Skip to main content

नयाँ तृष्णा

झापा–१ मा उम्मेद्वारसँग प्रत्यक्ष बहस: जेसीजद्वारा ककस कार्यक्रम

Advertisement

 

धुलाबारी । झापा–१ का मतदातालाई उम्मेद्वारसँग सिधा प्रश्न–उत्तर गर्ने अवसर प्रदान गर्ने उद्देश्यले नेपाल जेसीज अन्तर्गत मेचीनगर क्षेत्रका जेसीज शाखाहरूले संयुक्त रूपमा ककस (प्रत्यक्ष संवाद) कार्यक्रम आयोजना गर्ने भएका छन्।

धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, बाहुनडाँगी जेसीज र चारआली जेसीजको सहकार्यमा फागुन १२ गते धुलाबारीमा कार्यक्रम हुने जानकारी दिइएको छ। आयोजकका अनुसार झापा–१ का सबै उम्मेद्वारलाई औपचारिक निम्तो पठाइसकिएको छ र अधिकांश उम्मेद्वारले सहभागिताको प्रतिबद्धता जनाइसकेका छन्।

कार्यक्रममा मतदाताले आफ्ना जिज्ञासा र चासोका विषय प्रत्यक्ष रूपमा उम्मेद्वारसमक्ष राख्न पाउनेछन् भने उम्मेद्वारहरूले आफ्ना धारणा र योजनाबारे स्पष्ट पार्ने अवसर पाउनेछन्। यसले मतदाता र उम्मेद्वारबीच खुला संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

ककस कार्यक्रम धुलाबारीस्थित पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठान टाउन हल मा दिउँसो १२ बजेदेखि सुरु हुनेछ। कार्यक्रम सञ्चालन धुलाबारी जेसीजका पूर्व अध्यक्ष केशव पोखरेलले गर्ने तय भएको छ।

पत्रकार सम्मेलनमा विभिन्न जेसीज शाखाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। मेचीनगर लेडी जेसीजका प्रतिनिधिले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए।

झापा–१ मा दुई स्वतन्त्र उम्मेद्वारसहित १५ जना प्रतिस्पर्धामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...