Skip to main content

नयाँ तृष्णा

एनसीआरसीका पूर्व अध्यक्ष रेभ. पास्टर एबी क्षेत्रीको निधन, धुलाबारीमा अन्त्येष्टि

[adsforwp id="2511"]

झापा, मेचीनगर । नेपाल ख्रीष्टियन रिभाइभल चर्च काउन्सिल (एनसीआरसी) का पूर्व अध्यक्ष रेभ. पास्टर एबी क्षेत्रीको ६८ वर्षको उमेरमा निधन भएको छ। उहाँको फागुन २६ गते बेलुका करिब १० बजे मेचीनगर–१२ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उहाँको पार्थिव शरीरमा आज निवासमै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी झापाको धुलाबारीस्थित आफ्नै मिसनको जग्गामा दफन गरिएको छ।

अन्त्येष्टि कार्यक्रममा एनसीआरसीका अध्यक्ष, सचिव, हिमालय मिसनका पास्टर ख्रेसा खोले, काउन्सिलका रेभ. पास्टर एनोस गजमेर, रेभ. लेवी रियू, केभी क्षेत्री, डिकन डेबिड लिम्बूलगायत एनसीआरसी अन्तर्गतका विभिन्न मण्डलीका पास्टर, अगुवा तथा मण्डली परिवारको उल्लेख्य उपस्थिति रहेको थियो। साथै झापामा रहेका विभिन्न समाजका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागिता रहेको जनाइएको छ।

रेभ. क्षेत्रीको निधनसँगै नेपाल ख्रीष्टियन रिभाइभल चर्च काउन्सिलले एक समर्पित तथा विश्वासयोग्य अगुवालाई गुमाएको मण्डलीका अगुवाहरूले बताएका छन्। उहाँ मण्डलीको उन्नति, प्रगति तथा आत्मिक विकासका लागि जीवनभर समर्पित रहँदै सेवाकार्यमा सक्रिय रहनुभएको थियो।

उहाँले नेपाल मात्र नभई भारतको नागाल्याण्ड र आसाम लगायतका क्षेत्रमा रहेका नेपाली समुदायबीच सुसमाचार प्रचार तथा मण्डली विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ नागाल्याण्डको पिफिमामा प्रेसिडेन्टका संस्थापक पास्टरसमेत हुनुहुन्थ्यो।

यसैगरी अरुणाचल, भुटान र सिक्किम जस्ता क्षेत्रमा पुगेर पनि उहाँले रिभाइभल सेवाकार्य विस्तार गर्नुभएको बताइन्छ। नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सुसमाचार फैलाउने अभियानमा उहाँ सक्रिय रहनुभएको थियो।

सेवाकै क्रममा ख्रीष्टियन विरोधी समूहबाट उहाँमाथि कुटपिटसमेत भएको उल्लेख गरिएको छ। वि.सं. २०४९ सालदेखि उहाँ झापाको मेचीनगर–१२ मा स्थायी रूपमा बसोबास गर्दै मण्डली तथा मिशन सेवामा निरन्तर सक्रिय रहनुभएको थियो।

रेभ. पास्टर एबी क्षेत्रीको निधनप्रति मण्डलीका अगुवा, विश्वासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै उहाँको योगदानको स्मरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...