Skip to main content

नयाँ तृष्णा

सूचना प्रबिधि

सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्छ : बस्नेत

सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्छ : बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सबै युट्युबर पत्रकार नभएको बताएका छन् । ‘सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युबर हुन सक्छन्,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । नेपाली मिडिया जगत्को नियामक निकाय रहेको काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आएका छन् । समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुससरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् । ‘युट्युब र अन्य सामाजिक सञ्जालमा राम्रासहित अनेकन् खालका नकारात्मक सामग्री पोखिएका छन् । त्यसलाई चामल र भुसजत्तिकै छानेर सञ्चारमाध्यमका रूपमा आएका युट्युब र अन्य युट्युब भनी छुट्याउन र चिन्नुपर्छ,’ उनले…
Read More
सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै कारोबार गर्न  विज्ञापन बोर्डको आग्रह

सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै कारोबार गर्न विज्ञापन बोर्डको आग्रह

साउन ४, काठमाडौं । विज्ञापन बोर्डले सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै विज्ञापनको कारोबार गर्न सरोकारवालालाई सूचित गरेको छ । बोर्डमा सूचीकृत नभएका संस्थाहरूसँगको कारोबार नियमसंगत नहुने उसले जनाएको छ । बोर्डले बिहीबार चारबुँदे सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३, विज्ञापन (नियमन गर्ने) ऐन र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ अनुसार मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न सरोकारवालालाई आग्रह गरेको छ । पहिलो बुँदामा बोर्डमा सूचीकृत सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको छ भने दोस्रो बुँदामा सूचीकृत एजेन्सीहरूसँग मात्रै कारोबार गर्ने–गराउने भनिएको छ । ‘सञ्चारमाध्यममा सोझै विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भए त्यस्तो सञ्चारमाध्यमले जारी गरेको बिलबमोजिम तथा विज्ञापन एजेन्सीमार्फत विज्ञापन…
Read More
मेचीनगरको सार्वजनिक सुनुवाई असार २७ गते हुने

मेचीनगरको सार्वजनिक सुनुवाई असार २७ गते हुने

मेचीनगर, असार २३ । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई असार २७ गते हुने भएको छ । नगरपालिका कार्यालयले एक सूचना जारी गरी सार्वजनिक सुनुवाई असार २७ गते गर्ने जानकारी दिएको हो । प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गरी जारी गरिएको असार २७ गते दिउँसो १ बजे नगरपालिकाकै सभाहलमा सार्वजनिक सुनुवाई हुने उल्लेख गरिएको छ । सार्वजनिक सुनुवाईमा उपस्थीत हुन सबै नगरबासीहरुमा अनुरोध समेत गरिएको छ । यसअघि असार २० गते सार्वजनिक सुनुवाई गर्ने भनिए पनि पर्याप्त सूचना नभएको भन्दै सोही दिन बिहान नगरपालिकाले कार्यक्रम स्थगित गरेको थियो ।
Read More
जापानले गर्‍यो एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

जापानले गर्‍यो एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

एजेन्सी, टोकियो  । जापानले एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिण–पश्चिमी जापानी टापुमा रहेको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट सोमबार प्रक्षेपण गरिएको थियो । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अध्यक्ष हिरोसी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहत् कदम’ भएको बताए । ‘मलाई विश्वास छ, लगातार भएका दुई सफल उडानहरूले देशभित्र र बाहिरबाट विश्वास प्राप्त गर्नेछ,’ जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रूपमा सफल भएको बताए । फेब्रुअरी १७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो । जाक्साको आश्चर्यजनक असफल पहिलो रकेट यात्रालाई एक वर्ष पहिले रकेटको…
Read More
भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने ?

भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने ?

असार १७, भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करिब ३३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । अधिकांश रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यो पुल परिक्रमा गर्न सकिन्छ । रुटमा सबैभन्दा बढी खेतहरु देख्न सकिन्छ । खोला तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिर चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउछ । खेत रहेको स्थानहरुमा भने किसानहरुसंग मौसम अनुसारको तरकारी किन्न सकिन्छ । साउन ५ गतेको साइकल यात्रा साउनको पहिलो सनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट सुरु गरी यात्रा अगाडि बढाउन सकिन्छ । खोला किनारमा फोहर…
Read More
इन्स्टाग्रामले बहुप्रतीक्षित ‘एआई स्टुडियो’ ल्याउँदै

इन्स्टाग्रामले बहुप्रतीक्षित ‘एआई स्टुडियो’ ल्याउँदै

असार १६ , एजेन्सी, मेटा स्वामित्वको लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्रामले एउटा नयाँ तथा बहुप्रतीक्षित फिचर ल्याउँदैछ । उक्त फिचरको नाम ‘एआई स्टुडियो’ हो । इन्स्टाग्रामको एआई स्टुडियो फिचरको सहयोगबाट प्रयोगकर्ताले आफ्नो एआई भर्सन तयार गर्न सक्नेछन् । मेटाका सीईओ मार्क जुकरगर्बले हालै इन्स्टाग्रामको उक्त फिचर घोषणा गरेका हुन् । आफ्नो ब्रोडकास्ट च्यानलबाटै जुकरबर्गले इन्स्टाग्राममा एआई स्टुडियो फिचर ल्याउने बताएका थिए। हालै यो फिचर अमेरिकामा बिटा टेस्टरका लागि उपलब्ध छ । छिट्टै नै यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने जुकरबर्गले बताएका छन्। मेटाका अनुसार यो फिचर आएसँगै राम्रो संख्यामा फलोअर्स भएका प्रयोगकर्ताले आफ्नै एआई भर्सन बनाउन सक्नेछन् । मेसेजको…
Read More
एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन मिल्ने

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन मिल्ने

असार १३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिए । ‘हामीले अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था यसपटकदेखि गरेका छौं । यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरु लाइन लाग्नुपर्ने अवस्था हटाएका छौं’, उनले भने । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने शर्माले जानकारी दिए । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ…
Read More
चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

असार १२ , काठमाडौँ  । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ। मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो। उक्त यान मंगलवार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ। चन्द्रमाबाट ल्याइएको नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुनसक्ने वैज्ञानिकहरूले जनाएका छन्। चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले ’मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ। चिनियाँ यानले ल्याएको नमूनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ।
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More