Skip to main content

नयाँ तृष्णा

Breaking News 3

किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा अर्जुनधाराबाट चार जना पक्राउ

किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा अर्जुनधाराबाट चार जना पक्राउ

८ भाद्र, झापा, झापाको अर्जुनधारामा १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजना पक्राउ गरेको छ । अर्जुनधारा ५ निवासी किशोरीलाई चार जना युवाले सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका ७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनिश लिम्बूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरूलाई शनिबार बिहान घरबाटै पक्राउ गरिएको हो । घटनामा संलग्न थप तीन जनाको खोजी भइरहेको जनाइएको छ । पीडित परिवारका…
Read More
आजदेखि काँकरभिट्टामा राष्ट्रिय बुद्वीचाल प्रतियोगिता सुरू

आजदेखि काँकरभिट्टामा राष्ट्रिय बुद्वीचाल प्रतियोगिता सुरू

७ भाद्र, ७ भदाै, मेचीनगर । आजदेखि काँकरभिट्टामा छैठौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सुरू भएको छ । आज काँकरभिट्टा खानेपानी कार्यालयकाे सभाहलमा नाइट चेस क्लबकाे व्यवस्थापनमा उक्त प्रतियोगिता सुरू भएको हाे । प्रतियोगिता यही शुक्रबारदेखि भदाै १० गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगिताकाे उद्घाटन मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकीले गरेका थिए । नेपाल राष्ट्रिय बृद्वीचाल महासंघकाे प्राविधिक सहयाेग रहने प्रतियोगिताकाे सबै व्यवस्थापन सहितकाे आयोजना नाइट चेस क्लबले गरेकाे छ । उद्घाटन कार्यक्रममा मेयर बुढाथाेकी, उपमेयर मीना पाेखरेल उप्रेती, बुद्वीचाल संघ काेशी प्रदेशका इन्चार्ज राम मादेन, नेपाली कांग्रेस काेशी प्रदेश सदस्य विमल आचार्य, नेकपा एमाले काेशी प्रदेश सदस्य देवकुमार राई लगायतले…
Read More
‘क्लास वर्क’ नगरेको भन्दै पाइपले पिट्दा बिद्यार्थी अस्पताल भर्ना

‘क्लास वर्क’ नगरेको भन्दै पाइपले पिट्दा बिद्यार्थी अस्पताल भर्ना

५ भाद्र, झापा,  शिवसताक्षी १० को बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रमाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जलि गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भागमा ‘डढेँल्नु’ तीनवटा डाम ‘सुम्ला’ छन् । उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताए। उनले विद्यार्थीको उपचार भइरहेको अस्पताल बिर्ता सिटीतर्फ गइरहेको बताए । कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले ‘क्लास वर्क’ का लागि सबै विद्यार्थीलाई अनुरोध गरे ।…
Read More
संसारकै मोटा व्यक्ति ६१० किलोका खालिदले तौल घटाएर ६४ किलोका भए

संसारकै मोटा व्यक्ति ६१० किलोका खालिदले तौल घटाएर ६४ किलोका भए

५ भाद्र, काठमाडौं । संसारकै सबैभन्दा धेरै तौल भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीले आफ्नो परिवर्तनले सबैलाई चकित पारेका छन् । साउदी अरबका पूर्व राजा अब्दुल्लाहको सहयोगमा उनले ५४६ केजी तौल घटाए । २०१३ मा खालिदको वजन ६१० किलो थियो। उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानमा लडिरहे । आफ्नो दैनिक आवश्यकताका लागि पनि उनले साथीभाइ र परिवारबाट सहयोग लिनुपरेको थियो । खालिद साउदी अरेबियाको जाजान सहरका बासिन्दा हुन्। खालिदको अवस्था देखेर तत्कालीन राजा अब्दुल्लाहले उनको ज्यान बचाउन सहयोग गरेका थिए । राजाले खालिदका लागि ३० जना चिकित्सकको टोलीको व्यवस्था गरेका थिए । यो टोलीले उनको उपचार र खानपानको ख्याल…
Read More
घरायसी बिवादपछि झापामा खुकुरी प्रहार गरी पत्नीको हत्या

घरायसी बिवादपछि झापामा खुकुरी प्रहार गरी पत्नीको हत्या

४ भाद्र, सुरुङा । झापामा घरेलु हतियार खुकुरी प्रहार गरी पतिले पत्नीको हत्या गरेका छन्। शिवसताक्षी नगरपालिका-८ स्थित निपत्रिया निवासी ओमप्रसाद अधिकारीले खुकुरी प्रहार गरी आफ्नै पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । अन्दाजी ३० वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घाँटीमा खुकुरी प्रहार गर्दा रञ्जनाको मंगलबार साँझ पौने ७ बजे घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुबीच घरायसी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना पश्चात् इलाका प्रहरी कार्यालय झिलझिलेको टोली ओमप्रकाशलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । प्रहरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए ।
Read More
नेपथ्य अमेरिका शृंखला: नेपालीपन खोजिरहेका दर्शकको भावनात्मक भेल

