नयाँ तृष्णा

झापामा भूकम्पको झड्का

झापामा भूकम्पको झड्का

झापामा भूकम्पको झड्का

१६ फागुन, झापा । भूकम्पको झड्काले झापाबासीलाई बिउझाएको छ । झापालगायत काठमाडाैं उपत्यका आसपासको क्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ । राति २: ५१ बजे भूकम्प गएको हो ।
Read More
प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन सम्पन्न

प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन सम्पन्न

काँकरभिट्टा । लिम्बू समुदयलाई लक्षित गरि प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन सम्पन्न भएको छ । “आऔ हाम्रा मानिसहरुका लागि हामी एस्तर बनौं ” भन्ने मुख्य बचनलाई प्रशंग बनाई बुधबारबाट शुरु भएको प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन काँकरभिट्टाको सामुदायीक हलमा आज सम्पन्न भएको हो । प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन डा.छत्र पावल सुब्बाले प्रमुख आतिथ्यता रहेका थिए भने रेभ दानियल सुब्बाको बिशिष्ठ आतिथ्यतामा भएको बृहत कार्यक्रमको प्रमुख बक्ता सारा सुब्बा र अन्य बक्ताहरु लिना सुब्बा,तारा कन्दङवा र सेम्मुई एक्तेनद्धारा लिम्बू समुदायप्रति उत्साह दिंदै परमेश्वरको आशिषमय बचन प्रस्तुत गर्नु भएको थियो । अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलनमा अन्तर्राष्ट्रिय ख्रीष्टियन…
Read More
झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनल प्रवेश

झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनल प्रवेश

मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । उसले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो । एरोन थापाले २५…
Read More
झापा बिर्तामोडको बिराटपोखरीमा माहाशिवरात्रिको आराधनासहित गंगा आरती

झापा बिर्तामोडको बिराटपोखरीमा माहाशिवरात्रिको आराधनासहित गंगा आरती

  झापा । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाएकोछ । झापा बिर्तामोडको बिराटपोखरीमा माहाशिवरात्रिको अवसरमा भब्यताकासाथ बिराट सरोबर समितिको आयोजनामा आराधनासहित गंगा आरती सम्पन्न भएको हो । कार्याक्रमको प्रमुख अतिथि बिर्तामोड नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्राैला, अतिथि वडा न ३ का अध्य्क्ष मदन बुडाथोकीलगायतको उपस्थिति रहेको थियो । कार्याक्रमको अध्यक्षता सरोबर समितिका अध्य्क्षले गर्नुभएको थियो भने कार्याक्रम संचालन लिला अनमोलले गर्नुभएको थियो । आज महादेवको पूजा आराधनाका लागि मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको थियो ।
Read More
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका कार्यालय सहयोगी झुण्डीएको अवस्थामा परे फेला

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका कार्यालय सहयोगी झुण्डीएको अवस्थामा परे फेला

काँकरभिट्टा । ईलाका प्रहरी कार्यालयको ब्यारेक भित्र कार्यालय सहयोगी (भान्से) निरबहादुर विक झुण्डीएको अवस्थामा फेला परेकाछन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ईप्रका काँकरभिट्टामा कार्यालय सहयोगी (भान्से)का रुपमा कार्यरत विकले एक तले प्रहरीको व्यारेक भित्र भित्रबाट ढोका बन्द गरेर तन्नाको पासो लगाई पंखामा झुण्डीएको अवस्थामा भेटिएको बताए । प्रवक्ता खड्काका अनुसार दिउँसो करिब दुई बजेको समयतिर भित्रबाट ढोका लगाएको अवस्थामा व्यारेककै पंखामा उनलाई झुण्डीएको अवस्थामा भेटिएको उनले बताए । घट्नाका विषयमा प्रहरीले अनुसंधान गरिरहेको र घट्नाका विषयमा परिवारलाई जानकारी गराईएको बताए ।
Read More
प्रेस क्लब मेचीनगरको छैटौं अधिवेशन, अध्यक्षमा प्रकाश पौडेल

प्रेस क्लब मेचीनगरको छैटौं अधिवेशन, अध्यक्षमा प्रकाश पौडेल

७ फागुन,   काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको अध्यक्ष प्रकाश पौडेल सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लबको बुधबार सम्पन्न १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुजन प्रधान, भोला तिम्सिना, सेवन्ता घिमिरे, पुष्कर गुरागाईं रहेका छन् । कार्यसमिति सदस्यमा एक जना पछि थप गरिने निर्वाचन समितिले जनाएको छ । ११ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ । अध्यक्षमा…
Read More
दुई अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ

दुई अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ

६ फाल्गुन, काठमाडौँ। प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौँ बुढानीलकण्ठ२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो। परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो। उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले…
Read More
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

काठमाडौ । नेपालले काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत विजयी शुरुवात गरेको छ । नेपालले दशरथ रंगशालामा सम्पन्न खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको १०औं मिनेटमा नेपालकी विमला चौधरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आजै सम्पन्न च्याम्पियनसिपको पहिलो खेलमा म्यान्मारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । त्यस्तै अब फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने सोहि दिन किर्गिस्तान र म्यान्मार खेल्ने तालिका रहेको छ ।
Read More
गायक रुद्रसेनले ल्याए भोजपुरी धमाकेदार गीत

गायक रुद्रसेनले ल्याए भोजपुरी धमाकेदार गीत

महोत्तरी । नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेका हुन् । गीतको निर्माण निर कुमारी विश्वकर्मा 'सविना'ले गरेकी हुन् । एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद…
Read More
चारआली जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइँदै

चारआली जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइँदै

झापा । झापाको चारआलीमा जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइने भएको छ । पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन अतिक्रमण गरी बनाइएका टहरा भोलि भत्काइने भएको हो । डिभिजन वन कार्यालयले पटक पटक दिएको सूचनालाई बेवास्ता गरेपछि भोलि भत्काइने डिभिजन प्रमुख मेघराज राईले बताए । प्रगति सामुदायिक वनमा अतिक्रमण गरी २४ वटा घुम्ती र टहरा बनाइएको छ । वन क्षेत्रलाई अतिक्रमण गरी विभिन्न व्यक्तिहरुले त्यहाँ व्यापार व्यवसाय गर्दै आएका छन् । गत असारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले हटाउने निर्णय गर्दै पहिलो सूचना जारी गरेको थियो । त्यसपछि दोस्रो पटक एक महिने सूचना…
Read More