिधा बोल्ने, नडराउने स्वभाव हर्क साम्पाङ्गको सबैभन्दा ठूलो विशेषता भनेको उनको सिधा र स्पष्ट बोली हो। उनी कूटनीतिक घुमाउरो भाषाभन्दा पनि तथ्य र सत्यलाई प्राथमिकता दिन्छन्। गलत देखेपछि चुप लागेर बस्ने स्वभाव उनको छैन। चाहे त्यो सरकारी संयन्त्रको ढिलासुस्ती होस् वा राजनीतिक विकृति—उनी खुलेर आलोचना गर्छन्। यसले उनलाई कहिलेकाहीँ विवादमा…