काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्वासी बस्ती खाली गराउन माइकिङ गरेका छन् । वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै बिहीबार साँझ चेतावनी दिइएको हो । यसअघि, बुधबारमात्र प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर शनिबार र आइतबार सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
– होमराज राई, पहाडको चिसो हावामाउसले बालसपनालाई अन्तिमपटक छोयो,ढुंगाको काखमा गुञ्जिएका निर्दोष हाँसोहरूमनको गहिरो कुनामा गुम्साएरऊ शहरतर्फ हिँड्यो.....,आँखामा उज्यालो सपना,ओठमा नबोलेको निर्दोष वाचा। बगिरहेको आमाको पिलपिल आँशूचोलीको किनारामा लुकिरहेको थियो,जानैपर्ने बाध्यता उसकोढोका समाएर उभिएको थियो ,“जानै पर्छ बाबु…”त्यो एक वाक्यलेपूरै आँगन भिजाइदियो। शहर.......,उसले सोचेको जस्तो थिएन।यहाँ भीड धेरै थियो,तर आत्माहरू सुनसान।बत्तीहरू चम्किन्थे,तर मनभित्रअँध्यारो अझ गहिरो थियो। उसले धेरै ढोका ढकढक्यायो,धेरै आँखामा भविष्य खोज्यो,तर हरेक ठाउँमाउसलाई आफ्नै थकानले मात्रै भेट्यो.......,अस्वीकृतिको चिसो स्वर,र असफलताले भरिएको दिन। रातहरू लम्बिँदै गए,झ्यालबाहिर सहर निदाइरहेको जस्तो,तर ऊभित्रआमाको स्वर जागिरहन्थ्यो—“खाइस् खाना बाबु ?”त्यो एक प्रश्नलेउसको भोकभन्दा गहिरो घाउ बनाउँथ्यो। समयसँगैउसले सपनाभन्दा बढीचुप बस्न सिक्यो।हाँसो हरायो,तर बाँच्ने संघर्ष…
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। बुधवार संस्थाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय प्रशासनका अधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले एकआपसमा नयाँ वर्षको शुभकामना साटासाट गर्दै सामाजिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी नरबहादुर राई उपस्थित रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिहरुमा मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणी ओली, सामाजिक अगुवा रामचन्द्र उप्रेती, संस्थाकी पूर्वअध्यक्ष बिना तामाङ तथा समाजसेवी…
२२ चैत्र २०८२, आईतवार, झापा । झापामा इसाई समुदायको एकता, सद्भाव र उत्साह झल्काउँदै इस्टर महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। झापा इसाई समाजको आयोजनामा बिर्तामोडस्थित खुल्ला मैदानमा सम्पन्न उक्त कार्यक्रम श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको हो। कार्यक्रमको अध्यक्षता झापा इसाई समाजका अध्यक्ष रेभ. पास्टर इसाहक सिन्चिउरीले गर्नुभएको थियो भने संयोजन मेचीनगर इसाई समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक पास्टर राजु खड्काले गर्नुभएको थियो। कार्यक्रमको सुरुवात बरिष्ठ सल्लाहकार रेभ. पास्टर एन.डी. थुलुङको प्रारम्भिक प्रार्थनाबाट गरिएको थियो, जसले वातावरणलाई आध्यात्मिक बनाएको थियो। झापा इसाई युवा समितिका अध्यक्ष जनक बस्नेतको नेतृत्वमा रहेको क्वायर समूहले आराधना गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई अझ प्रेरणादायी…
👉 होमराज राई, मानव इतिहासमा धेरै व्यक्तिहरू जन्मिए, बाँचे र मरे। तर केही घटना मात्र यस्ता छन् जसले सम्पूर्ण मानवताको दिशा नै परिवर्तन गरिदिन्छन्। येशू ख्रीष्टको क्रूस, उहाँको पीडा, मृत्यु र पुनरुत्थान त्यहीँ प्रकारको अद्वितीय घटना हो—जहाँ इतिहास, धर्मशास्त्र र आत्मिक सत्य एकै ठाउँमा भेटिन्छन्। यो केवल धार्मिक कथा होइनस यो परमेश्वरको न्याय, प्रेम र उद्धारको गहिरो योजना हो, जसले आज पनि मानव जीवनलाई अर्थ दिन्छ। काँडाको मुकुट: अपमानमा लुकेको महिमा रोमी सैनिकहरूले येशू ख्रीष्ट लाई “यहूदीहरूको राजा” भनेर उपहास गर्न काँडाको मुकुट बनाइ उहाँको टाउकोमा जबरजस्ती थोपरे। यो केवल शारीरिक यातना मात्र थिएन—यो गहिरो अपमान र व्यंग्यको कार्य थियो।…
