Skip to main content

नयाँ तृष्णा

Breaking News 3

इटाभट्टामा असोज १२ देखि जिल्लास्तरीय फुटबल प्रतियोगिता

इटाभट्टामा असोज १२ देखि जिल्लास्तरीय फुटबल प्रतियोगिता

इटाभटा । झापाको मेचीनगर-८ स्थित ञइट्टभटा एफसि क्लबझले प्रथम इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिताको तयारी गरेको छ । स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको बुधबार पत्रकारसमक्ष जानकारी दिएको छ । जिल्लाका बिभिन्न ८ वटा क्लबबाट प्रतियोगितामा सहभागी हुने र त्यसको सबै प्रक्रिया पूरा गरेको इटाभटा एफसि क्लबले अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय १ रुपैयाँ र दोस्रो हुनेलाई ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि तथा प्रमाणपत्र वितरण गर्ने जनाएको छ । प्रतियोगितामा सहाअयोजक मेचीनगर(८ सहआयोजक रहेको…
Read More
इजरायलमा आक्रमणको आरोपमा हमासका नेताहरुविरुद्ध अमेरिकाले चलायो मुद्दा

इजरायलमा आक्रमणको आरोपमा हमासका नेताहरुविरुद्ध अमेरिकाले चलायो मुद्दा

१९ भाद्र, काठमाडौं । ११ महिनाअघि इजरायलमाथि आक्रमण गरेको हमास नेता याह्या सिनवारसहितका नेताहरुविरुद्ध अमेरिकाले आपराधिक मुद्दा चलाएको छ । अमेरिकी न्याय विभागले भनेको छ, हमासका ६ नेताहरुविरुद्ध मुद्दा चलाइएको हो । हमासका नेताहरुमाथि अमेरिकी नेताहरुको हत्या, आतंकवादलाई वित्तीय सहयोग र नरसंहार गर्ने घातक हतियारको प्रयोग लगायतका उजुरी छ । अमेरिकाले मुद्दा चलाएका नेताहरुमध्ये तीन जनाको हवाई हमलामा मृत्यु भइसकेको छ । बीबीसीका अनुसार इस्माइल हनिया, मारवान इस्सा र मोहम्मद जाएफको मृत्यु भइसकेको छ । सिनवार भने कुनै सुरुङभित्र लुकेर बसेको अनुमान छ । अमेरिकाको न्याय विभागले भनेको छ, ‘यो हमासबाट भएका हमलामा हमासका प्रमुख नेताहरुलाई जवाफदेही ठहर्याउने पहिलो प्रयास…
Read More
बालेन समर्थकले गरे ओलीको फेसबुकमा हमला

बालेन समर्थकले गरे ओलीको फेसबुकमा हमला

१९ भाद्र, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा हमला गरेका छन् । बालेनले आफ्नो फेसबुक स्टाटस सरकारले हटाइदिएको आशय व्यक्त गरेपछि आक्रोशित बनेका बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन्। मंगलबार अपराह्न मेयर बालेनको स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो। कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबि गरेको थियो । त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्‍यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए। त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन्। मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख…
Read More
मेचीनगरमा चुम्लुङको ३६ औं स्थापना दिवस सम्पन्न

मेचीनगरमा चुम्लुङको ३६ औं स्थापना दिवस सम्पन्न

१८ भदौ, झापा । झापाको मेचीनगरमा किरात याक्थुङ चुम्लुङको ३६ औं स्थापना विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ । सोमवार किरात याक्थुङ चुम्लुङ मेचीनगरको आयोजनामा इट्टाभट्टा स्थित आफ्नै भवनमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको हो । कार्यक्रममा मेचीनगरका लिम्बू समुदायका जनप्रतिनिधिहरू, जग्गादाताहरू, चुम्लुङमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । किरात याक्थुङ चुम्लुङ इजरायल सहयोग कोषबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको छात्रवृत्ति मेचीनगर स्थित बालकल्याण मावि कक्षा- ७ मा अध्ययनरत मेचीनगर-५ निवासी छात्रा स्नेहा लिम्बूलाई नगद १० हजार प्रदान गरिएको थियो। गायक उत्तमजंग लिम्बू र गायिका गंगा फियाकको बेजोड सांगितीक प्रस्तुति रहेको कार्यक्रममा विभिन्न वडाको केलाङ, यालाङ,…
Read More
अमेरिकामा अर्का नेपाली मृत फेला

