Skip to main content

नयाँ तृष्णा

‘गौँथली’को टिजरलाई दर्शकले भने ‘भावुक र यथार्थपरक’

Advertisement

काठमाडौं ।  गीतकार, निर्माता तथा लेखक डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशन बनेको नयाँ फिल्म ‘गौँथली’ आगामी साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म दुई दशकअघि बनेको ‘गौँथली’को ‘कन्सेप्ट’मा निर्माण भएको हो । अर्थात् पढ्ने इच्छा भएकी युवतीको विवाह भएपछि सासुले गर्ने चरम अत्याचारलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले टिजर र एक गीत सार्वजनिक गरिसकेको छ । दुवै सामग्रीलाई युट्युबमा लोभलाग्दो प्रतिक्रिया मिलेको छ । टिजरलाई दर्शकले ‘भावुक र यथार्थपरक’ भन्दै प्रशंसा गरेका छन् । कतिले निकै महत्त्वपूर्ण विषय उठाएकोमा निर्मातालाई धन्यवाद दिएका छन् । टिजरका संवाद र कलाकारको अभिनय पनि उत्तिकै रुचाइएको छ ।

टिजर र गीत दुवैलाई दर्शकले रुचाएपछि निर्देशक रिजालले खुसी व्यक्त गरेका छन् । ‘गीत र टिजरलाई एकदमै राम्रो प्रतिक्रिया मिलेको छ, जुन हाम्रो लागि ठूलो हौसला हो,’ उनले भने, ‘धेरैले फिल्मको विषयवस्तु र अभिनयको तारिफ गर्नुभएको छ । शारीरिक समस्याले निम्त्याएको असर र त्यसले मानिसको जीवनमा पर्ने प्रभावलाई रुचाइदिनुभएको छ ।’

फिल्मका टिजर र गीतपछि धेरैले अरुण क्षेत्री र सिम्रन खड्काप्रति विशेष चासो देखाएको देखिन्छ । फिल्ममा अरुणले अटिजम भएको युवकको भूमिका निभाएका छन् । उनको यो भूमिका दर्शकका लागि ‘सरप्राइज’ बनेको छ । किनकि, यसअघि उनी रोमान्टिक भूमिकामा देखिँदै आएका थिए । सिम्रनको अभिनयले पनि दर्शकको ध्यान तानेको टिजरका प्रतिक्रियाहरूले देखाउँछ ।

डा. भोला रिजालको कथा लेखन रहेको यस फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, सीतादेवी तिमिल्सिना, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् ।

फिल्मीखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...