Skip to main content

नयाँ तृष्णा

इरानलाई ट्रम्पको चेतावनी – पूर्ण आत्मसमर्पण नगरे परिणाम भोग्नुपर्छ

[adsforwp id="2511"]

१३ जेष्ठ २०८३, बुधबार,

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा प्रकाशित पोस्टमार्फत उनले इरानले आफ्नो सैन्य क्षमताको विनाश स्वीकार गर्दै पूर्ण रूपमा हतियार बिसाउनुपर्ने बताएका हुन्।

ट्रम्पले दाबी गरेका छन् कि इरानको नौसेना “समाप्त भएर समुद्रको फेदमा पुगेको” र वायुसेना “अब अस्तित्वमा नरहेको” अवस्था छ। उनले थप व्यंग्यात्मक शैलीमा लेख्दै भनेका छन्, यदि इरानी सेना हतियार त्याग्दै “म आत्मसमर्पण गर्छु” भन्दै बाहिर निस्किए पनि र नेतृत्वले औपचारिक रूपमा हार स्वीकार गरे पनि त्यसले अन्तर्राष्ट्रिय मिडियाको धारणा परिवर्तन नगर्ने उल्लेख गरे।

उनले न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल, सीएनएन लगायतका मिडियालाई लक्षित गर्दै ती संस्थाहरूले वास्तविकता तोडमोड गरेर इरानको जित भएको झुटो चित्रण गर्न सक्ने आरोप पनि लगाए। ट्रम्पका अनुसार, “डेमोक्र्याट र मुख्यधाराका मिडिया सत्यबाट टाढा भइसकेका छन्” र उनीहरू “भ्रम फैलाउने अभियानमा संलग्न छन्।”

त्यसैगरी, उनले इरानी नेतृत्वले आत्मसमर्पणसम्बन्धी कागजातमा हस्ताक्षर गरेर अमेरिकाको शक्ति र प्रभावलाई स्वीकार गर्नुपर्ने माग दोहोर्याएका छन्। हालैका दिनहरूमा इरान र अमेरिकाबीच बढ्दो तनावका बीच ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...