काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा नियमावलीअनुसार रूलिङ गरेर प्रधानमन्त्री बालेन शाहलाई संसदमा ल्याउन आग्रह गरेका छन्। यदि प्रधानमन्त्रीलाई संसदमा ल्याउन नसक्ने हो भने नियमावलीकै व्यवस्था प्रयोग गरेर आफूलाई संसदबाट निकाल्न उनको आग्रह छ। आज प्रतिनिधि सभा बैठक सुरू भएलगत्तै उनले उठेर पर्चा देखाएका थिए। पछि सभामुख डिपी अर्यालले उनलाई बोल्न समय दिए। साम्पाङले प्रतिनिधि सभा नियमावली १५ को २ अनुसार प्रधानमन्त्रीलाई संसद आउन रूलिङ गर्नुपर्ने माग गरे। यदि रूलिङ नगर्ने हो भने नियमावलीकै ३१ को १ लागू गरेर आफूलाई सदनबाट बाहिर निकाल्ने आदेश दिनुपर्ने उनको माग थियो। ‘सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेर ल्याउन सक्नु भएको…
१३ जेष्ठ २०८३, बुधबार, एजेन्सी । इजरायली सेनाले दक्षिण लेबनानका विभिन्न क्षेत्रममा हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले मंगलबार भएकाे साेही आक्रमणमा परी अन्य ४० जना घाइते भएकाे जनाएकाे हाे । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल–शमाली, कोथरियात अल–रुज, हबुस, मारका र साला लगायतका सहर तथा गाउँहरूलाई निशाना बनाएर शृङ्खलाबद्ध रुपमा सैन्य आक्रमण गरेको थियो । विभिन्न स्थानमा गरिएका यी हवाई प्रहारका कारण ठूलो संख्यामा मानवीय क्षति भएको मन्त्रालयले जनाएकाे छ ।
काठमाडौं । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रबाट प्रहरीले कम्प्युटर, प्रिन्टर, मोबाइल, कैची तथा नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देहीका २२ वर्षीय अनिल पासी रहेका छन्। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकाबाट पाँच सय दरका ३० थान नक्कली नोटसहित नोट छाप्न प्रयोग गरिएका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
९ जेष्ठ २०८३, शनिबार , अमेरिकाले ‘ग्रीन कार्ड’ प्राप्त गर्न चाहने विदेशी नागरिकका लागि आप्रवासन नियम थप कडा बनाएको छ। अब अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ‘ग्रीन कार्ड’का लागि आवेदन दिन आफ्नै देश फर्किनुपर्ने नीति लागू गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआईएस) ले शुक्रबार नयाँ नीति सार्वजनिक गर्दै अमेरिकाभित्रबाटै बसाइँ स्थिति परिवर्तन गरेर स्थायी बसोबास अनुमति लिन नपाइने स्पष्ट पारेको हो। अमेरिकी गृह सुरक्षा विभागका अनुसार अस्थायी रूपमा अमेरिकामा रहेका विदेशी नागरिकले ‘ग्रीन कार्ड’ लिन आफ्नै देश फर्केर दूतावासमार्फत आवेदन दिनुपर्नेछ। विभागले यसलाई आप्रवासन कानुनको सही कार्यान्वयन भनेको छ। यसले ‘लुपहोल’ प्रयोग गरेर…
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई÷दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे । अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रन बनाए । साथै नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२ रनको योगदान दिए…
कबिता, – होमराज राई, समयको सिँढीमा उभिएको मानिस,आफ्नै छायाँसँग हरपल युद्ध गरिरहेछ,बाहिर मुस्कानको दीप बालेरभित्रभित्रै शून्यतासँग जलिरहेछ,। जीवन...,कहिले फूलको सुवास बनेर आउँछ,कहिले काँडाको पीडा बोकेर,तर समयको कठोर पाठशालालेहरेक आत्मालाई केही न केही सिकाएरै छोड्छ। मानिसले आकाश जित्ने सपना देख्यो,तर आफ्नै मन जित्न सकेन,उसले संसारलाई बदल्न खोज्यो,तर आफ्नो अहंकार गलाउन सकेन। धनको उचाइ चुम्दैमामानिस ठूलो हुँदैन साथी...,बरु आँसु पुछ्ने हातमाईश्वरको सबैभन्दा सुन्दर रूप लुकेको हुन्छ। जीवन त धुवाँझैँ क्षणभंगुर छ,आज देखिएको दृश्यभोलि स्मृतिमा मात्र बाँच्छ,तर प्रेमले छोएको हृदय भनेमृत्युपछि पनि धड्किरहन्छ। जब अन्तिम साँझ झर्छ,जब सासहरू थाकेर मौन हुन्छन्,त्यो बेला मानिसले सम्झिने कुराउसले कमाएको सम्पत्ति होइन ,उसले बाँडेको माया,दिएको सम्मान,र कसैको…
५ जेष्ठ २०८३, मंगलवार, काँकरभिट्टा । मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा करुणा फाउण्डेशन, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र शुभ बिहानी मिलीजुली समूहको सहकार्य तथा समन्वयमा “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सहभागिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मेचीनगर–६ स्थित सामुदायिक भवनको सभाहलमा सम्पन्न कार्यक्रममा अपाङ्गता रोकथाम, अपाङ्गताको परिचय तथा अपाङ्गता परिचयपत्र (कार्ड) का प्रकार, मिलीजुली समूहको आवश्यकता, यसको फाइदा–बेफाइदा, बिऊपूँजी परिचालन तथा अपाङ्गता भएका व्यक्तिहरु सहकारीमा आबद्ध हुनुका कारण र यसका सकारात्मक तथा नकारात्मक पक्षबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा वक्ता कुशल पोख्रेलले भिडियो डकुमेन्ट्रीसहित विभिन्न…
३ जेष्ठ २०८३, आईतवार, बुटवल। रुपन्देहीको बुटवलका जम्मा भएका देशभरिका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आफूहरू रहिरहेको स्थानमै तत्काल लालपुर्जाको ग्यारेन्टी गर्न सरकारसँग माग गदै वृहत् प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भएको प्रदर्शनमा जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने उनीहरूले चेतावनी दिएका छन् । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको ट्राफिकचोक पुगेर सभामा परिणत भएको थियो । चर्को गर्मीको वावजुद छाता ओढेरै प्रदर्शनमा हजारौं भूमिहीन र अव्यवस्थित बसोबासीको उपस्थिति रहेको थियो । प्रदर्शनमा सहभागीले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनपछि भएको सभामा बोल्ने…
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमै मात्र १ विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालका ओपनर कुशल भुर्तेलले अविजित १२० रनको उत्कृष्ट इनिङ्स खेल्दै ११७ बलमा १३ चौका र ४ छक्का प्रहार गरे। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी गरे। आसिफले ५९ रनको योगदान दिए। यसअघि टस जितेर ब्याटिङ गरेको संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोलीले १९५ रन बनाएको थियो। स्मित पटेलले ८४ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट र सोमपाल कामीले २ विकेट लिए। यो जितसँगै…
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम भएको छ, जुन हिजो २ लाख ५९ हजार ३४५ रुपैयाँ थियो। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ रहेको थियो। यस्तै, १० ग्राम चाँदीको मूल्य ४…