अमेरिकामा अर्का नेपाली मृत फेला

१७ भाद्र, काठमाडौं । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन्। अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरूले अमेरिकामा सञ्चालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ। उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ। प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन्।  उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन सुरु गरिएको छ। मृत्युको कारण पत्ता नलागेको बताइएको छ। यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो। पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।
Read More
माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

१६ भाद्र, नेपालगन्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेशले जनाएको छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ । बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेर सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको राय सुझाव लिने गरेका छन् । बैठकमा उपमहासचिवसम्मका…
Read More
माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

१४ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार माओवादी कोशी प्रदेश संसदीय दलले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो । केन्द्रमा कांग्रेस-एमाले को गठबन्धन बनेपछि कोशीमा एमालेकै सरकार रहेपनि कांग्रेस भने अहिलेसम्म सरकारमा गएको छैन । आपसी भागबण्डामा कुरा नमिलेको भन्दै काँग्रेसले सरकारमा जान आनाकानी गरिरहेको छ ।
Read More
न्यूयोर्क फेसन विकमा नेपालकी स्मिता छनोट

न्यूयोर्क फेसन विकमा नेपालकी स्मिता छनोट

१४ भाद्र, काठमाडौं ।  विश्वचर्चित फेसन विक न्यूयोर्क कटोअर फेसन विक–२०२४ मा नेपाली फेसन डिजाइनर स्मिता राई पनि छनोट भएकी छन्। स्मिता अमेरिकाको फेसन सिटीको रूपमा चिनिएको न्यूयोर्क सहरमा आगामी सेप्टेम्बर १४ देखि हुने न्यूयोर्क कुटोअर फेसन विकका लागि छनोट भएकी हुन्। यससँगै अब फेसन डिजाइनर स्मिताले तयार पारेका क्रियटिभ परिहनमा हलिउडका चर्चित मोडलहरूले क्याटवाक गर्नेछन्। विख्यात फेसन डिजाइनर तथा मोडलहरूको प्रस्तुति रहने उक्त फेसन सप्ताहको ४०औँ संस्करण न्यूयोर्कस्थित एन्जल ओरेन्सान्ज फाउन्डेशन हलमा आयोजना हुँदैछ। हलिउडकै चर्चित फेसन शोमध्ये पर्ने उक्त फेसन सप्ताहमा छनोट हुने स्मिता एकमात्र नेपाली फेसन डिजाइनर हुन्। इटहरीकी स्मिताले नेपालको चर्चित फेसन इस्न्टिच्युट आईआईएफटी स्कुल अफ…
Read More
कोशी प्रदेश सभाको बैठक शुक्रबार बस्दै

कोशी प्रदेश सभाको बैठक शुक्रबार बस्दै

१३ भाद्र, विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।
Read More
पाकिस्तानमा चरमपन्थी समूहद्वारा २३ जनाको गोली हानेर हत्या

पाकिस्तानमा चरमपन्थी समूहद्वारा २३ जनाको गोली हानेर हत्या

१० भदौ, काठमाडौं । दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २३ जनाको हत्या गरेका छन् । पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा अवरुद्ध गरेका बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए । यसरी ओलेकाहरुको परिचय हेरेपछि गोली हानेको अधिकारीहरुले बताएका छन् । ‘बन्धुकधारी ३०/४० जना छन्, उनीहरुले २२ वटा गाडी रोकेका छन्’, जिल्लाका सहायक आयुक्त नजीब कक्कडले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, ‘उनीहरुले पञ्जाबबाट आएका मानिसहरु पहिचान गरे र गोली हाने ।’ यो समूहले २३ सवारी साधानमा अगजनी गरेका छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ र हत्या गरिएकाहरुको शव संकलन…
Read More