नयाँ तृष्णा

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताहरूको आज संयुक्त बैठक बसेर प्रधानमन्त्रीले माफी मागेर अभिव्यक्ति फिर्ता नलिएसम्म सदन चल्न नदिने निर्णय गरेको छ । ‘सीमा अतिक्रमण सम्बन्धी प्रधामन्त्रीले हिजो संसदमा बोलेका कुरा राष्ट्रघाती हो भन्ने निष्कर्ष रह्यो,’ नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने, ‘यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने र प्रधानमन्त्रीले संसदबाटै देशबासीको नाममा माफी माग्नुपर्ने माग राखेर प्रतिपक्षी दलहरुले संसद अवरोध गर्ने निष्कर्ष छ ।’ आकस्मिक समय लिएर आइतबार, संसद बैठकमा पुगेका प्रधानमन्त्री शाहले सांसदहरुलाई जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ अभिव्यक्ति दिएका थिए । उक्त…
Read More
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि भारत प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा पत्रकारहरुले उनको प्रतिक्रिया लिन खोजेका थिए । तर लामिछानेले भारतबाट फर्किएपछि कुरा गर्ने भन्दै थप बताएनन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार रविले जेठ १८ देखि २२ गते (जुन…
Read More
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल  सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ कायम भएको छ, जुन दुई दिनअघि २ लाख ४९ हजार…
Read More
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए । त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् ।अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् । जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।
Read More
इग्नाइटर टिमद्वारा बाइबल पद कण्ठस्थ पहिलो चरणको प्रतियोगिता सम्पन्न

इग्नाइटर टिमद्वारा बाइबल पद कण्ठस्थ पहिलो चरणको प्रतियोगिता सम्पन्न

मेचीनगर । झापा स्थित इग्नाइटर टिमको आयोजनामा बाइबल पद कण्ठस्थ प्रतियोगिता २०८३ अन्तर्गत पहिलो चरणको छनोट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आज सम्पन्न कार्यक्रममा बाहुण्डागी इलाका ईसाई समाज र मेची इलाका ईसाई समाजका युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामार्फत युवाहरुमा बाइबल अध्ययन, कण्ठस्थ गर्ने बानी तथा आत्मिक जीवनलाई अझ सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी युवाहरुले उत्साहपूर्वक बाइबलका पदहरू प्रस्तुत गरेका थिए भने उपस्थित दर्शकहरुले पनि कार्यक्रमको प्रशंसा गरेका थिए। यसैबीच, भोलि शनिबार र आइतबार मध्यपूर्व इलाका ईसाई समाज तथा सानीअर्जुन इलाका ईसाई समाजमा पनि उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। ्
Read More
समाजसेवी तथा धार्मिक व्यक्तित्व सुशीला राईको निधन

समाजसेवी तथा धार्मिक व्यक्तित्व सुशीला राईको निधन

झापा । नेपाली काँग्रेस का वरिष्ठ नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व: तम्मर राईकी धर्मपत्नी सुशीला राईको २०८३ साल जेठ १५ गते निधन भएको छ। उहाँ २०१४ साल जेठ ११ गते जन्मनुभएको थियो। मेचीनगर–६ काँकरभिट्टा निवासी राई लामो समयदेखि सुगर रोगबाट पीडित हुनुहुन्थ्यो। पारिवारिक स्रोतका अनुसार अचानक हर्टअट्याक भएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेपछि राति करिब ३ बजे उहाँको शव घर ल्याइएको थियो। स्वर्गीय राई झापा जिल्ला महिला ईसाई समाज तथा मेचीनगर आमा दिदीबहिनी ईसाई समाजकी समेत पूर्व अध्यक्ष हुनुहुन्थ्यो। साथै उहाँ क्वाइनोनिया दिव्य शान्ति चर्चकी सक्रिय सदस्य हुनुहुन्थ्यो। मण्डली तथा समाज सेवामा समर्पित…
Read More
मृत्यु अगाडि झुकेको मानव शक्ति, चेतना र अस्तित्वको अन्तिम सत्य

