१५ फाल्गुन २०८२, शुक्रबार, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी र अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मतदानका दिन देशभरका १० हजार ५६७ मतदान स्थल र २३ हजार ५१५ मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो । आयोगका अनुसार निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदान गर्न आउने अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिकहरूका लागि मतदान केन्द्रमै प्राथमिक उपचारको व्यवस्था गरिनेछ । आवश्यकता अनुसार थप उपचारका लागि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधी तयारी अवस्थामा…
झापा, नेपाल पत्रकार महासंघ झापाको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम आज फागुन १४ गते विहीबार भद्रपुरमा सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो। प्रेस क्लव भद्रपुरको सभाकक्षमा आयोजित कार्यक्रममा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरणको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका निवर्तमान उपाध्यक्ष केशव भट्टराई र पत्रकार गणेशमान मुखियाले गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्री र चिन्तामणि दाहाल, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदिप परियार, सञ्चारिका समूह नेपाल झापाकी…
८ फागुन, काठमाडौं । रमेश सिलवालद्वारा लिखित नेपालमा जेनजी आन्दोलन पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवनको १ नम्बर गेटमा जेनजीको सहभागितमा पुस्तक सार्वजनिक गरिएको हो । ‘जेनजी आन्दोलनलाई इतिहास, समाज र राजनीतिका सन्दर्भमा बुझ्ने आधारको पुस्तक हो,’ सिलवालले भने । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलका विषय पुस्तकमा समावेश गरिएको छ । सडकमा उठेका आवाजहरू र युवापुस्ताले अनुभूत गरेका विषलाई आधार मानेर सिलवालले पुस्तक लेखेका हुन् ।
धुलाबारी । झापा–१ का मतदातालाई उम्मेद्वारसँग सिधा प्रश्न–उत्तर गर्ने अवसर प्रदान गर्ने उद्देश्यले नेपाल जेसीज अन्तर्गत मेचीनगर क्षेत्रका जेसीज शाखाहरूले संयुक्त रूपमा ककस (प्रत्यक्ष संवाद) कार्यक्रम आयोजना गर्ने भएका छन्। धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, बाहुनडाँगी जेसीज र चारआली जेसीजको सहकार्यमा फागुन १२ गते धुलाबारीमा कार्यक्रम हुने जानकारी दिइएको छ। आयोजकका अनुसार झापा–१ का सबै उम्मेद्वारलाई औपचारिक निम्तो पठाइसकिएको छ र अधिकांश उम्मेद्वारले सहभागिताको प्रतिबद्धता जनाइसकेका छन्। कार्यक्रममा मतदाताले आफ्ना जिज्ञासा र चासोका विषय प्रत्यक्ष रूपमा उम्मेद्वारसमक्ष राख्न पाउनेछन् भने उम्मेद्वारहरूले आफ्ना धारणा र योजनाबारे स्पष्ट पार्ने अवसर पाउनेछन्। यसले मतदाता र उम्मेद्वारबीच खुला संवादको वातावरण सिर्जना गर्ने अपेक्षा…
८ फाल्गुन २०८२, शुक्रबार, काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘भिजन १५’ प्रतिज्ञापत्रमार्फत स्वास्थ्य क्षेत्र सुधारका लागि महत्वाकांक्षी योजना अघि सारेको छ। पार्टीका सभापति गगन थापाले २०० पृष्ठ लामो मार्गचित्र सार्वजनिक गर्दै स्वास्थ्य सेवा परोपकार होइन, नागरिकको मौलिक अधिकार भएको स्पष्ट गरेका छन्। ‘ओखती र ओत दिने नेपाल’ शीर्षकअन्तर्गत कांग्रेसले पाँच वर्षभित्र सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरी निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने घोषणा गरेको छ। स्वास्थ्य क्षेत्रमा कुल बजेटको कम्तीमा १० प्रतिशत विनियोजन गर्ने, बिमा प्रणालीलाई एकद्वार बनाउने तथा ‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गर्ने योजना प्रस्तुत गरिएको…
८ फाल्गुन २०८२, शुक्रबार, मेचीनगर। कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा मिति २०८२ साल फागुन ६ र ७ गते दुई दिने मेची इलाका ईसाई समाज दिदीबहिनी सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। “बुढापाकाका सम्मानमा उठ, र वृद्ध मानिसको आदर गर, तिमीहरूले परमेश्वरको भय मान; म परमप्रभु हुँ।” (लेवी १९:३२) भन्ने मूल सन्देशका साथ आयोजना गरिएको सम्मेलनमा ज्येष्ठ आमाहरूलाई विशेष सम्मान गरिएको थियो। १ तिमोथी ५:९ को सन्दर्भअनुसार आठ जना ज्येष्ठ एकल आमाहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मानित हुनेहरूमा: प्रेसविटेरियन चर्च इटाभट्टा की ७० वर्षीया नाओमी खड्का, कर्नर स्टोन चर्च बर्मेली टोल की ७२ वर्षीया नन्दकुमारी मगर, कृपा फ्रि मेथोडिष्ट…
नेपालको समकालीन राजनीतिमा जब सादगी, स्पष्टता र कर्ममुखी नेतृत्वको कुरा उठ्छ, तब हर्क साम्पाङ्गको नाम स्वतः अगाडि आउँछ। उनी केवल एउटा पदमा निर्वाचित व्यक्ति मात्र होइनन्, बरु एउटा सोच, एउटा आन्दोलन र एउटा जनभावनाको प्रतिनिधि पात्र हुन्। देशले चाहेको इमान्दार, निडर र देशप्रेमी नेताको प्रतिरूपका रूपमा उनी स्थापित भएका छन्। सिधा बोल्ने, नडराउने स्वभाव हर्क साम्पाङ्गको सबैभन्दा ठूलो विशेषता भनेको उनको सिधा र स्पष्ट बोली हो। उनी कूटनीतिक घुमाउरो भाषाभन्दा पनि तथ्य र सत्यलाई प्राथमिकता दिन्छन्। गलत देखेपछि चुप लागेर बस्ने स्वभाव उनको छैन। चाहे त्यो सरकारी संयन्त्रको ढिलासुस्ती होस् वा राजनीतिक विकृति—उनी खुलेर आलोचना गर्छन्। यसले उनलाई कहिलेकाहीँ विवादमा…
४ फाल्गुन २०८२, सोमबार, काठमाडौं। जिल्ला अदालत, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ। सोमबार न्यायाधीश नितिश राईको एकल इजलासले मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै तत्काल फिर्ता गर्न नमिल्ने आदेश गरेको हो। अदालतले यस विषयमा सर्वोच्च अदालतबाट हुने आदेश जिल्ला अदालतमा पेश भएपछि मात्रै आवश्यक निर्णय लिने स्पष्ट पारेको छ। यसअघि जिल्ला अदालत, रूपन्देहीले पनि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गर्दै सम्बन्धित जिल्ला सरकारी…
३ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले जानकारी गराएको छ । आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल/मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ । यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ । त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ ।
झापा । हिमालय टिभीमा प्रसारण हुँदै आएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्। शोको इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी बनेकी छन्। शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गर्दै उनले उत्कृष्ट प्रस्तुति दिँदै उपाधि उचालेकी हुन्। फिनालेमा कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भए। त्यसैगरी, कोच प्रमोद खरेलका प्रतिस्पर्धी पुनम गुरुङ द्वितीय उपविजेता बनिन् भने कोच ःमेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता घोषित भइन्। फिनाले समारोहमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता तथा उपविजेतालाई पुरस्कार…