Skip to main content

नयाँ तृष्णा

सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै कारोबार गर्न विज्ञापन बोर्डको आग्रह

[adsforwp id="2511"]

साउन ४, काठमाडौं । विज्ञापन बोर्डले सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै विज्ञापनको कारोबार गर्न सरोकारवालालाई सूचित गरेको छ । बोर्डमा सूचीकृत नभएका संस्थाहरूसँगको कारोबार नियमसंगत नहुने उसले जनाएको छ ।

बोर्डले बिहीबार चारबुँदे सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३, विज्ञापन (नियमन गर्ने) ऐन र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ अनुसार मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

पहिलो बुँदामा बोर्डमा सूचीकृत सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको छ भने दोस्रो बुँदामा सूचीकृत एजेन्सीहरूसँग मात्रै कारोबार गर्ने–गराउने भनिएको छ ।

‘सञ्चारमाध्यममा सोझै विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भए त्यस्तो सञ्चारमाध्यमले जारी गरेको बिलबमोजिम तथा विज्ञापन एजेन्सीमार्फत विज्ञापन प्रकाशन तथा प्रसारण गरिएको भए सञ्चारमाध्यमले जारी गरेको बिलको प्रतिलिपिसहित त्यस्तो एजेन्सीको सेवाशुल्क खुल्ने गरी सो एजेन्सीले जारी गरेको बिलबमोजिम भुक्तानी गर्नु–गराउनुहुन,’ बोर्डले जारी गरेको सूचनाको तेस्रो र चौथो बुँदामा भनिएको छ, ‘विज्ञापनसम्बन्धी कारोबारको भुक्तानी गर्दा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २१ को उपदफा (२) को खण्ड ‘ख’को व्यवस्थाबमोजिम सरकारी निकायले तीन प्रतिशत रकम कट्टा गरी विज्ञापन बोर्डको कोष खातामा अनिवार्य रूपमा जम्मा गर्नु–गराउनुहुन र सोको जानकारी बोर्डलाई गराउनुहुन ।’

बिहीबार नै विभिन्न संघसंस्थाले संयुक्त रूपमा प्रकाशन–प्रसारण गरेको सूचनाले विज्ञापन कारोबारका विषयमा अन्योल सिर्जना गरेकाले बोर्डले नियम–कानुनमा भएको व्यवस्था अवगत गराउन सूचना जारी गरेको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए । ‘विभिन्न संघसंस्थाले प्रकाशन गरेको सूचनाले कन्फ्युजन गरायो, त्यसैले हामीले कानुन तथा नियममा भएको व्यवस्था अवगत गराउँदै सोहीअनुसार विज्ञपन र सोको भुक्तानी गर्न–गराउन भनेर सूचना निकालेका हौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...