नेपथ्य अमेरिका शृंखला: नेपालीपन खोजिरहेका दर्शकको भावनात्मक भेल

३ भाद्र, कोलम्बस।  राणाशासन विरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे’सँग नन्दू खतिवडाको खासै साइनो छैन । डेढ वर्षको उमेरमा भुटानबाट लखेटिएर बाबुआमासँगै नेपाल आएका उनी १९ वर्ष पुगेपछि शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगे । अहिले ३१ वर्ष पुग्दा उनलाई कुनै कुराको लालसा छ भने त्यो हो – नेपालीत्वको । गत  शनिबार बेलुकी हलभरि नेपाली राष्ट्रिय झण्डा फहराएर उफ्रिरहेका मानिसहरूको भिडमा नन्दू पनि उत्तिकै आनन्दसाथ नाचिरहेका देखिन्थे । ‘नेपाली पहिचानमै आधारित नेपथ्यले मेरो जीवनमा कति महत्व राख्छ भनेर साध्य छैन,उनले भने, ‘उमेरले मेरा बाभन्दा जेठा भइकन पनि लोकभाका गाउँदै छमछमी नाच्ने अमृत दाइको ऊर्जा देखेर मैले आज…
Read More
नाइट चेस क्लबले `छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´को आयोजना गर्ने

नाइट चेस क्लबले `छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´को आयोजना गर्ने

१ भाद्र, झापा । बुद्धिचाल प्रतियोगिताका क्षेत्रमा निरन्तर लागिपर्दै आएको झापा मेचीनगर-६ काँकरभिट्टाको नाइट चेस क्लबले `छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´को आयोजना गर्ने भएको छ । लागुऔषध दुर्ब्यसनी विरुद्धकाे क्षेत्रमा लामो समययता कृयाशिल क्लबले युवाको बुद्धि- विवेक र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चेस च्यम्पियन्सिप प्रतियोगिता गर्ने भएको हो । भदौ ७ गतेदेखि १० गतेसम्म देशभरका बुद्धिचालमा झुकाव राख्ने खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने शनिबार पत्रकारसमक्ष नाइट चेस क्लबका अध्यक्ष बिश्व भुजेलले जानकारी दिए । प्रतियोगितामा २ हजारदेखि १७ सय र १७ मुनि अंङ्कमा छनोटमा परेका २० जनालाई नगद, प्रमाणपत्रसहित समान एबम् पुरस्कृत गरिने जनाएको छ । दुई…
Read More
दशरथ रंगशालाको मैदान खराब भएपछि एन्फा र राखेप छलफलमा

दशरथ रंगशालाको मैदान खराब भएपछि एन्फा र राखेप छलफलमा

श्रावण ३१, काठमाडौं । दशरथ रंगशालाको अवस्था दयनीय भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेका छन् । गत मंगलबार भुटानको पारो एफसीले  र नेपालको चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल खेल्ने क्रममा मैदान हिलाम्मे भएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ । मैदानको पूर्वाधार राम्रो नभएको भन्दै यसअघि एएफसीले अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्ने बताए पनि अहिले अन्तर्राष्ट्रिय मान्यता दिएको छ तर मैदान भने खेल्न लायक देखिएको छैन । यसैबीच बिहीबार राखेप सदस्य–सचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा छलफल भएको छ…
Read More
सन् १९६९ मा आजकै दिन : जेनिफर लोपेजको जन्म

सन् १९६९ मा आजकै दिन : जेनिफर लोपेजको जन्म

काठमाडौँ । सन् १९६९ मा आजकै दिन (जुलाई २४) मा जेनिफर लोपेजका जन्म भएको थियो । उनी अमेरिकाकी चर्चित अभिनेत्री, गायिका, नर्तकी तथा व्यवसायी हुन् । लोपेजले १९९१ मा ‘इन लिभिङ कलर’ सिरिजबाट टेलिभिजन करिअर सुरु गरेकी थिइन् । १९९७ मा ‘सेलेना’ र ‘एनाकोन्डा’ तथा १९९८ मा उनले ‘आउट अफ साइट’ मा अभिनय गरेकी उनी उच्च पारिश्रमिक लिने ल्याटिन अमेरिकी कलाकारसमेत बनिन् । सांगीतिक दुनियाँमा भने उनी १९९९ को ‘अन द सिक्स’ बाट प्रवेश गरेकी हुन् । त्यससँगै अभिनयलाई पनि निरन्तरता दिएकी लोपेज ‘मेड इन म्यानह्याटन (२००२)’, ‘स्याल वी डान्स (२००४)’, ‘मोन्स्टर इन–ल (२००५)’ मा देखा परिन् । २०११ मा लोपेज गायन रियालिटी शो अमेरिकन आइडलको…
Read More
महिला एशिया कप : आज नेपालले भारतको सामना गर्दै

महिला एशिया कप : आज नेपालले भारतको सामना गर्दै

काठमाडौं । महिला एसिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ। यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुँदै छ। यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ। भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो। त्यस्तै समूह ए अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजेदेखि सुरु हुँदै छ। यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने युएईले दुवै खेलमा हार…
Read More