मृत्यु अगाडि झुकेको मानव शक्ति, चेतना र अस्तित्वको अन्तिम सत्य

 विशेष खोज, – होमराज राई, यो पृथ्वीको सबैभन्दा जिज्ञासु, सबैभन्दा चेतनायुक्त, र सायद सबैभन्दा विरोधाभासी प्राणी मानिस......!, । उसले आफ्नो बुद्धि, कल्पना, विज्ञान र अथाह इच्छाशक्तिको बलमा प्रकृतिलाई चुनौती दियो। उसले अन्धकार चिरेर प्रकाश निकाल्यो। समुद्र चिरेर महादेशहरू जोड्यो। आकाश नाप्यो, चन्द्रमामा पाइला टेक्यो, र अन्तरिक्षको असीम शून्यतामा आफ्नो अस्तित्वको छाप छोड्ने साहस गर्‍यो। उसले रोगहरूसँग युद्ध गर्‍यो, समयलाई घडीभित्र बाँध्यो, विद्युत् निर्माण गर्‍यो, परमाणुको रहस्य चिर्‍यो, कृत्रिम बुद्धिमत्तालाई जन्म दियो। उसले धर्म निर्माण गर्‍यो, दर्शन सिर्जना गर्‍यो, साहित्य लेख्यो, संगीतलाई आत्माको भाषा बनायो, र सभ्यतालाई इतिहासको महानतम उपलब्धिमा रूपान्तरण गर्‍यो। मानिसले पृथ्वीको स्वरूप नै बदलिदियो। तर एउटा सत्यको स्वरूप भने…
Read More
इरानलाई ट्रम्पको चेतावनी – पूर्ण आत्मसमर्पण नगरे परिणाम भोग्नुपर्छ

इरानलाई ट्रम्पको चेतावनी – पूर्ण आत्मसमर्पण नगरे परिणाम भोग्नुपर्छ

१३ जेष्ठ २०८३, बुधबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा प्रकाशित पोस्टमार्फत उनले इरानले आफ्नो सैन्य क्षमताको विनाश स्वीकार गर्दै पूर्ण रूपमा हतियार बिसाउनुपर्ने बताएका हुन्। ट्रम्पले दाबी गरेका छन् कि इरानको नौसेना “समाप्त भएर समुद्रको फेदमा पुगेको” र वायुसेना “अब अस्तित्वमा नरहेको” अवस्था छ। उनले थप व्यंग्यात्मक शैलीमा लेख्दै भनेका छन्, यदि इरानी सेना हतियार त्याग्दै “म आत्मसमर्पण गर्छु” भन्दै बाहिर निस्किए पनि र नेतृत्वले औपचारिक रूपमा हार स्वीकार गरे पनि त्यसले अन्तर्राष्ट्रिय मिडियाको धारणा परिवर्तन नगर्ने उल्लेख गरे। उनले न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल, सीएनएन लगायतका…
Read More
अमेरिकालाई इरानको कडा चेतावनी – दुष्टताको जवाफ दिन्छौं

अमेरिकालाई इरानको कडा चेतावनी – दुष्टताको जवाफ दिन्छौं

१३ जेष्ठ २०८३, बुधबार, एजेन्सी । इरानले आफ्नो दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो सैन्य आक्रमणलाई युद्धविरामको ‘घोर उल्लंघन’ भन्दै कडा प्रतिक्रिया दिएको छ। इरानी विदेश मन्त्रालयले अमेरिकाले होर्मोज्गान क्षेत्रमा पटक–पटक हमला गरेर सहमतिको उल्लंघन गरेको आरोप लगाएको हो। बीबीसी फारसी सेवाका अनुसार, इरानले अप्रिल ९ मा युद्धविराम घोषणा भएपछि पनि अमेरिकी सेनाले निरन्तर उक्साहटपूर्ण गतिविधि जारी राखेको दाबी गरेको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सेनाले होर्मोज्गान क्षेत्रमा धेरैपटक युद्धविराम तोडेको छ। इरानले कुनै पनि दुष्टतालाई त्यसै छाड्ने छैन।” यसअघि इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले पनि अमेरिकी कदमको प्रतिकार गर्ने अधिकार आफूहरूसँग सुरक्षित रहेको चेतावनी दिएको…
Read More
प्रधानमन्त्री बालेन नदेखेपछि हर्कले गरे संसद् बैठक बहिष्कार

प्रधानमन्त्री बालेन नदेखेपछि हर्कले गरे संसद् बैठक बहिष्कार

१३ जेष्ठ २०८३, बुधबार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् । आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै उनले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गरे । सभामुखले हिजो पनि यो विषयमा कुरा भएको बताए । साम्पाङले प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई बैठकबाट निकाल्नुपर्ने माग राखे । प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ मा प्रधानमन्त्री र मन्त्रीले प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था छ । यसको पालना प्रधानमन्त्रीले नगरेको साम्पाङको भनाइ छ । यस्तोमा बरु आफूलाई नै संसद्…
Read More