१९ चैत्र २०८२, बिहीबार, मेचीनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर निवासी १६ वर्षीय सोहन उर्फ रोहन थारु हराएपछि भारतमा फेला परेका थिए। उनलाई भारतको कोलकातास्थित “सिनी कलकत्ता होम”मा संरक्षणमा राखि काँकरभिट्टामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा खटिएका संस्था नव अभियान नेपालको समन्वयमा उनको पहिचान र उद्धार प्रक्रिया अगाडि बढाइएको थियो। बालकको उद्धारका लागि नव अभियान नेपाल र कोलकातास्थित नेपाली दूतावासले संयुक्त पहल गर्दै उनलाई सुरक्षित रूपमा नेपाल ल्याएका हुन्। काँकरभिट्टा नाकामार्फत नेपाल भित्र्याइएका रोहनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ। बुबा सन्तोष थारुका छोरा रोहन सुरक्षित रूपमा घर फर्किएपछि परिवारमा खुशी छाएको छ।…
१७ चैत २०८२ मंगलबार, काँकरभिट्टा । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले काँकरभिट्टामा स्थानीय निकाय र सरोकारवालाबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ। कार्यक्रम आफन्त नेपाल, शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न भएको हो। “मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जिल्ला संयोजक मात्रिका गुरुङको अध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेती सहभागी रहनुभएको थियो। साथै वडा नं. ६ का सदस्य ध्रुवकुमार राई, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्था तथा सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा आफन्त नेपालका गतिविधिबारे विस्तृत प्रस्तुति संस्थाकी मेनुका नेपालले दिनुभयो। उहाँले संस्थाको परिचय, उद्देश्य, कार्यक्षेत्र,…
१४ चैत, काठमाडौं । सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने भएको छ । सरकारले शासकीय सुधार गर्न तय गरेको १०० कार्यक्रम अन्तर्गत शैक्षिक गुणस्तरको गिरावट रोक्न दलीय संगठन हटाउने भएको हो । दलीय संगठनको सट्टा विद्यार्थी काउन्सिल राख्ने भएको छ । ‘शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाई ९० दिनभित्र विद्यार्थी काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने,’ सरकारले शासकीय सुधारका लागि भन्दै सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ । विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा विज्ञान तथा…
११ चैत्र २०८२, बुधबार, झापा, काँकरभिट्टा । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले स्थानीय निकायहरूसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रम आफन्त नेपाल, शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको सभाअध्यक्षता जिल्ला संयोजक मात्रिका गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मेचीनगर नगरपालिका वडा नं. ६ का प्रतिनिधि भविन्द्र सुव्बाको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसमा माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरे, सशस्त्र प्रहरी बलका गंगा कटुवाल, नेपाल प्रहरी काकरभिट्टाका नायक निरीक्षक मिलन कुमारी राई, नेपाल प्रहरीका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अम्बिका तामाङ, नव अभियान नेपालकी अनिता खनाल गुरागाईं,…
१० चैत्र २०८२, मंगलवार, झापा । लागूऔषधसहित पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै डेढ लाख रकम ठगी गर्ने झापा कमल गाउँपालिकाका वडा सदस्यका छोरासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं ६ का वडा सदस्य टंक खड्काका छोरा कमल ६ खयरबारी बस्ने बर्ष ३२ का सुमन खड्का र दमक नगरपालिका वडा नं. ९ जिम्दार चोक बस्ने वर्ष ३० का अरुण दनुवार रहेका छन् । उनीहरुले गत फागुन २५ गते दिउँसो १ बजे लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका कमल गाउँपालिका वडा नं. ६ का लक्ष्मण राजवंशीलाई छुटाइदिने भन्दै सो रकम लिएको आरोप छ । कमल ६ गुवाबारीस्थित सडकखण्डबाट पक्राउ…