Skip to main content

नयाँ तृष्णा

सन् १९६९ मा आजकै दिन : जेनिफर लोपेजको जन्म

[adsforwp id="2511"]

काठमाडौँ । सन् १९६९ मा आजकै दिन (जुलाई २४) मा जेनिफर लोपेजका जन्म भएको थियो । उनी अमेरिकाकी चर्चित अभिनेत्री, गायिका, नर्तकी तथा व्यवसायी हुन् ।

लोपेजले १९९१ मा ‘इन लिभिङ कलर’ सिरिजबाट टेलिभिजन करिअर सुरु गरेकी थिइन् । १९९७ मा ‘सेलेना’ र ‘एनाकोन्डा’ तथा १९९८ मा उनले ‘आउट अफ साइट’ मा अभिनय गरेकी उनी उच्च पारिश्रमिक लिने ल्याटिन अमेरिकी कलाकारसमेत बनिन् ।

सांगीतिक दुनियाँमा भने उनी १९९९ को ‘अन द सिक्स’ बाट प्रवेश गरेकी हुन् । त्यससँगै अभिनयलाई पनि निरन्तरता दिएकी लोपेज ‘मेड इन म्यानह्याटन (२००२)’, ‘स्याल वी डान्स (२००४)’, ‘मोन्स्टर इन–ल (२००५)’ मा देखा परिन् ।

२०११ मा लोपेज गायन रियालिटी शो अमेरिकन आइडलको निर्णायकसमेत बनेकी थिइन् । ‘म्यारी मी (२०२२)’, ‘द मदर (२०२३)’, ‘दिस इज मी…नाउ : अ लभ स्टोरी (२०२४)’ उनका पछिल्ला फिल्म हुन् ।

कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...